कांग्रेस लुम्बिनी सम्मेलनः आगामी महासमिति बैठकमा हिन्दु राष्ट्रबारे एजेण्डा उठाउन केन्द्रलाई दवाव
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार १३:३९:४७
१८ मंसिर, लुम्बिनी । नेपाली कांग्रेसको लुम्बिनी प्रदेध अधिवेशन सम्पन्न भएको छ । संघीयता कार्यान्वयनका सन्र्दभमा केन्द्रले धेरै अधिकार नलिएको र केन्द्रबाट अधिकार प्रत्यायोजन नभएसम्म प्रदेश सरकारको अर्थ नरहने निष्कर्ष अधिवेशनको छ । दुई दिनसम्म चलेको अधिवेशनमा कार्यतालिकामै नभएको हिन्दु राष्ट्रको विषयले प्रवेश पाएको छ ।
केहि दिन अघि लुम्बिनीमा पुगेका कांग्रेस सभापति शेरबहादुर देउवाले पनि राज्य व्यवस्थामा गणतन्त्र अकाट्य रहेको भन्दै हिन्दु राष्ट्रबारे दलहरुमा बहस गर्न सकिने बताएका थिए । उनले हिन्दु राष्ट्रकाबारे बहस गर्न सकिने भनेपछि कांग्रेसका तल्लो तहका नेताहरुले पनि यसलाई प्राथमिकता दिएर विषय उठान गर्न थालेका छनन् । कांग्रेस लुम्बिनी सम्मेलनमा सहभागी केही प्रतिनिधिहरूले हिन्दु राष्ट्रका एजेन्डामा पनि पार्टीभित्र छलफल हुनुपर्नेमा जोड दिए ।
उद्घाटन सत्रका दिन केन्द्रीय सदस्य दीपक गिरी र बागमती सभापति इन्द्र बानियाँले यो विषयलाई उठान गरेका थिए । बन्द सत्रमा समूहगत रूपमा भएका छलफलमा पनि केही प्रतिनिधिले यो विषयमा पार्टीभित्र छलफल आवश्यक रहेको बताए । कांग्रेस दाङ क्षेत्र नम्बर २ (ख) का सभापति अभियानसिंह बस्नेतले धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र बनाउनुपर्ने विषयमा पार्टीभित्र बहसको आवश्यकता रहेको बताए ।
पूर्वसांसद शंकरप्रसाद पाण्डेले हिन्दु राष्ट्रका पक्षमा बहस हुनुपर्ने भन्दै सम्मेलनमा आवाज उठाउन सहभागीहरूलाई आग्रह गरेका थिए । पुस १६ गतेदेखि ललितपुरको गोदावरीमा हुने कांग्रेस महासमिति बैठकमा यो एजेन्डामा छलफल हुनुपर्ने उनको भनाइ थियो । उनी जस्तै अन्य प्रतिनिधिहरुले पनि महासमितिको बैठकमा हिन्दु राष्ट्रबारेको एजेण्डालाई बहसमा राख्नुपर्ने बताएका ।
प्रदेश सभापति पुनले भने सम्मेलनमा केही प्रतिनिधिले हिन्दु राष्ट्रका विषयमा बहस गर्नुपर्ने आवाज उठाएको बताए । केहीले यसबारे बोल्नुभएको थियो । तर सबै धर्म मान्नेहरूको अधिकार र धार्मिक स्वतन्त्रताको प्रत्याभूति नै अहिलेको आवश्यकता हो,’ उनले भने । कांग्रेसमा बेलाबेला हिन्दु राष्ट्रका विषयमा छलफलका लागि औपचारिक एजेन्डा बनाउन माग हुने गरेको छ । गत साउनमा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीले पनि यसबारे पार्टीभित्र छलफल हुनुपर्ने बताएका थिए ।
०७५ मंसिरमा भएको कांग्रेस महासमिति बैठकका पाँच सय भन्दा बढी प्रतिनिधिले हस्ताक्षर गरी हिन्दु राष्ट्रका विषयमा छलफलका लागि एजेन्डा पेश हुनुपर्ने माग गरेका थिए । तर त्यसबारे कांग्रेसले छलफल नै गरेको थिएन । सम्मेलनमा केन्द्रीय सभापति शेरबहादुर देउवालगायत पदाधिकारीहरू र सात सय जनाभन्दा बढी प्रतिनिधि सहभागी रहेका थिए ।
मंसिर १६ मा उद्घाटन सत्र र भोलिपल्ट बन्द सत्र चलेको थियो। बन्द सत्रमा प्रतिनिधिहरूबीच विभिन्न विषयमा छलफल भएको थियो । कांग्रेस विधानअनुसार वर्षमा एक पटक प्रदेश कार्यसमितिले सम्मेलन गर्नुपर्छ । सम्मेलनमा प्रदेश कार्यसमितिले गरेका कामकारबाहीको समीक्षा र आगामी दिनका लागि सङ्कल्प गर्ने गरिन्छ । प्रदेश सभापति अमरसिंह पुनले सम्मेलनमा पार्टी केन्द्रले तल्ला तहलाई अधिकार नदिएकोबारे पनि छलफल भएको बताए ।
पार्टीका तहगत संरचनालाई पूर्ण रूपमा जिम्मेवारी दिन र पार्टी तल्ला तहका अधिकारमा केन्द्रबाट हस्तक्षेप नगर्न आग्रहसमेत गरिएको छ,’ सभापति पुनले भने । पार्टीले मात्र नभई संघीय सरकारले पनि प्रदेशलाई अधिकार नदिएको उनको भनाइ थियो । अधिकार केन्द्रमै सीमित गर्न खोजिएकोले संघीयताप्रति नकारात्मक धारणा बनिरहेको उनले बताए । संघीयता कार्यान्वयनका लागि तल्ला तहलाई अधिकार सम्पन्न बनाउनुपर्छ भन्ने सम्मेलनमा छलफल भएको उनले बताए ।
सम्मेलनका प्रतिनिधिहरूले प्रदेश मन्त्रिमण्डलको आकार ठूलो बनाउन नहुनेमा पनि ध्यानाकर्षण गराएका थिए। लुम्बिनीमा मन्त्रालय थप गर्ने तयारी भइरहेको छ भने कांग्रेसले विरोध गरिरहेको छ । मन्त्रिमण्डल ठूलो बनाउँदा आर्थिक भार थपिन्छ,’ पुनले भने, ‘प्रदेशमा अहिलेकै मन्त्रिमण्डल संख्या ठूलो छ, थप गर्न मिल्दैन ।’ उनले सरकारमा पार्टीले पठाउने मन्त्रीहरू पनि योग्यता, क्षमता र विज्ञताका आधारमा पठाउनुपर्ने सुझाव आएको बताए । सम्मेलनका सहभागी प्रतिनिधिहरूले निर्वाचनअघि कुनै पनि पार्टीसँग गठबन्धन गर्न नहुने सुझाव दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपश्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई
असोज ७, २०८१ सोमबार
विरोधको डरले न्युयोर्कमा प्रधानमन्त्री ओलीको अन्तरक्रिया कार्यक्रम स्थगित
असोज ७, २०८१ सोमबार
नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी
असोज ७, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
महत्वहीन देखियो चीनप्रति ओली र प्रचण्डको झुकावः न आयोजना बने, न अनुदानमा सहमति
असोज ७, २०८१ सोमबार
श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपतिलाई अध्यक्ष प्रचण्डको बधाई
असोज ७, २०८१ सोमबार
झापामा दुर्गा प्रसाईंका समर्थकद्वारा मालबाहक ट्रकमा आगजनी
असोज ७, २०८१ सोमबार
हिजबुल्लाहविरुद्ध आवश्यक कारवाही गर्न तयार छौं : नेतान्याहु
असोज ७, २०८१ सोमबार
विरोधको डरले न्युयोर्कमा प्रधानमन्त्री ओलीको अन्तरक्रिया कार्यक्रम स्थगित
असोज ७, २०८१ सोमबार
नेपाली कागज उद्योग सञ्चालन भएपछि लोक्ताको सदुपयोग
असोज ७, २०८१ सोमबार