महाकाली सिँचाइ तेस्रो चरणः पाँच प्याकेजमा नहर निर्माणको तयारी
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार १२:२९:५
१७ मंसिर, कञ्चनपुर । राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाइ अन्तर्गत तेस्रो चरणको मूलनहर निर्माण अघि बढाउन थप पाँच वटा प्याकेजमा ठेक्का सम्झौता भएको छ । महाकाली सिँचाइ आयोजना तेस्रो चरण कार्यालयका सूचना अधिृकत इञ्जिनियर उमेश गुप्ताले मूलनहर अन्तर्गत २८ किलोमिटरसम्मको नहर र्निाणको अन्तिम चरणमा पुगेको बताए । “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वतर्फ केही भागमा नहर निर्माण बाँकी छ”, उनले भने, “अबको दुई÷तीन महिनामा काम पूरा हुन्छ ।”
आयोजनाले २८ किलोमिटरदेखि ४८ किलोमिटरसम्मको मूलनहर निर्माणका लागि हालै करिब रु दुई अर्बको लागतमा पाँच वटा ठेक्का सम्झौता गरिसकेको गुप्ताको भनाइ छ । “कैलालीको मालाखेतीसम्म नहर निर्माणका लागि ठेक्का सम्झौता भएर अहिले ठेकेदारले काम सुरु गर्दैछन्”, उनले भने, “त्यसका लागि आवश्यक तयारीमा जुटेका छौँ ।”
उनका अनुसार भारतीय पक्षले नियमित पानी दिनका लागि संयुक्त उद्घाटन लगायतका प्रक्रियामा गृहकार्य अघि बढाएको खबर प्राप्त भएको छ । सोहीअनुसार आफूहरूले समन्वय गरिरहेको उनको भनाइ छ ।
महाकाली नदीमा नेपालतर्फ सिँचाइका लागि पानी दिन बनेको मूल नहरको इन्टेक (गेट) परीक्षणदेखि निर्माण भएको मूल नहरमा पानी परीक्षणसमेत भइसकेको छ । आयोजनाका अन्तर्गत हाल २२ वटा शाखा नहर निर्माणका चरणमा छन् । जसमध्ये २० र २१ नम्बर शाखा नहरमा मुआब्जाको विषयले अल्झन रहेको आयोजनाले जनाएको छ । “शाखा नहरमा पर्ने जग्गाको करिब ६०/७० प्रतिशत मुआब्जा रकम दिइसकेका छौँ”, उनले भने, “मुआब्जा दिन रकम अभाव भएपछि मन्त्रालयमा माग गरेका छौँ ।”
कञ्चनपुरसँगै कैलालीको मालाखेती क्षेत्रको गरी कूल ३३ हजार पाँच सय हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै
जेठ ५, २०८१ शनिबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
बागलुङको नर्जाखानीमा प्रसारण लाइन नपुग्दा गाउँ अन्धकारमा
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षी कांग्रेससँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार