नेपालमा हरेक दिन थपिन्छन एचआईभी संक्रमित
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार १६:१७:१३
मोहम्मद हबिब
१८ मंसिर, भैरहवा । नेपालमा दैनिक एक जनामा एचआईभी संक्रमण हुने गरेको छ । ३६औं विश्व एडस दिवसको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीले प्रस्तुत गरेको तथ्याङक अनुसार श्रमका लागि भारत गई संक्रमित हुने, संक्रमितले असुरक्षित रुपमा यौनसम्पर्क राख्ने, जन्मिएको सन्तानमा संक्रमण सर्ने, लागु औषध सेवन लगायतबाट दैनिक रुपमा एक जनामा संक्रमण फैलिरहेको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयले दिएको तथ्याङक अनुसार नेपालमा सन् २०२२ को अन्त्यमा ३० हजार व्यक्तिहरुमा एचआईभी संक्रमण देखिएको अनुमान गरिएकोमा हरेक दिन १ जनामा एचआईभी संक्रमण हुन्छ भन्ने अनुमान रहेको छ ।
सन् २०२२ मा ४८८ नयाँ संक्रमित भएको छ जुन २००० को तुलनामा घटेको हो । नेपालमा २०२२ मा ३४४ जनाको एचआईभी संक्रमितको मृत्यु भएको थियो ।
नेपालमा सन् २०२० को तथ्याङक अनुसार ३० हजार ३ सय जना अनुमानित संक्रमित रहेको मध्ये ४० प्रतिशत महिला छ ।
संक्रमित मध्ये पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष तथा तेस्रो लिङगी ९ प्रतिशत, यौनकर्मीका ग्राहकहरु ९ प्रतिशत, पुरुष यौनकर्मी ३ प्रतिशत, सुईद्वारा लागु औषध प्रयोग गर्ने व्यक्ति २ प्रतिशत र महिला यौनकर्मी २ प्रतिशत रहेको तथ्याङक छ । रुपन्देहीमा गत आर्थिक वर्षमा ४५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ महिला, २६ पुरुष र १ जना अन्य रहेको कार्यालयले जानकारी दिएको छ ।
सन् २०२२ को अन्त सम्म नेपालमा २३ हजार २ सय ९३ संक्रमितहरुले एन्टीरेट्रोभाइरल ९एआरभी० उपचार लिईरहेका छन् र अनुमानित कुल एचआइभी संक्रमित मध्ये ७८ प्रतिशत मात्र एआरभी उपचारमा रहेका छन ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आ.व. २०७९–०८० मा रुपन्देहीमा कुल १ हजार ७ सय ४८ जनामा एचआइभी संक्रमण देखिएको छ । संक्रमित सबैले उपचारका लागि एआरटी सेवा लिइरहेको एचआइभी रोकथाम कार्यक्रमका फोकल पर्सन रिसभ श्रेष्ठले बताए ।
यस्तै कपिलबस्तुमा ५ सय ६१, बाँकेमा ५ सय ५६, दाङमा ३ सय ९४, पाल्पामा ३ सय ४१, नवलपरासी (पश्चिम) ३ सय १७, गुल्मी १ सय ९९, बर्दिया १ सय ७५, अर्घाखाँची १ सय ३२, प्युठान १ सय २९ र रोल्पामा ४६ संक्रमित छन ।
लुम्बिनी प्रदेशमा गत वर्ष १ लाख ३० हजार गर्भवती महिलामा एचआईभी परीक्षण गर्दा १७ जना संक्रमित फेला परेको फोकल पर्सन श्रेष्ठले भने ।
राष्ट्रिय एचआईभी रणनीतिक योजना (सन् २०२१–२०२६) सन् २०३० सम्ममा एड्सको माहामारीलाई अन्त्य गर्न शुन्य एचआइभी संक्रमण, शुन्य एड्स मृत्यू, शुन्य एचआईभी सम्बन्धि भेदभावको लक्ष्य तथा प्राथमिकताको कार्यक्रम राखेको छ ।
सन् २०२६ सम्म एचआईभीको आमाबाट बच्चामा हुने सङ्क्रमणको उन्मुलन गर्ने लक्ष्य छ । रणनीति योजनाले २०२६ सम्म संक्रमित मध्ये ९५ प्रतिशतको पहिचान गर्ने, संक्रमण पुष्टि भएका ९५ प्रतिशतको उपचार गर्ने, एआरटी सेवा लिइरहेका मध्ये ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हासिल गर्ने, नयाँ एचआइभी संक्रमणलाई ९० प्रतिशतले कम गरी आमाबाट बच्चामा एचआईभी संक्रमण निवारण गर्ने उद्देश्य रहेको छ ।
समाजमा अझै पनि एचआईभी संक्रमितप्रति अझै पनि लान्छना, विभेद र उनीहरुप्रति हुने दुव्र्यवहारका कारण अन्य बिरामीजस्तै खुलेर देखिन नसक्दा एचआईभीको रोकथाम तथा नियन्त्रणका लागि चुनौती रहेको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले भने ।
संक्रमित सही समयमा चेकजाँच र औषधी उपचारको लागि सम्पर्कमा नआउँदा चुनौति बढ्दै गएकोे हो ।‘समाजमा उनीहरुप्रति हुने विभेद र लान्छनाका कारण अझै पनि एचआइभी संक्रमितहरु अन्य रोगका बिरामी जस्तै खुलेर उपचारका लागि आउन सकेका छैनन् ।
एचआईभी रोकथाम तथा नियन्त्रणका लागि संक्रमितको पहिचान गर्न विभिन्न माध्यम अपनाउनु परेको छ’, ढकालले भने, ‘उपचारमा आउने संक्रमितहरु पनि समाजिक विभेद, लान्छना र दुव्र्यवहारबाट पीडित भएको बताउने धेरै छन् ।’
भाइरल लोड परिक्षण र उपचारमा कठिनाई समेत भएको प्रमुख ढकालले भने । नमुना लिएर केन्द्रमा रहेको प्रयोगशाला पठाउनु पर्छ, नजिकै भए सहजता हुने उनले भने ।
एचआइभीप्रति चेतनाको कमी, बैदेशिक रोजगारीको क्रममा विभिन्न देशमा हुने आवतजावत, स्वदेशमैंं पनि रोजगारी तथा मजदुरीका लागि विभिन्न स्थानमा हुने स्थानान्तरण, यौनकर्मी, सुईबाट लिइने नशालु पदार्थको प्रयोग र असुरक्षित यौन सम्पर्कका कारण एचआइभीको संक्रमण हुने गर्छ । संक्रमित गर्भवतीबाट बच्चामा पनि हुने संक्रमणपनि अर्को मुख्य कारण हो ।
पछिल्लो समयमा एचआईभीको संक्रमण र मुत्यू दर छटेर गइरहेको तथ्याङ्कले देखाएको छ । कार्यालय प्रमुख ढकालले एचआईभी संक्रमित भैसकेकालाई उपचारको माध्यमबाट आयु लम्ब्याउने र नया संक्रमित हुन नदिन गर्भवती महिलाको जाँच गरेर सकेसम्म बच्चामा संक्रमण हुन नदिने र बच्चा आमाबाट संक्रमित भएर जन्मिमा पनि उपचार र औषधिको प्रयोग गराएर स्वस्थ राख्ने योजना रहेको बताए ।
आर्थिक वर्ष २०७९/०८० मा लुम्बिनी प्रदेशमा २ लाख ३ हजार १ सय १६ जनामा परिक्षण गरिएकोमा ६ सय २२ जनामा संक्रमण देखिएको थियो ।
नेपालमा औषधीको पहुँच बढाउनका लागि ८५ एआरभी केन्द्र तथा ४६ एआरभी डिस्पेन्सिङ् नेन्द्रहरु गरी ४१ वटा जिल्लामा अवस्थित रहेको र १३ वटा भाइरल लोड परीक्षण केन्द्रहरू रहेका छन । लुम्बिनी १५ वटा एआरटी केन्द्रहरु रहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडेङ्गी नियन्त्रणका लागि लार्भा नष्ट गर्न विषादी छर्किन सुरु
कात्तिक २८, २०८१ बुधबार
पाठेघरको मुखको क्यान्सरबाट जोगाउन १६ लाख किशोरीलाई निःशुल्क खोप लगाइने
कात्तिक २८, २०८१ बुधबार
मधुमेहपीडितमा डायबेटिक रेटिनोपेथीको जोखिम
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार