वीरगञ्जमा खुल्यो घण्टाघर इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स
आबिद हुसेन
मंसिर १६, २०८० शनिबार २१:३२:१७
१६ मंसिर, वीरगञ्ज । घण्टाघर इन्टरनेशनल ट्राभल्स एण्ड टुर्स प्रा।लि। सञ्चालनमा आएको छ । वीरगञ्जको घण्टाघर स्थित शर्मा मार्केटमा सञ्चालनमा आएको ट्राभल्स कम्पनीको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले हालै एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
प्रा.लि.ले देश तथा विदेशमा विभिन्न प्याकेजमा भ्रमणको सुविधा उपलब्ध गराउने सञ्चालक मोम्ताज आलमले जानकारी दिए । युरोप, युएसए, इन्डोनेसिया, थाइल्याण्ड, सिंगापुर, भारत तथा संसारका जुनसुकै देशमा भ्रमण प्याकेज प्रा।लि।ले उपलब्ध गराउने उनले बताए ।
‘हामीले इन्टरनेशनल स्तरको टुर्स एण्ड ट्राभल्स सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘नेपालीहरुले खर्च गर्न सक्ने गरी सकेसम्म सस्तो शुल्कमा प्याकेज बनाउनेछौं ।’ नेपालीहरुमा पछिल्लो समय घुम्ने क्रम बढ्दो छ । देशभित्रै भ्रमण गरिने चाहने पर्यटकलाई पनि विभिन्न प्याकेजमा यातायात सुविधा उपलब्ध गराइने उनले बताए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ टिकट, अनलाईन श्रम , ट्रेन टिकट , होटल बुकिङ, डिलक्स टुरिष्ट बसको टिकट काट्ने सुविधा पनि प्रा।लि।ले प्रदान गर्नेछ । कार, जिप, भ्यान, डिलक्स बस रिजर्भ चाहिएमा पनि ट्राभल्सले सेवा उपलब्ध गराउने सञ्चालक आलमले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि विशिष्ठ अथितीलाई कदर पत्रले स ( सम्मान समेत गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल , विशिष्ठ अथितीमा पोखरीया नगरपालिका वडा नं ८ को वडा अध्यक्ष किशोरी साह तेली , नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युराज खड्का, क्यान पर्साका अध्यक्ष प्रशान्त कुमार , बान मधेश प्रदेशका अध्यक्ष आंशिक अंसारी, श्रमजीवी पत्रकार लगायतको उपस्थिति रहेको थियो।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार