देउवाको नेतृत्व हस्तान्तरण ०८२ कि ०८४ को आम चुनावपछि ?
केदार भट्टराई (काका)
मंसिर १८, २०८० सोमबार २०:३२:२६
१७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा नेतृत्व हस्तान्तरको विषयमा लामै बहस भइसकेको छ । सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व चलाउन नसकेको भनेर उनीभन्दा पछिका सबै नेताले भनिरहेकै छन् । कांग्रेसको नेतृत्व हस्तान्तर गर्ने मनस्थितिमा देउवा पनि देखिएका छन् । उनले बुटबलमा कांग्रेसको पहिलो प्रदेश अधिवेशनमा पनि अब नेतृत्व पछिल्लो पुस्तामा आउन लागेको भनेर भाषण गर्न जति सजिलो पार्टी चलाउन नहुने बताए ।
उमेरले पनि देउवा पुन नेतृत्वको चाहनामा देखिएका छैनन् र अहिलेसम्म आफूपछि यसलाई नेतृत्वमा पुर्याउनुपर्छ भनेर तयारी अवस्थामा बसेको पनि देखिएको छैन् । उनी नेतृत्व हस्तान्तरका लागि तयार छन् । तर, ०८२ कि ०८४ को आम चुनावपछि भन्ने प्रश्न गहन रुपमा उठेको छ यतिबेला । कांग्रेसको नियमित समयमा महाधिवेशन नहुने परम्परा पनि छ । एक वर्ष थपेर ८४ को आम चुनावसम्म जाने पक्षमा देउवा नजालान भन्न सकिन्न ।
देउवापछि कांग्रेसको नेतृत्व दोस्रो कि तेस्रो पुस्तामा ? यो पनि प्रश्न उठिरहेको छ । तेस्रो पुस्तामा नेतृत्व ल्याउन अहिलेका महामन्त्री गगन थापा कस्सिएकै छन् । कांग्रेसकै कतिपयले उनको यो चाहनालाई मन पराएका छैनन् । गगनको चाँडै अगाडी बढ्ने आकांक्षाले यसअघि गगन भनेर बढेको चाम धेरै घटिसकको छ । बचेको चामलाई पनि उनले आउँदो महाधिवेशनसम्म कायम राख्न सक्छन कि सक्दैनन । त्यो उनका ब्यवहार र कार्यकर्ताको विचारमा भरपर्छ । तर, कांग्रेसमा वडादेखि सभापति देउवासम्म अब नेतृत्व परिवर्तन हुन्छ भन्ने मनस्थितिमा छ ।
गएको महाधिवेशनमा देउवासंग पराजित भएका कांग्रेस नेता डा शेखर कोइराला यतिबेला कांग्रेसको नेतृत्व लिने होडमा छन । उनको सुरुदेखिकै मिसन सभापतिका लागि छ । एक हिसावले हेर्ने हो भने कांग्रेसको ठूलो तप्काले कोइराला नै अवको सभापति हुन भनेर हिड्न थाली सकेका छन् । उनले अहिले नेतृत्व गरिरहेको समूहले त भन्ने भैगो । तर, एक पटक बचन दिएका महामन्त्री गगन थापाको कोइरालालाई सभापति बनाउने भन्दा आफै लडेने चाहना बढेर गएको देखिन्छ । गगन यो चहानप्रति कांग्रेसको ठूलो जथ्था सहमत छैन् ।
पार्टी रुपान्तरणको मुद्दा बोकेर शेखर कोइराला पक्षका नेता जिल्ला–जिल्लामा पुगिरहेका बेला केन्द्रमा भने सभापति शेरबहादुर देउवा र नेता कोइरालाबीच निकटता देखिएको छ । महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरुले देउवाबाट पार्टी नचल्ने भनिरहेका बेला शेखरको पछिल्लो भूमिकाले विपक्षी खेमालाई झस्काएको छ । यतिमात्र हैन, आगामी सभापतिको रुपमा आफूलाई उभ्याएका कोइरालाप्रति देउवालचक बनरिहेका पनि छन ।
पार्टीको हैसियतमा कोइराला एक नेता र समान्य सांसद मात्र हुन । तर, कोइरालालाई देउवाकै चाहाना अनुसार उनीपछिको सीट मिल्न थालेको छ । बरिष्ठको मान्यता नदिएरै पनि देउवाले आफूपछिको नेता शेखर कोइराला हो भनेर विभिन्न मञ्चमा देखाइरहेका छन् । लुम्बनीमा पनि शेखर देउवापछिको नेताको आशनमा थिए । देउवाले हतार गरेर अगाडीनै बोलेर हिँडे पनि प्रमुख अतिथिको रुपमा शेखले नै कार्यक्रमको समापन गरे । एक हिसावले अहिले कांग्रेसका सोलोडोलो नेताको विचार हेर्दा कोइराला नै आगामी पार्टी सभापति हुन् भन्ने छाप बनिसकेको छ ।
सभापति देउवाले दुई वर्षअघि १४ औं महाधिवेशनमा आफैँसँग पराजित कोइरालालाई २५ औं वरीयताबाट बढुवा गर्दै वरिष्ठ नेताको हैसियत दिन खाजेको कति पय कांग्रेसीको बुझाई पनि छ । आफूलाई दोस्रो नेता मानिरहेका गोपालमान श्रेष्ठले पनि मुख खोलेर देउवालाई भन्न सकिरहेका छैनन् । आम कांग्रेस कार्यकर्ताको चाहना गोपालमान पार्टीको वरिष्ठ नेता बनुन भन्ने नभएकाले पनि देउवा शेखरलाई बनाउने सोचमा देखिन्छ । आफू पक्षका नेतामा आगामी सभापति बन्ने र बनाउन सकिने माहोला नदेखेका देउवाले पत्नी आरजुलाई पछाडी राखेर शशांक कोइरालाई अगाडी बढाउछन कि भन्ने आशंका पनि धेरैमा छ ।
त्यसो त पार्टीको विपक्षी खेमालाई कमजोर बनाउन माहिर खेलाडी मानिन्छन् देउवा । १३ औं महाधिवेशनसम्म आफ्ना कट्टर प्रतिस्पर्धी रामचन्द्र पौडेललाई १४ औं महाधिवेशनमा मौन समर्थकदेखि संसदीय दलको नेता चयनमा प्रस्तावक बनाउनु देउवाको रणनीतिक जित थियो । पार्टी सञ्चालनमा सभापति देउवाको कार्यशैलीप्रति शेखर कोइराला विस्तरै मौन हुन थालेका छन् । उनी चुप रहेकामा कोइराला खेमामा असन्तुष्टि पनि छ । महामन्त्रीहरुसँग अब शेखरको सम्बन्ध कस्तो रहला ? देउवा र कोइरालाको मेलले पार्टीलाई कता लान्छ ? यी आम प्रश्न शेखरको मौनताले उठाएको छ ।
अघिल्लो निर्वाचनमा पराजित भएपछि कांग्रेसमा दूरदर्शी र चलायमान नेतृत्वको खोजी जारी नै छ । महामन्त्री विश्वप्रकाश शर्माले सिधै कोइरालाप्रति मुख खोल्न नसेककाले पनि उनले आगामी पार्टीको सभापति पार्टी र देश बुझेको हुनपर्छ भनेका छन् । आउँदो महासमिति बैठकले पार्टी सभापति कस्तो हुनुपर्छ भन्ने कुरामा छलफल गर्नुपर्ने उनको भनाइ छ । यसैले यस महाधिवेशनबाट आउने नेतृत्वले शाख ब्युँत्याउने अपेक्षा कार्यकर्ताको छ भन्ने कुरा कोइरालाले पनि बुझेको हुनुपर्छ ।
कांग्रेसका केहि गौरवपूण इतिहास पनि छन् । राणा शासनको अन्त्यदेखि संविधानसभाबाट संविधान जारी गर्दासम्मका सबै प्रमुख परिवर्तनमा नेतृत्वदायी भूमिका खेलेको कांग्रेसबाट जनताले पनि विकास, सुशासन र समृद्धिको अपेक्षा राखेका छन् । यतिमात्र हैन अन्तर्राष्ट्रिय जगतले पनि कांग्रेसको नेतृत्वमा महत्व राख्दछ । अन्तर्राष्ट्रिय रुपमा निचिएको र भरपर्दो नेतालाई कांग्रेसले सभापति बनाओस भन्ने मुलुकबाहिरको चाहनाले पनि केहि रोल खेलेको हुन्छ ।
तल्लो तहदेखि नै संस्थापन र इतर समूहबीच कडा प्रतिस्पर्धा हुने भएकाले केन्द्रीय निर्वाचन रोचक हुन्छ । नेतृत्वबाट बिदाई लिन खोजिरहेका सभापति देउवा आफैंमा शक्तिशाली हुन् । उनको शक्ति आउने सभापतिलाई आवश्क पर्छ । तल्ला तहमा भएको अधिवेशनलाई प्रभावित बनाउन पनि सभापतिका लागि दावी प्रस्तुत गरिरहेका कोइराला देउवासँग ठूलो जोखिम मोल्न तयार नदिएको हुनुपर्छ । अर्को तर्फ कांग्रेसभित्र कांग्रेसलाई सुधार गर्न र कांग्रेससँग बाहिरको समुदायलाई पनि जोड्न कोइराला नै नेतृत्वमा आउनुपर्ने धेरैको चाहना देखिन्छ ।
पछिल्लो समय कांग्रेसलाई समयानुकूल सुदृढीकरणमा मुख्य जोड दिँदै पार्टीका विधान र कार्यशैलीका बारेमा कोइरालाले पार्टीका आन्तरिक छलफल, सञ्चार माध्यममा प्रश्न उठाउँदै आएका छन् । विधि र विधानलाई शतप्रतिशत लागू गर्दै नेतृत्वदेखि आमकार्यकर्तासम्म सभ्य, सु-सस्कृत र सक्षम कार्यशैलीलाई अवलम्वनमा प्रतिबद्धता व्यक्त गर्दछन ्। कानुनी राज्यको परिपालनाका लागि पार्टीको विधान र संविधानभन्दा बाहिर गएर गरिएका कुनै पनि कार्य वैध हुन सक्दैनन् भन्ने उनको दृढ संकल्प देखिन्छ । यो उनका सभापति बन्ने प्रक्रियाका कुरा भए । तर, सभापति देउवाले समयभित्रै नेतृत्व हस्तान्तरण गर्लान या नगरे कोइरालालाई कस्ता प्रभाव पर्छ भन्ने कुरा अझै महत्वपूर्ण छ ।
०७९ मा गठबन्धन गरेर भएपनि कांग्रेसलाई संसदमा पहिलो पार्टी बनाउन सकेकोमा देउवा निकै खुसी छन् । ०८४ मा पनि यो काम गरेर नेतृत्वबाट विदा लिन पाए हुन्थ्यो भन्ने अधिक चाहना उनमा छ । विधानअनुसार एक वर्ष समय थपेर फेरी विशेष परिस्तिथि देखाएर ६ महिना थप्दा स्थानीय निर्वाचनको माहोल बनिसकेको हुन्छ । निर्वाचनको माहोल सुरु भएपछि पार्टीको महाधिवेशनमा कांग्रेस लाग्ने कुरा आउँदैन । यसर्थ खासमा कांग्रेसको महाधिवेशन ०८५ मा पुग्न सक्छ ।
केदार भट्टराई (काका)
नेपालबहस डटकमका कार्यकारी सम्पादक केदार भट्टराई दुई दशकदेखि नेपाली पत्रकारितामा क्रियाशील छन् । भूगोल साप्ताहिकबाट पत्रकारिता शुरु गरेका पत्रकार भट्टराईले साप्ताहिक विमर्श, देशान्तर, रेडियो नेपाल वाणी नेटवर्कमा काम गरिसकेका छन् । भट्टराईले आर्थिक, राजनीतिक, भ्रष्टाचार एवं विकृति र विसंगतिका विरुद्ध तीखो कलम चलाउँदै आएका छन् ।
लेखकबाट थपअध्यादेश ‘फास्ट ट्रयाक’बाट पारित गर्ने मन्त्रिपरिषद्को निर्णय
माघ १५, २०८१ मंगलबार
मलाई पशुपतिको सुन खायो भनियो तर उप्काएर छानबिन गर्दा पनि केही कैफियत भेटिएन्ः ओली
माघ १५, २०८१ मंगलबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफमा विशेष छुट
माघ १५, २०८१ मंगलबार
देशव्यापीरूपमा १६ लाख किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै, खोपदूतमा मनिषा कोइराला
माघ १५, २०८१ मंगलबार
स्वास्थ्य सेवा ऐनमा नर्सिङ पेसाको हकहित समेटिन्छ : स्वास्थ्यमन्त्री पौडेल
माघ १५, २०८१ मंगलबार
बङ्गलादेशद्वारा ‘डाटा केन्द्र’ स्थापना गर्न एडिबीसँग सम्झौता
माघ १५, २०८१ मंगलबार