तुइन खोलामा पुल निर्माण गर्न बिस्फोटको तयारी
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार १३:२२:१८
१७ मंसिर, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला 'तीन नम्बर' पुल भएको ठाउँमा नयाँ पुल बनाउन बिस्फोट गर्ने तयारी गरिएको छ । भित्तोतर्फ पुल बनाउननका लागि डाँडा भत्काउनुपर्ने भएकाले बिस्फोट गर्न लागिएको हो ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड 'नारायणगढ–मुग्लिन' का सूचना अधिकारी इ कृष्ण आचार्यका अनुसार तुइन खोलाको पुल बनाउनका लागि ढिस्को पूरै भत्काउन नसकिएपछि बिस्फोट गर्न लागिएको हो । पुलको मुग्लिनतर्फको झण्डै ६० मिटर अग्लो पहाडमध्ये २५ मिटर भत्काइएको छ । बाँकी ३५ मिटरका लागि लाई बिस्फोट गर्न लागिएको छ ।
यसअघि गएको हिउँदमा सडक रोकेर दुई वटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो । सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुलसमेत निर्माण गरिसकिएको छ । यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको छ ।
प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमै बिस्फोट गर्ने गृहकार्य गरिए पनि काममा ढिलाइ भएको थियो । उनका अनुसार ढिस्को भत्काउनका लागि बिस्फोटक पदार्थ ल्याउन अनुमति पाइसकिएको छ । आयोजनाले विभाग हुँदै गृह मन्त्रालय, रक्षा मन्त्रालय र पुनःगृहमन्त्रालय भएर अन्तिम अनुमति भारतीय राजदूतावासबाट पाएको सूचना अधिकारी आचार्यको भनाइ थियो । यससँगै बिस्फोटक पदार्थ ल्याएर राख्न नेपाली सेनासँग रहेको बङ्कर मर्मत गर्ने तयारी गरिएको छ । दश टन बिस्फोटक पदार्थ झिकाउन लागिएको उनले जानकारी दिए ।
दुई महिनाभित्रमा बिस्फोटक पदार्थ झिकाएर अर्को दुई महिनामा बिस्फोट गरी डाँडा भत्काउने तयारी छ । सूचना अधिकारी आचार्यले भने, “हाम्रो योजनाअनुसार काम भएमा आगामी असारसम्ममा पुल बनिसक्छ ।” यो खण्डमा पर्ने १९ पुलमध्ये चार वटा पुल सन् २०२० मा निर्माण गरिएको थियो । बाँकी १५ पुलसँगसँगै निर्माण थालिएको हो ।
तीमध्ये पाँच वटा पुल निर्माण भएर गाडी चलाउन थालिएको छ । खहरे खोलाको पुल मुआब्जाका कारण रोकिएको थियो । मुआब्जा दिइ ठाउँ खाली गरेर काम थालेसँगै निर्माणको काम ५० प्रतिशत सकिएको छ । बाँकी नौ वटा पुलमध्ये एउटाको भित्तो भत्काउनुपर्ने भएकाले काम थालिएको छैन भने बाँकी आठ वटाको काम दुई महिनाभित्रमा सम्पन्न हुने उनले जानकारी दिए। अधिकांश पुलमा पहुँचमार्गको काम भइरहेको छ ।
विसं २०७६ चैत १० गतेदेखि पुलको निर्माण थालिएको थियो । पुलको लागत रु एक अर्ब २८ करोड रहेको छ । पछिल्लो पटक थप गरिएको म्याद यही पुस १० गते सकिँदैछ । यो राजमार्गलाई एशियन विकास बैंक 'एडिबी' को सहयोगमा एशियाली मापदण्डअनुसार एघार मिटर चौडा पुल बनाइएको छ । सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुनै पनि निकायबाट बजेट नपर्दा दुई वर्षदेखि खेलमैदान अलपत्र
असोज ६, २०८१ आइतबार
जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै
असोज २, २०८१ बुधबार
पर्साको तिलावे पुलको पिलर भत्कियो, आवतजावतमा समस्या
भदौ ३०, २०८१ आइतबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
बार्सिलोनाको ला लिगामा लगातार छैटौं जित
असोज ७, २०८१ सोमबार
रौतहटको राजपुरमा हैजा पुष्टि, प्रशासनद्वारा निषेधित क्षेत्र घोषणा
असोज ७, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
असोज ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
असोज ७, २०८१ सोमबार
नेपालको हारको सिलसिला जारी, क्यानडासँग ५ विकेटले पराजित
असोज ७, २०८१ सोमबार