सक्दो चाँडो सरकारले ठेकेदारहरुको पैसा तिर्छः ज्वाला
नेपालबहस संवाददाता
मंसिर १६, २०८० शनिबार १३:९:१६
१६ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीहरूको रकम भुक्तानी गर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १४ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले गत आर्थिक वर्षको बाँकी रकम भुक्तानी दिए मात्रै अर्थतन्त्र चलायमान हुने बताए ।
अहिले पनि अर्थतन्त्र संकटमा रहेको उनको भनाइ छ । मन्त्री ज्वालाले आफू बच्नका लागि अर्थतन्त्र राम्रो छ भने पनि अर्थतन्त्र संकटमा रहेको तर भयावह अवस्था भने नरहेको स्पष्ट पारे । उनले अर्थतन्त्र धेरै नै दवावमा छ भनेर निराशा फैल्याउन नहुने पनि बताए ।
अघिल्लो आर्थिक वर्षको भुक्तानी जुनसुकै अवस्थामा जस्तोसुकै विकल्प रोजेर भए पनि दिनुपर्छ । त्यसो भयो भने अर्थतन्त्र चलायमान हुन्छ, उनले भने । मन्त्रालयले यसका लागि धेरै प्रयत्न गरेपछि धेरै भुक्तानी गर्न सकियो । केही बाँकी छ, त्यो पनि चाँडै भुक्तानी हुनेछ ।
मन्त्री ज्वालाले लगानी बढाउन लगानी सम्मेलन फलदायी बनाउनुपर्ने आवश्यकता रहेको बताए । लगानी सम्मेलनअघि उद्योगी व्यवसायीसँग छलफल गरेर सुझाव लिने सरकारको योजना रहेको उनको भनाइ छ । उनले यो महिनाभित्रमा ठेकेदारहरूको पैसा तिर्न प्रयास गरिने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
कमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार