नेपाल एयरलाइन्सबाट विमानस्थलको ग्राउन्ड ह्याण्डलिङ खोसियो, अध्यक्ष अधिकारीको जागिर पनि धरापमा
नेपालबहस संवाददाता
मंसिर १५, २०८० शुक्रबार २१:५९:२०
१५ मंसिर, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सात दिने स्पष्टीकरण सोधेको छ । शुक्रबार प्राधिकरणले पत्र काटेर अधिकारीलाई अब किन हटाउन नहुने भनेर स्पष्टीकरण सोधेको हो ।
प्राधिकरणले गरेको विभिन्न अडिटका क्रममा उठाएका विषयवस्तु र दिएको निर्देशन पालना नगरेको र अन्य निकायले अडिटमा उठाएको विषयमा पनि निगमले सुधारको काम नगरेपछि अकाउन्टेबल म्यानेजरबाट किन नहटाउने भनेर सात दिने स्पष्टीकरण सोधेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा प्रतिस्पर्धाबाट छनोट गर्ने निर्णय गरेको छ । प्राधिकरणले विमानस्थलको ग्राउन्ड ह्यान्डलिङको जिम्मा खुला प्रतिस्पर्धामार्फत लगाउने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०७८ को नियम पाँच (२) बमोजिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ सर्भिस) प्रतिस्पर्धाको माध्यमबाट छनौट भएको संस्थामार्फ गराउने निर्णय भएको प्राधिकरण एक सूचनामार्फ उल्लेख गरेको छ ।
हालसम्म निमगले कुनैपनि प्रतिस्पर्धा बिना ग्राउन्ड ह्यान्डलिङ सेवा दिँदै आएको थियो । जसले गर्दा ग्राउन्ड ह्यान्डलिङ सेवामा निगमको एकलौटी थियो । निगमको ध्यान जहाज उडाउने भन्दा पनि ग्राउन्ड ह्यान्डलिङ भएको प्राधिकरणको बुझाइ छ । सोही कारण विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ प्रतिस्पर्धाबाट छनौट गर्ने निणय गरेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
निगमलाई ग्राउन्ड ह्यान्डलिङ दिँदा निगमको ध्यान जहाज उडानभन्दा पनि ग्राउन्ड ह्यान्डलिङमा भयो । ईयूको रिपोर्टले पनि त्यही देखाएको छ, भुलले भने त्यसले गर्दा विमानस्थल सेवा प्रतिस्पर्धाबाट जिम्मा लगाउने निर्णय गरिएको हो ।”
निगमले स्थापनाकालदेखि नै विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा बिना प्रतिस्पर्धा नेपाल वायुसेवा निगमले उपलब्ध गराउँदै आइरहेको छ । निगमले ग्राउन्ड ह्यान्डलिङ सेवामार्फत वार्षिक करिब पाँच अर्ब रूपैयाँ आम्दानी गर्दै आएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपालिकास्तरीय भलिबलको उपाधि बेनी र अन्नपूर्णलाई
माघ ८, २०८१ मंगलबार
स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु
माघ ८, २०८१ मंगलबार
प्रधानमन्त्री कप क्रिकेट : बागमती र आर्मी सुपर फोरमा प्रवेश, कोशी बाहिरियो
माघ ८, २०८१ मंगलबार
स्कुल बसको ठक्करले साइकल यात्रुको मृत्यु
माघ ८, २०८१ मंगलबार
आगामी भदौमा विधान अधिवेशन गर्ने एमालेको निर्णय
माघ ८, २०८१ मंगलबार
सरकारले बढायो सगरमाथा आरोहण रोयल्टी, १५ हजार डलर पुग्यो
माघ ८, २०८१ मंगलबार