आयआर्जन वृद्धि गर्न विपन्नलाई बीउ वितरण
नेपालबहस संवाददाता
मंसिर १९, २०८० मंगलबार ११:४९:१४
१९ मंसिर, कञ्चनपुर । विपन्न अवस्थाका व्यक्तिहरूको आयआर्जनमा वृद्धि गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले विभिन्न बालीको मिनी किट वितरण कार्य अगाडि बढाएको छ । केन्द्रको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रमअनुसार विपन्न लक्षित वर्गलाई मिनी किट वितरण गर्न लागेको हो ।
कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक जनकबहादुर सिंहका अनुसार कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिकाका विपन्न वर्गको आर्थिकसँगै पोषणमा सुधार ल्याउने उद्देश्यले च्याउ, मकै, धान र तरकारीको बीउ वितरण भइरहेको छ ।
“च्याउ पाँच सय, गहुँ एक हजार पाँच सय, मकै पाँच सय, धान एक हजार मिनी किट वितरण गर्ने लक्ष्य राखेका छौँ”, प्राविधिक सिंहले भने, “कृष्णपुरको वडा नं ५ स्थित मुक्त कमैया शिविर र शुक्लाफाँटा नगरपालिकाको वडा नं ४ र १० मा च्याउखेतीका लागि मिनी किट वितरण गरिएको छ ।” यसअघि गहुँ र तरकारीको मिनी किट बीउ वितरण गरिसकिएको छ भने धान र मकैको मिनी किट वितरण गर्ने कार्य केही दिनपछि हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाङमा तोरीको उत्पादन बढ्दै
मंसिर १०, २०८१ सोमबार
मह बेचेर चार लाखबढी आम्दानी गर्दै रूपबहादुर
मंसिर ९, २०८१ आइतबार
‘ड्रागन फ्रुट’ बेचेर वार्षिक १५ लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने
मंसिर ११, २०८१ मंगलबार
सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँगको सम्झौतालाइ लिएर इजरायली संसदमा मतदान हुँदै
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार