तान्जानियामा बाढी पहिरोमा परी ४७ जनाको मृत्यु, ८५ बढी घाइते
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार ८:३६:२८
१८ मंसिर, तान्जानिया । उत्तरी तान्जानियामा बाढीका कारण आएको पहिरोमा परी कम्तीमा ४७ जनाको ज्यान गएको छ । सो बाढी र पहिरोमा परी अहिलेसम्म अन्य ८५ जना घाइते भएका स्थानीय अधिकारीले जनाएका छन् ।
राजधानी डोडोमाबाट करिब ३०० किलोमिटर उत्तरमा पर्ने कटेश सहरमा शनिबार भारी वर्षा भएको जिल्ला आयुक्त जेनेथ मायान्जाले बताए।
‘आइतबारे साँझसम्म मृत्यु हुनेको संख्या ४७ पुगेको छ र ८५ जना घाइते भएका छन्,” उत्तरी तान्जानियाको मन्यारा क्षेत्रका क्षेत्रीय आयुक्त क्वीन सेन्डिगाले स्थानीय सञ्चारमाध्यमलाई बताइन्।
उनले मृत्यु हुनेको संख्या बढ्न सक्ने चेतावनी दिएकी छन् । मायन्जाले यस क्षेत्रका धेरै सडक हिलो, पानी र रुख र ढुङ्गाले अवरुद्ध भएकोसमेत बताएकी छिन् ।
तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसन राष्ट्र संघीय जलवायु सम्मेलनको लागि दुबईमामा रहेको छन । उनले दुबईबाट नै शोक सन्देश पठाउँदै भनेकी छिन कि ‘बाढी पहिरोमा परेका मानिसहरूलाई उद्धार गर्न थप सरकारी प्रयासहरू खटन आदेश दिन्छु ।’
‘हामी यस घटनाबाट धेरै स्तब्ध छौं,’ उनले तान्जानियाको स्वास्थ्य मन्त्रालयले अनलाइन पोस्ट गरेको भिडियो सन्देशमार्फत थप भनिन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बाइडेनले दिए करिब १५०० अपराधीलाई क्षमादान
मंसिर २७, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार