पोड वे सेवा अध्ययनका लागि सरकारले दियो अनुमति, कहिले सुरु हुन्छ नेपालमा ?
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार १२:४५:१७
१७ मंसिर, काठमाडौं । नेपालमा 'पोड वे सेवा'को सञ्चालनका लागि आवश्यक अध्ययन अगाडि बढाउन सरकारले अनुमति दिएको छ । सरकारले यसलाई चासो दिएर एक साता अघि मात्र नयाँ प्रविधिमा आधारित 'पोड वे सेवा'लाई अगाडि बढाउन कानुनी मान्यता दिएको हो । सरकारले मंसिर ७ मा राजपत्रमा सूचना प्रकाशन गरेर 'पोड वे सेवा' सञ्चालनका लागि आवश्यक नीति, नियम र अध्ययनका लागि बाटो खोलिदिएको छ ।
यो 'पोड वे सेवा'को खास काम भनेको यात्रुलाई एक ठाउँबाट अर्को ठाउँमा सहज रुपले पुर्याउनु हो । सवारी चाप र साँघुरा सडक भएको ठाउँमा चाँडो गन्तव्यमा पुग्नका लागि यो सेवा विस्तार गर्न लागिएको छ । अहिले अध्ययनकै क्रममा छ । अस्तव्यस्त सवारी व्यवस्थापनको विकल्पका रुपमा 'पोड वे सेवा' सुचारु गर्नुपर्ने माग उठेपछि यसको अध्ययनका लागि कानुनी मान्यता दिइएको हो ।
यो सेवा सडकभन्दा माथि तारको माध्यमबाट निश्चित ठाउँमा पुर्याउन सकिने प्रविधिबाट सुरु हुन्छ । तल सडकमा सवारी साधन गुडिरहेका हुन्छ भने यो त्यो भन्दा माथि वा अन्यत्रै तार विस्तार गरेर पोड वे संचालन गरिन्छ । उपत्यका जस्तो सार्वजनिक सवारीको चाप बढी भएको क्षेत्रमा यसको प्रयोग उत्तम हुने अनुमान गरिएको छ । अहिले देशभर सवारी दर्ताको वार्षिक वृद्धिदर १६ प्रतिशत छ । सार्वजनिक यातायात सरल, सहज र व्यवस्थित हुन् नसक्दा मानिस बाध्य भएर निजी सवारीतर्फ चाँडो पुग्न खोज्दा पनि सडक खुल्ला भेटिँदैन ।
नेपालमा 'पोड वे' कम्पनी खोलेर अध्ययन सुरु गरिएको छ । भौगोलिक विकटता र यातायात सेवाको चाप बढी भएको क्षेत्रमा यो सेवा थप प्रभावकारी हुने बताइन्छ । यो सडक वा खोलाको माथि गुडाउन मिल्ने भएकाले मोनो रेल, मेट्रो रेल जस्ता आयोजनामा जस्तो मुआब्जाको समस्या नहुने देखिएको छ । सञ्चालनमा रहेका सडकको माथि र खोलाको माथि पोड वे सेवा गुडाउन मिल्छ । त्यसैले यसलाई मोनो रेल र मेट्रो रेल जस्तो सजियो यातायात भनिएको हो ।
अहिले कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पोड वे सञ्चालनका लागि अध्ययन भइरहेको छ । पोड वे सञ्चालनको लागि काठमाडौं उपत्यकामा पनि अध्ययन भएको छ । उपत्यकाभित्र पर्ने १३ वटा पालिकालाई समेट्ने गरी १०० किलोमिटरको अध्ययन गरिएको छ । अध्ययनमा मुख्य गरी सबै पालिकाको मुख्य जाम हुने स्थानको छनोट गरेर यसको अध्ययन भइरहेको छ ।
के हो पोड वे ?
पोड वे एक ठाउँबाट अर्को ठाउँमा सहज तरिकाले पुर्याउने यातायात हो । अहिले बढ्दै गएको ट्राफिक समस्यालाई न्यूनीकरण गर्ने यस प्रविधिले महत्वपूर्ण भूमिका खेल्ने काम यसले गर्छ । यो विद्युतबाट सञ्चालन हुन्छ भने स्प्रिङ (तार) मा कुद्छ । यसमा चालकको आवश्यकता पर्दैन । पोड वे कम्प्युटरमार्फत नियन्त्रित यातायात हो ।
यसलाई सडकको माथि अथवा जुनसुकै ठाउँमा निर्माण गर्न सकिन्छ । सडकको करिब ३० मिटर उचाइमा यसलाई सञ्चालन गर्न सकिन्छ । जसको लागि स्टेसनको पनि आवश्यक पर्छ । आकाशे पुलको संरचना जस्तो ठाउँ–ठाउँमा यसको स्टेसन हुन्छ । सो स्टेसनले सडक पार गर्न पनि सहज हुन्छ ।
एक सय किलोमिटर पोड वे बनाउँदा एक सयभन्दा बढी स्टेशनको आवश्यकता पर्छ । पोड वेको निर्माण लागत कम हुनुका साथै सञ्चालन खर्च पनि कम हुन्छ । पोड वेले यात्रुका लागि मात्र होइन कार्गो अर्थात् सामान ओसारपसारमा पनि काम गर्छ । यात्रुसहितको पनि कार्गो सञ्चालन गर्न सकिन्छ ।
युइिटस्की स्ट्रिङ टेक्नोलोजी कम्पनीले पोड वेका विभिन्न नाम दिएर ५ वटा ट्रयाक बनाएको छ । माइनिङ, कार्गो, पीआरटी लाइन, स्ट्रिङ रेल र रिर्जिट ट्रयाक छन् । त्योमध्ये पहिलो चरणमा स्ट्रिङ रेल नेपालमा भित्र्याउन खोजिएको छ । पोड वेलाई २४ सै घण्टा सञ्चालन गर्न सकिन्छ । यात्रुको संख्या अनुसार पोड तारमा राखिएको हुन्छ । जसलाई रिजर्भ पनि गर्न सकिन्छ । पोड वेको यूनिबसमा एकैपटक अधिकतम ३२ जनासम्मले यात्रा गर्न सक्छन् । यसलाई एक पहाडबाट अर्को पहाडमा जोडेर पनि सञ्चालन गर्न सकिन्छ ।
जसले गर्दा सडक नपुगेको ठाउँमा पनि यसलाई पुर्याउन सकिन्छ । यो प्रविधि अपाङ्गमैत्री हुन्छ । यसले एक पटकमा ५० टन सामान बोक्न सक्ने बताइएको छ । पोड वे न्यूनतम १५० र अधिकतम ५०० किलोमिटर प्रति घण्टाको स्पिडमा कुद्छ भने ट्रयाकको आधारमा पनि यसको गति निर्धारण हुने गर्दछ । यो केबलकार जसरी नै चल्छ तर यसमा मास ट्रान्सपोर्टेसन कै क्षमता हुन्छ । झट्ट हेर्दा केबलकार जस्तै साधन हो, तर यसलाई केबलकार भन्दा कम लागतमा बनाउन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार
धरानमा सङ्गीत जात्रा महोत्सव सुरु
पुष ८, २०८१ सोमबार