मुख्यमन्त्री कार्कीले बल्ल तोके तीन मन्त्रीको जिम्मेवारी
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार १४:४४:२९
१७ मंसिर, विराटनगर । कोशी प्रदेशका मन्त्रीहरूको कार्य विभाजन भएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले तीन मन्त्रीहरूको कार्य जिम्मेवारी तोकेका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तीन जना मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । उनी नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् ।
यस्तै नेकपा माओवादीबाट मन्त्री भएका गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको हो । अरू मन्त्रीहरू नियुक्त गर्न बाँकी रहेकाले बाँकी मन्त्रालय मुख्यमन्त्री कार्की आफैंले राखेको प्रदेश प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
गत असोज २७ गते कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । सुरुमा कांग्रेसका ८ र नेकपा (एमाले) का ३९ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बनेका थिए । तर कार्कीलाई सत्ता गठबन्धनले नै विश्वासको मत दिएको थियो । एमालेले पनि विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । पुर्ववत सहमतिअनुसार मुख्यमन्त्री कार्की अघि नबढेको भन्दै एमालेले गत कात्तिक १८ गते सरकार छाडेको थियो । एमालेबाट मन्त्री बनेका रामबहादुर राना मगरले कात्तिक १८ मा राजीनामा बुझाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरातो कारमा ल्याइएको १ सय ९० केजी गाँजा सशस्त्र प्रहरी सुनसरीद्धारा बरामद
पुष २, २०८१ मंगलबार
महारानीझोडामा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण शुभारम्भ
मंसिर २४, २०८१ सोमबार
दमकमा बन्यो एक अर्ब ४५ करोडको १८ तले भवन, भोलि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने
मंसिर २२, २०८१ शनिबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार