अस्मिताले दिइन् अमेरिकाका १२ सहरमा कन्सर्ट
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार १२:२९:३८
१८ मंसिर, अमेरिका । गायिका अस्मिता अधिकारीले संयुक्त राज्य अमेरिकाका १२ वटा सहरमा कन्सर्ट सम्पन्न गरेकी छन् । 'यूएसए फर्स्ट म्युजिकल यात्रा-भोल्युम वन' नाममा भएको कन्सर्ट न्यूयोर्क, बोस्टन, सिएटल, सान फ्रान्सिस्को, डलास, एटलान्टा, साक्रामेन्टो, एक्रोन, कोलम्बस र ह्यारिसबर्गमा सम्पन्न भएको हो ।
नेपालीहरूका प्रमुख दुई पर्व दशैं र तिहारको अवसरमा अक्टोबर २१ मा टेक्ससको डलासबाट सुरु भएको कन्सर्ट नोभेम्बर २५ मा भर्जिनियामा समापन भएको थियो । अधिकारीले पहिलो पटक अमेरिकामा आफ्नो प्रस्तुति दिएकी हुन् । एउटै यात्रामा अमेरिकाका १२ सहरहरूमा प्रस्तुति दिने पहिलो नेपाली महिला कलाकार अस्मिता रहेको आयोजकले दाबी गरेको छ । लाइभ एट प्रेजेन्स, प्लानेट थ्री फिल्म, कोसेली इभेन्ट्स, फुजोन इन्टरनेशनलले संयुक्त रूपमा कन्सर्ट आयोजना गरेका थिए ।
आयोजकका अनुसार ४५ दिनमा सबै कन्सर्टहरू सम्पन्न भएका छन् । छोटो समयमा धेरै स्थानमा र विश्वस्तरिय कन्सर्ट स्थलहरूमा कार्यक्रमको आयोजना भएका थिए । हरेक विकेन्डमा आयोजित ती सबै कन्सर्टमा नेपाली भाषी डायस्पोरा समुदाय, दोस्रो पुस्ताका नेपालीहरू र केही विदेशी नागरिकहरूसम्मको सहभागिता रहेको थियो । अस्मिताको अमेरिका यात्रा अत्यधिक सफल, मन्त्रमुग्ध कन्सर्ट र उत्कृष्ट रहेको प्रतिक्रिया प्राप्त गरेको आयोजक मध्ये एक शरद युवराज सिंहले बताए ।
'यस क्षेत्रमा काम गरेको डेढ दशक भन्दा लामो अवधिको अनुभवमा हामीले गायिका अस्मितालाई कोमल आत्मा भएकी, मिलनसार, राम्रो संस्कारी र नेपाली डायस्पोरा समुदायलाई राम्रोसँग बुझ्ने व्यक्तिको रूपमा भेट्टायौँ', सिंहले भने, 'उनले आफूलाई यसरी स्थापित गर्दै गएकी छन् की जुन आजको सङ्गीतको बजारमा निकै दुर्लभ छ । हामीले उनको कन्सर्ट आयोजना गर्न पाएकोमा गर्व गरेका छौँ ।' नेपाललाई अमेरिकामा बसोबास गर्ने नेपालीहरूसँग अझ नजिक ल्याउन अस्मिताले मद्दत गरिन् भन्ने आफ्नो विश्वास गरेको उनले बताए ।
अस्मिताले पछिल्लो समयको चर्चित गीत 'काले केटाले' सहित टाढा भए पनि, मेसो मिलाएर, रमरम मरौटी, उता परेली झिम झिम भो, फुलै फुल दिन्छौ कि लगायत दर्जनौँ गीतहरूले दर्शक झुमाएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
मंसिर २९, २०८१ शनिबार
अनुसन्धान अधिकृतलाई आरोपीले घूस दिन खोजेपछि ...
मंसिर २९, २०८१ शनिबार
भविष्यको गन्तव्यः कस्ता नयाँ पुस्ता, कस्तो नयाँ सोंच ?
मंसिर २९, २०८१ शनिबार
मधेश प्रदेशमा धनुषाबाट अख्तियारमा सबैभन्दा बढी उजुरी
मंसिर २९, २०८१ शनिबार
तेस्रो राष्ट्रिय फ्री—स्टाइल रोल्लर स्केट प्रतियोगिताका छनोटका खेल सम्पन्न
मंसिर २९, २०८१ शनिबार
नेपाल नर्सिङ संघको अध्यक्षमा चन्द्रकला शर्मा विजयी
मंसिर २९, २०८१ शनिबार
धादिङमा बस दुर्घटना, आठ जना घाइते
मंसिर २९, २०८१ शनिबार
जसपा नेपालले संगठन निर्माण अभियानलाई माघ मसान्तसम्म जारी राख्ने
मंसिर २९, २०८१ शनिबार
‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ दोस्रो शृङ्खलाको निर्णायक घोषणा
मंसिर २९, २०८१ शनिबार