गणतन्त्रको विरोधमा राजतन्त्रको कुरा गर्नेहरु देशद्रोही हुन, उनीहरुलाई राज्यले कारवाही गर्नुपर्छः ओली
नेपालबहस संवाददाता
मंसिर १७, २०८० आइतबार १७:१२:४०
१७ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको विरोधमा लागेकाहरू देशद्रोही भएकाले सरकारले उनीहरूमाथि कारबाही गर्नुपर्ने बताएका छन् । देशद्रोहको भावना लिएर व्यवस्थामाथि प्रहार गर्नेहरूलाई सरकारले कारबाही गर्न नसक्नु दुःखद भएको ओलीको भनाइ छ ।
अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्वहरूले काम गरिरहेका बताउँदै ओलीले गणतन्त्रको विरोधमा लागेर राजा ल्याउँछौ भन्दै हिँडेकाहरु मनोबल सरकार आफैले बढाइरहेको ओलीले बताए । ओलीले आइतबार दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै प्रतिक्रियावादीहरु गणतन्त्रलाई उल्टाउने प्रयासमा लागे पनि उनीहरूको यो कुचेष्टा सफल नहुने दाबी गरे ।
उनले भने, आज कोही प्रतिगमन तिर फर्कने कुरा गर्दैछ भने त्यो देशद्रोही हो, त्यो लोकतन्त्र विरोधी हो, त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो, यस्ता गतिविधि चलाउनेलाई सरकारले समयमै रोक्न सक्नुपर्छ । लोकतन्त्रको विरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको स्पष्ट पार्दै ओलीले भने, त्यो नेपाल र नेपालीको हित विपरीतको कुरा हुन्छ । सरकार सचेत हुनुपर्छ ।
अहिले देशको अर्थतन्त्र चौपट भएर देशमा गरिबी बढेको भन्दै ओलीले एमाले सरकारमा छँदा युवा बिदेसिने क्रम घटेको, देशमा स्वरोजगारी बढेको र देश विकासले गति लिएको स्मरण गराए । ‘फेरि पनि एमाले चाहिन्छ देश विकासको लागि, देशलाई विकासको बाटोमा अघि बढाउनको लागि नेकपा एमालेको एकल बहुमतको सरकार चाहिन्छ’, पूर्वप्रधानमन्त्री ओलीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
त्रिविको सम्पति छानबिन आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
पुष २, २०८१ मंगलबार
अल्पसङ्ख्यकहरूको अधिकारमा नेपाल विश्वकै उदाहरणीय: परराष्ट्रमन्त्री राणा
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
एनपीएलमा प्लेअफका २ खेल हुँदै, सुदूरपश्चिम र जनकपुरबीच महाभीडन्त !
पुष ३, २०८१ बुधबार
किसानलाई किबीभन्दा अलैँचीबाट अधिक फाइदा
पुष ३, २०८१ बुधबार
तीन महिनामा विद्युत् प्राधिकरणको नाफा ९ अर्ब ११ करोड ३२ लाख
पुष ३, २०८१ बुधबार
व्यापार छाडेर टमाटर खेती, वार्षिक पाँच लाखभन्दा बढी आम्दानी
पुष ३, २०८१ बुधबार
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
पुष ३, २०८१ बुधबार