सांसदका आफन्त सिराहाका नामुद मिटरब्याजी, कारबाही गर्न डराउँछ प्रशासन

नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार १२:४७:३०

१८ मंसिर, सिराहा । सिरहामा मिटर ब्याज सम्बन्धी ऐन–कानुन कार्यान्वयनको माग गर्दै मिटरव्याजी पीडितहरु फेरी आन्दोलनमा उत्रिन बाध्य भएका छन् । मिटरव्याज पीडितहरुको लामो आन्दोलनपछि सरकारले कानुन बनाएपनि कार्यान्वयनमा ढिलासुस्ती र पीडककै हालिमुहाली हुन थालेपछि पीडितहरु पुनः आन्दोलनमा उत्रिन बाध्य भएका हुन् ।
पीडितको दवावपछि सरकार कानुन बनाउन बाध्य भएपनि कार्यान्वयन गर्ने पदाधिकारिहरु पीडकबाट प्रभावित भएर कानुन कार्यान्वयनमा बेवास्ता गरेकाले आफूहरू फेरी सडकमा उत्रनु परेको बताए । आन्दोलनरत मिटरव्याज पीडितहरुले सिरहा सदरमुकाममा प्लेकार्डमा ‘मिटरव्याजीको समर्थनमा लागेका सरकारी अधिकारी मुर्दावाद, ‘सिडियो कार्यालयमा गरिने ढिलासुस्ती अन्त्य गर, सुदखोरीलाई कारबाही गर, सुदखोरी विरुद्ध जाहेरी दर्ता गर, भ्रष्ट प्रशासन मुर्दावाद’ लगायतका नाराबाजी गरेर सदरमुकाम परिक्रमा गरेका थिए ।
सरकारले अनुचित लेनदेन (मिटरव्याज)को कारोवार गर्ने विरुद्ध ऐन पारित गरेपछि सिरहामा करिब ३७ सय उजुरी दर्ता भएका थिए । मिटरव्याजी पीडितहरुले सुदखोर विरुद्ध उजुरी दर्ता गराएपनि जिल्ला प्रशासनका तोकिएका कर्मचारी र मिटरव्याजी बीचको साँठगाँठमा करिब ३ सय समान्य लेनदेनका मुद्धाहरु मात्र मिलापत्र भएको पीडितहरु बताउँछन् ।
जिल्ला प्रशासन कार्यालयले नामुद मिटरव्याज साहुहरूसँगको मिलेमतोमा उनीहरूकै बचाउमा हुने गरी निर्णय गरेको मिटरव्याजी पीडितहरुले आरोप लगाएका छन्; धेरै मुद्दाहरू पेन्डिङ्ग बनाएर राखेको पीडितहरुको आरोप छ ।
कर्मचारी र सुदखोरको सेटिङ्गले कतिपय मुद्दा पेन्डिङ नै छ, सुनुवाही नै अगाडि बढाई रहेका छैनन्; गोलबजार नगरपालिका ८ का मिटरव्याज पीडित वीरेन्द्र कुमार यादवले भने, ‘मैले न्यायको लाग जिल्ला प्रशासन कार्यालयमा पहिलो लटमै उजुरी हालेपनि अहिलेसम्म छलफल हुन सकेको छैन । म धेरै पटक जिल्ला धाईसके कुनै सुनुवाई नै भइरहेको छैन ।
यादवले गत २०६९ साल ५ महिना २० गते आर्नामा गाउँ पालिका १ बुढिया चापका नामुद मिटरव्याजी राम सेवक यादवसँग सयकडा ३ रूपैयाँ (वार्षिक ३६ प्रतिशत) दरले ब्याज तिर्ने सहमतिमा करिब दुई करोड बराबरको जग्गा पास गरी ५ लाख रूपैयाँ लिएका थिए । उनले करिब १ वर्षको अवधिमा पटक पटक गरी १४ लाख ७५ हजार रूपैयाँ ऋण लिएको राम सेवकले नै ब्याजसहित हिसाब गरी दिएको हस्तलिखित लिखतमा उल्लेख गरेका छन् ।
त्यसपछि मिटरव्याजी पीडित वीरेन्द्रले पछिल्लो ३ वर्षको अवधिमा राम सेवक यादव (मास्टर)सँग पटक–पटक गरी ८१ लाख रूपैयाँ लिएको बताए । यसरी लिएको ऋणको ब्याजसहित आफूले ३ करोड नगद बुझाएपनि धितो राखेको जमिन फिर्ता गरेको छैन ।
उनले भने, ‘ऋण लिएको चार वर्षमा करिब ३ करोड रूपैयाँ बुझाई सके, यो मैले सर्त गरेर लिएको ३६ प्रतिशत ब्याजले पनि बढी रकम हो । पछि मैले हिसाब गरौं भन्दा भागेर हिँड्ने र धितोको लागि राखिएको ८ करोड भन्दा बढीको करिब २ बिघा जग्गा समेत फर्काएनन् । बरु उनले धितोको जमिन पनि बेचे र त्यतिले पनि पुगेन भन्दै अन्त्यमा १८ लाखको कपाली पनि गरायो ।’
अहिले जिल्ला प्रशासन कार्यालय सिरहामा राम सेवक यादबको नाममा वीरेन्द्रसहित १४ वटा भन्दा बढी उजुरी परेको छ । जिल्लाकै नामुद मिटरव्याजीको रुपमा जिल्लामा परिचित यादवको विरुद्ध धेरै उजुरी परेपनि उनी राजनीतिक प्रभावका कारण खुल्लमखुल्ला हिँडिरहेका छन् । बरु रामसेवकले उल्टै पीडितहरुलाई धम्क्याउने गरेको पीडितहरु बताउँछन् । रामसेवक पूर्वमन्त्री तथा वर्तमान सिरहा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य राजकिशोर यादवका ससुरा हुन् ।
अर्का पीडित अर्नामा गाँउपालिका १ महनौर कै मायादेव चौधरीले उनै नामुद मिटरव्याजी राम सेवक यादवको चपेटामा परेका छन् । उनले २०५७ सालमा राम सेवकसँग घर खर्चका लागी २५ हजार रूपैयाँ पाँच रूपैयाँ सैकडा (वार्षिक ६० प्रतिशत) ब्याज दिने गरी लिएका थिए ।
चौधरीले ऋण लिएको एक दिन अगावै रामसेवककी श्रीमती दौलत देवी यादवको नाममा हालको चलनचल्ती मूल्य करिब २० लाख प्रतिकठ्ठा पर्ने ८ कठ्ठा जग्गा धितोबापत पास गरेको बताउँछन् ।
चौधरीले थप ११ वर्षको अन्तरालमा पटक पटक गरी ७ लाख ८१ हजार रूपैयाँ ऋण लिएको बताए । उनले भने, ‘मैले ऋण लिएको तीन वर्षपछि व्याजसहित तीन लाख २५ हजार नगदी दिए, बाँकी रहेको साँवा र ब्याज सहित लिएर म उनको घरमा पुग्दा पैसा लिन मानेनन् ।’
‘पछि बुझ्दै जाँदा रामसेवकले धितो राखेको जग्गा अरूलाई नै बेचिदिएको कुरा सुने, मालपोतमा जाँदा श्याम सुन्दर कामतीको नाममा पास गरेको रहेछ; उनले थपे, ‘म सोझो मान्छे, मलाई थाहै थिएन । उसले मालपोतमा जानुपर्छ भनेर लिएर गयो । मैले उसले भनेका ठाउँमा ल्याप्चे लगाइदिएँ । आवश्यक पर्दाका बखत मैले उनीसँग नै लेनदेन गर्थे, पटक पटक गरी करिब १ विघा १४ कठ्ठा जग्गा पास गरेछ । अहिले उनले त मलाई उठिवास नै गराइदियो ।’
मिटरव्याज पीडित यादवले ऋणीको जग्गा जमिनमात्र हड्पेनन् । अहिले जिल्ला प्रशासनलाई नै प्रभावमा पारेर फर्जी मिलापत्रको निवेदन दिने र मिलापत्र भएको भन्ने हल्ला चलाएका छन् । गोलबजार ८ का वीरेन्द्र यादवको नामको उजुरीमा एक दिन पनि छलफल नगरी मिलापत्रका फर्जी निवेदन हालेर मिलापत्र गरेको भन्दै प्रशासन नै भनिरहेका छन् । त्यही आधारमा प्रशासन पनि उनको बचाउमा लागेका छन्। यस्तो खालको गतिविधिले प्रशासन पनि शंकाको घेरामा परेको छ ।
यता, जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ नरेश कुमार यादवसँग जिज्ञासा् राख्दा मिटरब्याजी रामसेवक यादव र पीडित वीरेन्द्र यादवको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । उनले छिटै कुनै निकास निस्किन्छ, हामी अनुसन्धानकै क्रममा छौ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवरिष्ठ पत्रकार आशुतोष झालाई विशेष सम्मान
फागुन १०, २०८१ शनिबार
ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलको सडक यात्रा
फागुन ८, २०८१ बिहिबार
मुख्यमन्त्री सिंहले गरे वीरगञ्जका अस्पतालको अनुगमन
फागुन ७, २०८१ बुधबार
नवलपरासी पश्चिममा झडप नियन्त्रण गर्न गएको प्रहरीको गाडी जलाइयो, सीडीओको रोहबरमा छलफल
फागुन १३, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणको आफू संलग्न घटना बाहिरिएपछि सहकारी मन्त्रीकै स्वकीयले गरे आत्महत्या
फागुन १३, २०८१ मंगलबार
प्रेम विवाहको विषयमा केटीपक्ष र केटापक्षबीच भएको झडपमा १५ प्रहरीसहित १९ जना घाइते
फागुन १३, २०८१ मंगलबार
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार गर्नेविरुद्ध मुद्दा दायर
फागुन १४, २०८१ बुधबार
इन्टनेटमा हेरेरै केराको खम्बाबाट कागज उत्पादन
फागुन १४, २०८१ बुधबार
भद्रपुर झापा गोल्डकप : आज झापा- ११ र डागा युनाइटेड भिड्दै
फागुन १४, २०८१ बुधबार
देशका केही भागमा वर्षा र हिमपातको सम्भावना
फागुन १४, २०८१ बुधबार
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल आज : उपाधिका लागि नेपाल र म्यानमार भिड्दै
फागुन १४, २०८१ बुधबार
कस्तो छ तपाईको आजको राशीफल ?
फागुन १४, २०८१ बुधबार