मेयर कुलो,बाटो र नागरिकको घरदैलौमा भेटिन्छ : नगरप्रमुख खाँण
नेपालबहस संवाददाता
मंसिर १९, २०८० मंगलबार १३:४३:४
मणी प्रसाद अर्याल
१८, मंसिर, वालिङ । वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले आफू कुलो,बाटो र नागरिकका घर आँगनमा भेटिने बताएका छन् । नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरप्रमुख खाँणले प्रचारबाजी कामलाई छोडेर नागरिक मुखी काम गर्न आफू लगायत नगरका जनप्रतिनिधिहरू तल्लीन रहेको बताए ।
‘क्यामेराको लेन्स र पत्रिकाका पानाहरुमा छाइरहने पछिल्लो टे«ण्डलाई मैले पछ्याउन सकेको छैन । मेयर कुलो,बाटो,स्कुल र नागरिकका आँगनमा भेटिन्छ ’नगरप्रमुख खाँणले भन्नुभयो–‘हामीले उपलब्ध स्रोतसाधनको उच्चतम उपयोग गर्दै कानुन र विधिको सीमामा रहेर तपाईहरुका(नागरिकका) कामहरु गर्ने कसम खाएका छौँ र गर्छौँ पनि ।’
सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै नगरप्रमुख खाँणले बजेटको सीमितताले नागरिकका असीमित चाहनाहरूलाई सम्बोधन गर्न नसकिएको उल्लेख गर्दै आगामी दिनहरुमा बजेटको लागि नगरले प्रदेश र केन्द्र सरकारको मुख मात्र ताकिरहने प्रवृत्तिको अन्त्य गर्न ठोस योजना,आयमूलक काम र स्वरोजगारको प्रत्याभूति हुने गरी काम गरिने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह«ेले नगरलाई कृषि,पर्यटन र स्वावलम्बनमा आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गरे ।
उनले यो आर्थिक वर्षलाई कृषि वर्ष र आगामी आर्थिक वर्ष पर्यटन वर्षको रुपमा योजना बनाएको उल्लेख गर्दै नागरिकको समृद्धि अब कृषि र पर्यटनबाट मात्रै संभव भएको स्पष्ट पारे।
स्वरोजगारको लागि आवश्य बजेट र अवसरको नगरले सिर्जना गर्ने उल्लेख गर्दै नगर उपप्रमुख तिवारीले ग्रामिण तहका नागरिकहरूलाई स्थानीय उत्पादनको लागि खटेर लाग्न अनुरोध गरिन्। ‘युवाहरू विदेशिने र बच्चा पढाउने नाममा महिलाहरूले गाउँ छाडेर शहर पस्ने प्रवृत्तिले गाउँ रित्तिएको छ ,यो देख्दा अत्यन्त पीडा लाग्छ, अब गाउँलाई उत्पादनले सिँगार्ने हो’ उपप्रमुख तिवारीले भनिन–‘गाउँमा उत्पादन भएका पसलहरूलाई बजारको ग्यारेन्टी अब नगरपालिकाले गर्दछ ।’
कार्यक्रममा २०८० श्रावण महिनादेखि कात्तिक मसान्तसम्मको गतिविधि सार्वजनिक गर्दै नगरपालिकाले जम्मा १७.५५ प्रतिशत खर्च भएको जानकारी दिएको छ । हालसम्म ३८ करोड ४१ लाख निकासा भएकोमा जम्मा १७ करोड ४४ लाखको काम हुँदा जम्मा १७.५५ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले सार्वजनिक गरे ।
शर्माका अनुसार कूल ५ सय ५४ योजनामध्ये ५ सय ४४ वटा योजना सम्झौता हुन बाँकी छन् । सम्झौता गरिएका १० योजनामध्ये २ वटा योजनाको भुक्तानी दिएको छ । पहिलो चौमासिकमा स्वास्थ्य सम्बन्धी गतिविधि प्राथमिकतामा परेको कार्यक्रममा उल्लेख गरिएको छ । स्वास्थ्यका क्षेत्रमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा र नगरपालिकाबीचको दुई पक्षीय सम्झौता तथा अभिमुखिकरण, बिभिन्न मितिमा मासिक समीक्षा बैठक, सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा सम्बन्धी महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई अभिमुखीकरण गरिएको छ ।
यसैगरी सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा सम्बन्धी जनप्रतिनिधी, अधिकृत, सामुदायिक नर्स र स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरणलगायतका कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ । वडा नम्वर वडा नम्वर ९ र १३ मा क्षयरोगीसँग अन्तक्रिया तथा क्षयरोगमुक्त स्थानीय तह घोषणा अभियान अन्तर्गत वडास्तरीय माइक्रो प्लानिङ भएको उल्लेख गरिएको छ ।
यस्तै नगरपालिका भित्रका १२ वटा स्वास्थ्य भवनहरुको उद्घाटन एवम् विद्युतीय स्वास्थ्य व्यवस्थापन प्रणालीको कायृक्रमको शुभारम्भ, घरहरुमा नम्वर प्लेट राखी तथ्याङ्क सङ्कलनलगायत स्वास्थ्य सम्बन्धी १७ वटा गतिविधी भएका कार्यक्रम मार्फत जानकारी गराइएको छ ।
यसैगरी शिक्षामा विद्यालय शिक्षा सुधार सम्बन्धित वृहत अन्तक्रिया, शिक्षक दरबन्दी मिलानलगायत ६ वटा गतिविधि नगरपालिकाले सम्पन्न गरेको जनाएको छ । कतिपय योजनाहरु पहुँचको आधारमा पर्ने गरेका, कृषक पहिचान र अनुदान सहयोग सन्तोषजनक नरहेको, कृषि सडकले प्राथमिकतामा नपारिएको, कृषि उपजको बजारीकरणमा नगरपालिकाले जिम्मा लिनुपर्ने, शैक्षिक सुधारका काम बोले अनुसार हुन नसकेको लगायतका गुनासाहरू सहभागीहरूले राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगाउँ छिर्दा र बाहिरिँदा खोलेको तगारो नलगाए जरिवाना तिर्नुपर्ने
जेठ १३, २०८१ आइतबार
गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप
जेठ १२, २०८१ शनिबार
निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार