कोशीमा हात्ती आतंक : एक सातामै तीनजनाले ज्यान गुमाए
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार १३:२९:१०
१७ मंसिर, विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्लामा जंगली हात्तीका कारण मानवीय र भौतिक क्षति बढेको छ । केही दिनयता झापा, सुनसरी र मोरङमा गरी हात्तीको आक्रमणबाट तीनजनाले ज्यान गुमाएका छन् ।
गत शुक्रबार झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । हल्दीबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनलाई हात्तीले आक्रमण गरेको थियो ।
सुनसरीको उपमहानगरपालिका–२ मा गत बिहीबार राति हात्तीको आक्रमणबाट स्थानीय २५ वर्षीय रबिन खड्काको मृत्यु भएको छ ।बस्तीमा हात्ती प्रवेश गरेपछि स्थानीय बासिन्दा धपाउन प्रयासमा थिए । त्यही क्रममा पुगेका खड्कालाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
उनलाई हात्तीले लछारपछार पार्दै कुल्चिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यसैगरी, केही दिनअघि झापाकै दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको पनि हात्ती आक्रमणमा परी मृत्यु भएको थियो । स्थानीय हम्सेदुम्से सामुदायिक वन क्षेत्रमा गएका उनलाई हात्तीले आक्रमण गरेको थियो ।
जंगली हात्तीले बस्तीमा प्रवेश गरी स्थानीयको घर भत्काउने, अन्न खाइदिने साथै अरु भौतिक सामग्री नष्ट गरिदिने गरेको गाउँलेले बताएका छन् । मोरङको लेटाङ, बेलबारी, सुनसरीको इटहरी र आसपास क्षेत्रका साथै झापाका विभिन्न स्थानमा हात्ती पसेर क्षति गर्ने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपझापामा सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
जेठ १८, २०८१ शुक्रबार
कोशी प्रदेशको एक अर्ब ३१ करोड बेरुजु
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
जेठ १६, २०८१ बुधबार
दरबार हत्याकाण्ड: जमिम शाहले भने, ‘आज ठूलै घटना भएको छ, पत्रिका प्रेसमा नपठाउनु’
जेठ १९, २०८१ शनिबार
किसानलाई आत्मनिरर्भर बनाउन निःशुल्क धानको बीउ वितरण
जेठ १९, २०८१ शनिबार
सेती लोकमार्गः दश किलोमिटर कालोपत्र हुँदै
जेठ २०, २०८१ आइतबार
मुगुमा यार्सागुम्बा संकलन गर्न गएका ४ जनाको मृत्यु, एक सिकिस्त
जेठ २०, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने कार्यसूची
जेठ २०, २०८१ आइतबार
भारतको लोकसभा निर्वाचन: एक्जिट पोलमा मोदीलाई फराकिलो बहुमत !
जेठ २०, २०८१ आइतबार
रियल म्याड्रिडले जित्यो च्याम्पियन्स लिगको उपाधि
जेठ २०, २०८१ आइतबार