पेरुका पूर्व राष्ट्रपतिद्धारा आत्महत्या
इन्द्र रिजाल
बैशाख ५, २०७६ बिहिबार १४:१:२०
एजेन्सी । पेरुका पूर्व राष्ट्रपति एलन गार्सियाले गोली हानी आत्महत्या गरेका छन् । गार्सियालाई उनको आवासमा घुस लिएको आरोपमा पुलिसले पक्राउ गर्न जाँदा उनले आत्महत्या गरेका हुन् ।
गार्सियालाई राजधानी लिमाको अस्पताल पुर्याइएको थियो । उनको मृत्युको पुष्टि पेरुका वर्तमान राष्ट्रपति मार्टिन विजकारले गरेका छन् ।हस्पिटल बाहिर गार्सियाका समर्थक जम्मा भएकमा थिए । उनीहरुलाई पुलिसले नियन्त्रण गरेर फिर्ता पठाएको थियो ।
गार्सियामाथि ब्राजिलको निर्माण कम्पनी ओेदेब्रक्तसँग घुस लिएको आरोप छ जसलाई उनले अस्विकार गरेका थिए । यी आरोपपछि अधिकारी उनलाई पक्राउ गर्नका लागि उनको घर पुगेका थिए ।
आफूलाई कोठामा बन्द गरेः
गृहमन्त्री कार्लोस मोरनले पत्रकारसँगको कुराकानीमा पुलिस त्यहाँ पुग्दा गार्सियाले एउटा फोन गर्न अनुमती माग्दै आफ्नो कोठामा गए र भित्रबाट चुकुल लगाए ।
मोरनले भने, ‘त्यसको केही बेरमै गोली चलेको आवाज आयो । पुलिसले धोका फुटाएर भित्र जाँदा गार्सिया कुर्सीमा बसेका थिए र उनको टाउकोमा गोली लागेको थियो ।’
त्यसपछि गार्सियालाई लिमाको केसिमिरो उलोओ अस्पताल पुर्याइयो तर त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो ।राष्ट्रपति विजकारले ट्वीट गर्दै पूर्व राष्ट्रपतिको मृत्युले आफूलाई धक्का लागेको बताउँदै उनका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
गार्सियाले सन् १९८५ देखि १९९० सम्म र सन् २००६ देखि २०११ सम्म राष्ट्रपतिको पद सम्हाले । अनुसन्धानकर्ताका अनुसार उनले आफ्नो दोस्रो कार्यकालमा आदेब्रक्तसँग घुस लिएका थिए । यो परियोजना राजधानीमा मेट्रो लाइन निर्माणसँग जोडिएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपचिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !
असोज ११, २०८१ शुक्रबार
बैंकहरूले रिजर्भमा राख्नुपर्ने रकम घटाएर ऋण प्रवाहलाई बढावा दिँदै चीन
असोज ११, २०८१ शुक्रबार
अस्ट्रेलियामा मङ्कीपक्सका घटनामा तीव्र वृद्धि, अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यका
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार