गभर्नरद्वारा कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर
नेपालबहस संवाददाता
मंसिर १८, २०८० सोमबार २०:२६:५८
१८ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले महत्वपूर्ण पाँच विभागका कार्यकारी निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । केहि दिन अघि उनले डेपुटी गभर्नरहरुको जिम्मेवारी हेरफेर गरेका थिए । आगामी आइतबारदेखि लागु हुने गरी कार्यकारी निर्देशकको जिम्मेवारी फेरीएको हो ।
यससँगै, बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख डा. गुणाकर भट्टले भुक्तानी प्रणाली विभागको जिम्मा पाएका छन् । नियमन विभागको जिम्मा भने भुक्तानी प्रणाली विभागका गुरुप्रसाद पौडेलले पाएका छन् ।
हाल मानव संशाधन तथा जनशक्ति व्यवस्थापन विभागमा कार्यरत तुलसीप्रसाद घिमिरेले विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् । वित्त व्यवस्थापन विभाग हेर्दै आएका मुकुन्दप्रसाद क्षेत्रीले मानव संशाधन व्यवस्थापनको जिम्मा पाएका छन् ।
त्यसैगरी, हाल विदेशी विनिमय व्यवस्थापन विभागको जिम्मेवारी समाल्दै आएका रामु पौडेलले वित्त व्यवस्थापनको जिम्मेवारी पाएका छन् । केही दिनअघि अन्य कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको थियो । त्यसलगतै थप पाँचजना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको हो ।
यसअघि मुद्रा व्यवस्थापन विभागका प्रमुख नरेश शाक्यलाई सूचना प्रविधि विभागमा सरुवा गरिएको थियो । त्यस्तै उनको ठाउँमा मुद्रा व्यवस्थापन विभागमा प्रदीपराज पौडेललाई ल्याइएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आज विदेशी मुद्राको विनिमय दर
पुष २१, २०८१ आइतबार
अमेरिकी डलरको मूल्य बढ्यो, अन्य विदेशी मुद्राको भाउ कस्तो छ ?
पुष २०, २०८१ शनिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १९, २०८१ शुक्रबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
वाह्य लेखा परीक्षणपछि बाणिज्य बैंकहरुको मुनाफमा किन देखियो अन्तर
पुष २०, २०८१ शनिबार
रास्वपा केन्द्रीय समिति बैठक आज पनि
पुष २१, २०८१ आइतबार
म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटक बनाउने भीड
पुष २१, २०८१ आइतबार
पूजा महतोको कप्तानीमा यु–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा
पुष २१, २०८१ आइतबार
शीतलहरपीडितलाई सेनाको सहयोग
पुष २१, २०८१ आइतबार