राजनीति गर्ने नेता धेरै भए, विकासमूखि नेता भएन: ओली
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार १२:१५:०
१८ मंसिर, दैलेख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीति गर्ने दलहरूले विकासबारे सोच्नुपर्ने बताएका छन् । उनले राजनीति गर्न सिपालु धेरै नेता भएपनि विकास बुझेको नेता नभएको बताएका छन् । उनले अब राजनीतिक दल परिवर्तन हुनुपर्ने बताए ।
सोमबार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा ओलीले दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उनले चीन सरकारले कुनै पनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताए ।
उनले राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने बताए । उनले नेताहरू राजनीतिका मात्रै नभइ विकासका नेता हुनुपर्ने बताए । उनले विकास अरू देशले आएर नगर्ने भन्दै आफ्नो देशको विकास आफैंले गर्नुपर्ने भएकाले तत्काल विकासको लागि काम थाल्न नेता-कार्यकर्ताहरूलाई निर्देशन दिए ।
उनले भने, ‘अबका पोल्टिकल पार्टीहरूले पोल्टिक्स मात्रै गरेर हुँदैन । विकासका नेता हुनुपर्दछ । उनीहरूले विकासको बारेमा जानकारी राख्नुपर्छ । कसर विकास हुनसक्दछ, के हुनसक्छ यस्ता कुरालाई लिएर हामीले सोच्नुपर्छ । यसमा तत्काल काम थालि हाल्नुपर्ने आवश्यकता छ । किनभने कुनै पनि देश अर्काले आएर बनाइदिँदैन ।’
आफ्नो देश आफैंले बनाउने हो भन्दै ओलीले आयात बढेको छ, निर्यात छैन, झनै घटिरहेको छ । हामीसँग निर्यात गर्ने वस्तु उत्पादन नै छैन । हाम्रो निर्यात भनेको धेरैजसो नक्कली निर्यात छ । बाहिरबाट सुपारी ल्याउने निर्यात गर्ने । नक्कली निर्यातलाई घटाउने हो भने सक्कली निर्यात वास्तवमा अत्यन्तै कम छ । अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ । चीनसँग डराएको होइन, अरू कोकोसँग कहाँ कहाँ डराउँछ, उनले भने ।
ओलीले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त गर्न दैलेखमा भएको पेट्रोलियम उत्खननको विकल्प नभएको बताए । दैलेखको भैरवी गाउँपालिका–१ स्थित पेट्रोलियम अन्वेषण स्थलको अवलोकनका क्रममा अध्यक्ष ओलीले पेट्रोलियम उत्खननले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
’दैलेख पुरातात्त्विक महत्त्वको जिल्ला मात्रै होइन, पेट्रोलियम पदार्थको राम्रो सम्भावना भएको जिल्ला पनि हो,’ अध्यक्ष ओलीले भने, ’हाम्रै एमाले नेतृत्वको सरकारको पालामा यसको थप खोज, अध्ययन र अनुसन्धानको काम अघि बढाउनुपर्छ भनेर अन्वेषणका लागि टोली खटाएका थियौं ।’ अन्वेषणको कामका लागि खटाइएको चिनियाँ टोलीको निचोडका बारेमा विभागको टोलीसँगको बिफ्रिङपछि अध्यक्ष ओलीले देशलाई समृद्धिको मार्गमा ल्याउन पेट्रोलियम पदार्थको उत्खननले ठूलो भूमिका खेल्ने बताए ।
दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्न २०७२ चैतमा चीन र नेपालबीच प्रधानमन्त्रीस्तरीय द्विपक्षीय समझदारी भएको थियो । २०७६ फागुनमा विभाग र चिनियाँ जियोजिकल सर्भे कम्पनीबीच अन्वेषण र उत्खनन गर्न २ अर्ब ४० करोडको आर्थिक तथा प्राविधिक सम्झौता भएको थियो ।
सन् २०१९ देखि चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम पदार्थको विस्तृत अन्वेषण अघि बढाइएको थियो । तर कोरोना महामारी सुरु हुनासाथ चिनियाँ टोली स्वदेश फर्केको थियो । उक्त क्षेत्रको २० हजार २० वर्ग मिटरमा गरिएको सर्भेका आधारमा अब ड्रिलिङको काम गरिने खानी तथा भूगर्भ विभागले जनाएको छ ।
’सम्बन्ध स्थानीय ः सन्देश राष्ट्रिय’ नारासहित सुरु एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानको पाँचौँ दिनका क्रममा एमाले अध्यक्ष ओलीले आज ज्वाला बलिरहेको दैलेखको शिरिस्थना मन्दिरको अवलोकन र दर्शन गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई
असोज ७, २०८१ सोमबार
विरोधको डरले न्युयोर्कमा प्रधानमन्त्री ओलीको अन्तरक्रिया कार्यक्रम स्थगित
असोज ७, २०८१ सोमबार
नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी
असोज ७, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
महत्वहीन देखियो चीनप्रति ओली र प्रचण्डको झुकावः न आयोजना बने, न अनुदानमा सहमति
असोज ७, २०८१ सोमबार
श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई
असोज ७, २०८१ सोमबार
झापामा दुर्गा प्रसाईंका समर्थकद्वारा मालबाहक ट्रकमा आगजनी
असोज ७, २०८१ सोमबार
हिजबुल्लाहविरुद्ध आवश्यक कारवाही गर्न तयार छौं : नेतान्याहु
असोज ७, २०८१ सोमबार
विरोधको डरले न्युयोर्कमा प्रधानमन्त्री ओलीको अन्तरक्रिया कार्यक्रम स्थगित
असोज ७, २०८१ सोमबार
नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग
असोज ७, २०८१ सोमबार