स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा राजश्वको छापा, करोडौंको अवैध कपडा गोदाममा सिल
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार १३:५१:०
१८ मंसिर, विराटनगर । राजश्व अनुसन्धान कार्यालय सुनसरी इटहरीले राजश्व छली गरेको आशंका गर्दै विराटनगर महानगरपालिका वडा ११ मा रहेको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा छापा मारेको छ । राजश्व अनुसन्धान विभाग पुल्चोकबाट खटिएको टोलीले कपडाको कारोबार गर्ने सप्लायर्सको गोदाममा भन्सारबाट आयात परिमाण भन्दा बढी मालवस्तु आयात गरी स्टोर गरिएको भन्ने सूचनाका आधारमा उक्त सप्लायर्समा छापा मारेको हो ।
सबै गोदाम सिल गरी भारतबाट आयात गरि राखिएका सटिङ्गसुटिङका कपडासहित विभिन्न जातका कपडाहरू गोदाममा भएकाले गोदाम सिल गरी गणना गरिने जानकारी राजश्व अनुसन्धान कार्यालय इटहरीले बताएको छ । राजस्व अनुसन्धान इकाई कार्यालय इटहरीका प्रमुख अनुसन्धान अधिकृत सुरेश आचार्यका अनुसार भन्सार छली गरेर मालवस्तु स्टक भएको आशंकाका आधारमा विभागको टोलीले अनुसन्धान सुरु गरेको जानकारी दिएका छन् ।
भन्सार छलीका मालवस्तु स्टक हुने गरेको सूचनाका आधारमा विभागको टोलीले आयात परिमाण, खरिद–बिक्री खाता र स्टक परिमाणको अध्ययनसँगै कागजातका आधारमा स्टक गणना समेत गरेपछि मात्रै यथार्थ पत्ता लाग्ने भएको छ । स्वस्तिका ट्रेड एण्ड सप्लायर्सका संचालक सञ्जित भगत कपडाको आयात गर्नेदेखि भन्सार क्लियरिङ्ग एजेन्टसमेतको आफैंले काम गर्ने गरेका छन् ।
विराटनगर भन्सारका तत्कालीन प्रमुख भन्सार अधिकृत शिव भण्डारीको कार्यकालमा यिनै भगतले नक्कली कागजात बनाएर भन्सार एजेन्टको परीक्षामा समेत सहभागी भई परीक्षा उत्तीर्ण गरेपछि सम्बन्धित भन्सार एजेन्टले आफूले सिफारिस नै नगरी आफ्नो फर्मको कागजात पेश गरी भन्सार एजेन्टको परीक्षा दिएको रहस्य खुलेको थियो । उक्त रहस्य खुल्ने बित्तिकै सम्बन्धित भन्सार एजेन्टले भन्सार विभागमा उजुरी दिएपछि सञ्जित भगतले भन्सार एजेन्ट पास गरेको भएतापनि उनलाई कार्वाही गर्दै अन्तर्वार्तामा सहभागी नै गराइएको थिएन । तिनै भगतले संचालन गर्दै आएको स्वस्तिका ट्रेड एण्ड सप्लायर्समा अहिले राजश्वले छापा हानेको हो । उनी पटक पटक राजश्वको कार्वाहीमा समेत पर्दै आएका छन् ।
यता राजश्वले छापा हानेपछि भगतले आफूले ठूलो परिमाणमा मालवस्तु आयात गरेकोमा अनावश्यक रुपमा राजश्व अनुसन्धानले दुःख दिने हिसाबले बारम्बार छापा मार्ने गरेको आरोप सञ्चालक सञ्जित भगतको छ । राजश्व तिरेर औपचारिक बाटोबाट १० करोडभन्दा बढी मूल्यको मालवस्तु भित्र्याएर स्टक गरिएको उनको दावी भएतापनि उनी कोशी प्रदेश कै लागि कपडा आयात गर्नेको अग्रपंक्तिमा रहेका छन् । उनी धेरै पटक प्रहरीदेखि राजश्व अनुसन्धानसम्म पुगिसकेको हुँदा यसपटक पनि भगतले उन्मुक्ति नै पाउने चर्चा समेत सुरु भएको छ । कपडा खेलाडीका रुपमा रहेका भगतलाई यसपटक राजश्वले कस्तो कार्वाही गर्दछ, त्यो भने हेर्न बाँकी नै रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यायाधीश सुवेदी र शर्माको इजलासमा पर्यो कोशी सरकारविरुद्धको रिट
जेठ १६, २०८१ बुधबार
कोशी सरकारविरुद्धको रिटमा सर्वोच्चले कस्तो गर्ला आदेश
जेठ १६, २०८१ बुधबार
कोशी प्रदेशमा गणतन्त्र दिवस मनाइयो
जेठ १५, २०८१ मंगलबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
नेपालबहस संवाददाता
जेठ १५, २०८१ मंगलबार
लण्डनमा नेपाली दाजुभाइको 'स्क्वीज्ड' नामको नयाँ रेष्टुरेन्ट संचालनमा
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १६, २०८१ बुधबार
हेलमेट डाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने
जेठ १६, २०८१ बुधबार
सोलार प्यानल र आसपासको बस्ती
जेठ १६, २०८१ बुधबार
बिरुवामा नेपाली सेनाको दुईदिने निःशुल्क स्वास्थ्य शिविर
जेठ १६, २०८१ बुधबार
तनहुँको खैरेनीटार जोड्ने सडकको स्तरोन्नती गर्दै निर्माण सुरु
जेठ १६, २०८१ बुधबार
केजरीवालले अन्तरिम जमानत लम्ब्याउन गरेको निवेदन सर्वोच्चद्वारा अस्वीकार
जेठ १६, २०८१ बुधबार
मर्मतपछि इँवा खोला जलविद्युत आयोजना पुन संचालनमा
जेठ १६, २०८१ बुधबार