नेपाल किसान महासंघ नेपाली कांग्रेसको एकमात्र भरोषायुक्त र बलियो संगठन
नेपालबहस संवाददाता
मंसिर १६, २०८० शनिबार १४:५६:५५
यज्ञप्रसाद भट्टराई
१६ मंसिर, इलाम । नेपाल किसान महासंघ कोशी प्रदेश समितिको अगुवाइमा नेपाल किसान महासंघको इलाम जिल्ला तदर्थ समितिको पदस्थापना तथा शुभकामना आदान प्रदान साथै सपथ ग्रहण कार्यक्रम इलाम सदरमुकाममा सम्पन्न भएको छ । नेपाल किसान महासंघ इलाम जिल्ला तदर्थ समितिका अध्यक्ष प्रेम गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस इलामका पार्टी सभापति डम्बर खड्का रहेको महासंघ इलामले नेपालबहश डटकमलाई जनाएको छ ।
विगत अठार वर्षदेखि अधिवेशन सम्म हुन नसकी आम किसानका समस्याहरू जहाँको त्यहीँ रहेको तर्फ इंगित गर्दै नेपाल किसान महासङ्घका कोशी प्रदेश अध्यक्ष राजेन्द्र भट्टराईले बैठकमा अब किसानका समस्याहरु ओझेलमा पर्न नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । अध्यक्ष भट्टराईले नेपाली कांग्रेसलाई अझ बढी बलियो बनाउन आफू नेतृत्वको नेपाल किसान महासंघ कोशी प्रदेश समिति सक्रिय रहने बताउँदै किसानले राज्यद्वारा प्राप्त गर्ने अनुदान र कार्यक्रमहरु वास्तविक किसानले नै पाउने वातावरण बनाउन महासंघसँग क्रियाशील रहने आश्वस्त पारेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाल किसान महासंघ नेपाली कांग्रेसको एकमात्र भरोषायुक्त र बलियो संगठनिक आधारशिला भएकोले पार्टीले नेपाल किसान महासंघलाई आवश्यक सल्लाह सहयोग र मार्गनिर्देशन गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
नेपाल किसान महासंघ इलाम जिल्ला समितिका नवगठित पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिनुहुँदै महासङ्घका केन्द्रीय सदस्य गोपाल पाण्डे, प्रदेश उपसभापति भगिरथ शर्मा सुवेदी, प्रदेश सहसचिव केदार मान पौडेल, प्रदेश सदस्य नेत्र प्रसाद बाँस्कोटा लगायतले नेपाल किसान महासंघको आगामी कार्यक्रम र स्थानीय वडा देखि प्रदेशसम्मका अधिवेशनहरुमा नेपाली कांग्रेसले आवश्यक सहयोग गरेर महासंघलाई थप चलायमान बनाउनुपर्नेमा जोड दिएका थिए ।
नेपाली काँग्रेस इलामका उपसभापति खगेन्द्र देवानले बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्रबैंकले तोकेको कृषि तर्फको लगानी वास्तविक किसानसम्म नपुगेकोमा आक्रोष व्यक्त गर्दै अहिले गठन भएको नेपाल किसान महासंघले यो कार्यलाई अत्यन्त जिम्मेवारीका साथ वहन गर्दै वास्तविक किसानले नै कृषि अनुदान कृषि, कार्यक्रम र कृषि कर्जा प्राप्त गर्ने वातावरण मिलाउन लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए । नेता देवानले कृषि उत्पादनका हर क्षेत्रमा ईलाम अगाडि रहेको भन्दै कृषि उत्पादनको बजारिकरणमा ध्यान पुर्याउन नसक्दा किसानहरु सधै मारमा पर्नुपरेको गुनासो ब्यक्त गरेका थिए ।
प्रमुख अतिथि नेपाली काँग्रेसका इलाम जिल्ला सभापति डम्बर खड्काले किसान र कांग्रेसले मात्र देशको भविष्य निर्माण गर्ने कुरामा जोड दिदै किसानका समस्यामा नेपाली काँग्रेस इलाम जिल्ला कार्यसमितिको पूर्णरुपमा साथ र सहयोग रहने विश्वास दिलाएका थिए । सभापति खड्काले किसानका उत्पादनमा बिचौलियाको हालीमुहाली अन्त्य नगरी किसानको उन्नति र प्रगति हुन नसक्ने बताउँदै यसका लागि कांग्रेस र महासंघको दुवै मिलेर अभियान चलाउनु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका इलाम जिल्ला सदस्य लक्ष्मण पाण्डे, नेपाल महिला संघ इलामकी सचिव कमला बराल, कृषि सहकारी संस्थाका अध्यक्ष लिला थापा लगायत नेपाल किसान महासंघ इलाम जिल्ला कार्य समितिमा मनोनित पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । नेपाली कांग्रेस पार्टी कार्यालय इलाममा सम्पन्न कार्यक्रममा नवनियुक्त पदाधिकारी तथा सदस्यहरुलाई मनोनयनपत्र सहित खादा र माला ले सम्मान गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
पहिचान पक्षधरले कोशीमा घोषणा गरे आन्दोलन
मंसिर ३, २०८१ सोमबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
विभिन्न समूहको प्रदर्शनले आज अस्तब्यस्त बन्दै काठमाडौं, ५ हजार प्रहरी र ५ सय ट्राफिक खटाइने
मंसिर ७, २०८१ शुक्रबार
आज संघीय राजधानी काठमाडौंमा प्रधानमन्त्री ओलीको दल एमालेको शक्ति प्रदर्शन
मंसिर ७, २०८१ शुक्रबार
१३ पैसाले बढ्यो अमेरिकी डलर, युरो र पाउण्ड स्थीर
मंसिर ७, २०८१ शुक्रबार
पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना
मंसिर ७, २०८१ शुक्रबार
मिथुन राशी भएकाहरुको लागि आज राम्रो समय छ
मंसिर ७, २०८१ शुक्रबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार