गुल्मीमा यसवर्ष सुन्तला उत्पादन घट्यो
नेपालबहस संवाददाता
मंसिर १९, २०८० मंगलबार १६:४२:४३
१९ मंसिर, गुल्मी । गुल्मीमा यसवर्ष सुन्तला उत्पादन घटेको छ । गत वर्षको तुलनामा यसवर्ष तीन सय ६६ मेक्ट्रिन टन सुन्तला उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ ।
गतवर्ष जिल्लामा छ हजार नौ सय ३८ दशमलव चार मेक्ट्रिक टन सुन्तला उत्पादन भएको थियो भने यसवर्ष छ हजार पाँच सय ७२ दशमलव चारमेक्ट्रिक टन मात्रै उत्पादन भएको कृषि ज्ञान केन्द्र, गुल्मीले जनाएको छ । गतवर्ष गुल्मीमा रु २९ करोड ३७ लाख दुई हजार चार सय ७२ को सुन्तला उत्पादन भएकोमा रु १३ करोड २१ लाखको निर्यात भएको थियो भने यस वर्ष रु २३ करोड ७८ लाख ५५ हजार एक सय ५६ बराबरको सुन्ताला उत्पादन भएकोमा रु १२ करोड ८४ लाखको मात्रै निर्यात हुने अपेक्षा गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले बताए ।
यसवर्ष सुन्तलाको औषत मूल्य प्रतिकेजी रु ४८ तोकिएको छ । फल पातलो लाग्नु, दाना सानो हुनु, फल झर्नु, किसान परम्परागत खेतीमा नै निर्भर हुनु जस्ता कारणले सुन्तला उत्पादन घटेको कार्यालयले जनाएको छ ।
सुन्तला बगैँचामा मलखादको प्रयोग नहुनु, सिँचाइको अभाव, बोटबिरुवाको काँटछाँटमा ध्यान नदिनु जस्ता कारणले उत्पादनमा कमी आएको कार्यालयको भनाइ छ । जिल्लामा कूल एक हजार २७ हेक्टर क्षेत्रफलमा चार लाख १० हजार आठ सय सुन्तलाका बिरुवा छन् । जसमध्ये ६० दशमलव छ प्रतिशत बोटमा फल लागेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोरियाले नेपाललाई दिएका गाईका बाछी स्थानीयलाई उपहार
असोज ६, २०८१ आइतबार
चार युवा मिलेर सुरु गरे व्यावसायिक बेसारखेती
असोज ६, २०८१ आइतबार
मध्यविन्दुमा फोहोरबाट जैविक मल उत्पादन सुरु
असोज ४, २०८१ शुक्रबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
रवि आजै पक्राउ नपर्ने, चीन गएका नेताहरु फर्किदै, प्रहरीले पुरक अभियोजन गर्ने
असोज ७, २०८१ सोमबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
असोज ६, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई साइबर ब्यूरोबाट अदालत लगियो [ फोटो फिचर ]
असोज ६, २०८१ आइतबार
जसपा नेपालले सङ्गठन निर्माण अभियानमा खटायो पदाधिकारी
असोज ७, २०८१ सोमबार
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
असोज ७, २०८१ सोमबार
काभा क्लब च्याम्पियनसिप जितेर स्वदेश फर्कियो पुलिस
असोज ७, २०८१ सोमबार
स्त्री-२ बन्यो ६०० करोड कमाई गर्ने बलिउडको दोस्रो फिल्म
असोज ७, २०८१ सोमबार
धवलागिरिको धारापानी–झिनडाँडा सडक स्तरोन्नति सुरु
असोज ७, २०८१ सोमबार