म्याग्दीमा धान र कोदो उत्पादन बढ्यो
नेपालबहस संवाददाता
मंसिर १९, २०८० मंगलबार १५:४४:३०
१८ मंसिर, म्याग्दी । म्याग्दीमा यसवर्ष धान र कोदोको उत्पादन बढेको छ । गत वर्षको तुलनामा धान उत्पादन चार दशमलव ३४ प्रतिशत र कोदो उत्पादन शून्य दशमलव ६५ प्रतिशतले उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
अनुकूल मौसम, रोगकीराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा धान र कोदो उत्पादन बढेका केन्द्र प्रमुख सञ्जीव बाँस्तोलाले बताए । गतवर्ष म्याग्दीमा तीन हजार दुई सय ५० मेट्रिकटन कोदो र ११ हजार नौ सय २९ दशमलव ३३ मेट्रिकटन धान उत्पादन भएको थियो ।
केन्द्रका प्राविधिक सहायक सम्झना आचार्यले यसवर्ष प्रतिहेक्टर धानको उत्पादकत्व तीन दशमलव दुई र कोदोको उत्पादकत्व एक दशमलव दुई मेट्रिकटन भएको जानकारी दिए । तीन हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा १२ हजार चार सय ४८ मेट्रिकटन धान र दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा तीन हजार तीन सय मेट्रिकटन कोदो उत्पादन भएको उनको भनाइ छ ।
“जिल्लाका विभिन्न ठाउँमा गरिएको धान र कोदो बालीको क्रप कटिङ विधिबाट उत्पादनको अवस्थाका विषयमा अध्ययन गरेका थियौँ”, आचार्यले भने, “धान र कोदो दुवैको उत्पादकत्व बढेको छ ।” यहाँ गौरी, जेठो बुडो, जर्नेली, पहैँले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती गर्ने गरिएको छ ।
लेकाली क्षेत्रका किसानले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती हुन्छ । कोदो भने स्थानीय जातको खेती हुनेगर्छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसो क्षेत्रमा धान खेती हुन्छ । जिल्लाको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भुरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धानखेती हुँदै आएको छ ।
यी क्षेत्र धान उत्पादनका हिसाबले पकेटक्षेत्र मानिन्छन् । धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान उत्पादन हुँदैन । म्याग्दी जिल्लामा कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्रै खेती गरिएको छ । खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन छ । यसमध्ये १६ सय ८० हेक्टरमा बाह्रैमहिना सिँचाइ हुन्छ भने भमर हजार तीन सय ३३ हेक्टरको जमिनमा मौसमी सिँचाइ हुने गरेको छ ।
(((
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार
असोज ६, २०८१ आइतबार
चार युवा मिलेर सुरु गरे व्यावसायिक बेसारखेती
असोज ६, २०८१ आइतबार
मध्यविन्दुमा फोहोरबाट जैविक मल उत्पादन सुरु
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
रवि आजै पक्राउ नपर्ने, चीन गएका नेताहरु फर्किदै, प्रहरीले पुरक अभियोजन गर्ने
असोज ७, २०८१ सोमबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी
असोज ७, २०८१ सोमबार
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
असोज ७, २०८१ सोमबार
काभा क्लब च्याम्पियनसिप जितेर स्वदेश फर्कियो पुलिस
असोज ७, २०८१ सोमबार
स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म
असोज ७, २०८१ सोमबार
धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नति सुरु
असोज ७, २०८१ सोमबार