भेरी बबई डाइभर्सनको गुणस्तरमा अध्यक्ष ओलीको चासो
नेपालबहस संवाददाता
मंसिर १९, २०८० मंगलबार ११:४६:२६
१९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाको गुणस्तरमा चासो देखिएका छन् । यसको अवलोकन गर्न पुगेको ओलीले अवलोकनपछि कामको गुणस्तरमा सम्झौता गर्न नहुने बताए ।
महाकाली–मेची अभियानको क्रममा मंगलबार बिहान भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेपछि उनले कामको गुणस्तरमा कम्प्रोमाइज गर्न नमिल्ने बताए । यसमा अलिकति मात्रै लापरबाही भयो भने राम्रो हुँदैन, उनले भने । उनले काममा केही ढिलो भएको भन्दै उनले यथाशीघ्र काम सम्पन्न गर्नुपर्ने बताए ।
काम जारी रहेको भन्दै ढिलोचाँडो सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । ‘हाम्रो नेपालीहरुको काममा ढिलाइ गर्ने चलन भएको छ । तर यसलाई गति दिनुपर्छ । जे होस् काम भइरहेको छ । यो सम्पन्न हुन्छ,’ ओलीले भने ।
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति जान्न चाहेर अवलोकनमा आएको उनले बताए । आयोजनाका अधिकारीहरुका अनुसार भेरी बबई डाइभर्सनको काम हालसम्म ३५ प्रतिशत सम्पन्न भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
वर्षासँगै बैतडीसहित सुदूरपहाडमा हिमपात, जनजीवन प्रभावित
मंसिर २४, २०८१ सोमबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
पर्सामा मिटर ब्याजविरुद्ध प्रहरीको कदम, ३३ बिघाभन्दा बढी सम्पत्ति फिर्ता
पुष ३, २०८१ बुधबार
आचार्य र पुनको ठाउँमा केसी र पराजुली नियुक्त
पुष ३, २०८१ बुधबार
जनकपुरलाई ८ विकेटले पराजित गर्दै एनपीएलको फाइनलमा पुग्यो सुदूरपश्चिम रोयल्स
पुष ३, २०८१ बुधबार
चन्द्रनिगाहपुर अस्पताललाई विभिन्न उपकरण हस्तान्तरण
पुष ३, २०८१ बुधबार