समाचार प्रभाव : थुनामा परेका व्यक्तिसँग रकम असुल्ने बौद्ध वृत्तका हवलदार अमर क्षेत्रीमाथि कारबाही
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार ११:२८:१८
२० मंसिर, काठमाडाैं । अनुसन्धानका सिलसिलामा थुनामा परेका व्यक्तिलाई डर र धम्की देखाइ रकम असुल्न पल्केका प्रहरी वृत्त, बौद्धका हवलदार अमर क्षेत्री कारबाहीमा परेका छन् ।
विभिन्न प्रकरणमा अनुसन्धानका क्रममा हिराशतमा रहेका कैदीलाई मुद्दा शाखाका हवलदार अमर क्षेत्रीले रकम असुल्नैका लागि निकै सताउने गरेको खबर सार्वजनिक भएपछि प्रहरी परिसर, काठमाडौंले निजका क्रियाकलापमाथि छानबिन अघि बढाएको थियो । छानविनका क्रममा दोषी भेटीएपछि परीसरमा झिकाएर थप कारबाही प्रक्रिया अघि बढाइएको परिसरस्थित प्रहरी स्रोतले जानकारी दिएको छ ।
'प्रहरी निष्पक्ष हुनुपर्छ । सेवाग्राहीले विनासर्त सेवा पाउनुपर्छ । दोषीमाथि कारबाही पनि पारदर्शी ढंगबाटै हुनुपर्छ भन्ने मान्यता राख्ने एसएसपी भुपेन्द्र खत्रीको कार्यशैली अनुसार प्रहरीले प्रहरीमाथि नै शुद्धीकरण अभियान पनि चाल्न थालेको छ । पिडीतबाट गुनासो आएपछि सोही अभियान अन्तर्गत हवलदार क्षेत्री कारवाहीमा परेका हुन् । हिराशतमा रहेका थुनुवालाई एकाविहानै हिराशत कक्षबाट माथि लैजाने र विभिन्न धम्की दिँदै 'बयानमा यो हालीदिन्छु, त्यो हालिदिन्छु' भन्दै बयानपत्र देखाएजस्तो गर्दै आफ्नो माग पूरा गर्न दबाब दिने गरेको गुनासो पिडीतबाट आउन थालेपछि उनीमाथि छानविन भएको हो । एक पिडीतको गुनासो थियो, 'एकदिन होइन, दुई दिन होइन, दिनदिनै एकाबिहान माथि बोलाउने अनी उही धम्की !' पिडीतले गुनासो गरे, 'भन्नुस् न त के गरौं भन्दा ठाडै सुरु हुन्छ मोलतोल । उसको माग पूरा गर्न बाध्य ।'
बौद्ध बृत्तमा मुद्धामामिला हेर्ने शाखा अपराध अनुसन्धान शाखामा दरवन्दी भएका हवलदार अमर क्षेत्री कस्टडीमा रहेका कैदीसँग रकम असुल्न र भागवण्डा लगाउन माहिर भएकैले होला उनी त्यहाँका हाकिमका नजरमा पनि राम्रोमा गनिन्थे । स्रोतका अनुसार कैदमा रहेकाहरुबाट रकम असुल्न नजिकैको रेष्टुरेन्टमा कैदीले भनेकै मान्छेलाई भेट्ने हवलदार क्षेत्रीले लेनदेनका विषयमा कसैसँग कुनै कुरा गरेमा बयान बिगारिदिने र फसाई दिने धम्की दिने गरेको समाचार सार्वजनिक भएको थियो ।
के-कति दिनु पर्ने मोलतोल, कोबाट लिने सम्मका सबै सहमति कैदीबाट 'ओके' भएपछि मात्र नजिकैको रेष्टुरेन्टमा चिया पिउने बहानामा हवलदार अमर क्षेत्रीले कैदीले चिनाएको व्यक्तिलाई भेटेर सहमति अनुसारको 'नगदनारायण' बुझ्ने गर्छन् भन्ने कुरा पिडीतबाटै सार्वजनिक भएको हो।
एक पिडीतले आफूले ८५ हजार बुझाउनु परेको गुनासो गरेका थिए । 'डेढ लाखबाट भएको बार्गेनिड्ग एक लाखमा झर्दै गर्दा बाध्य भएर ८५ हजार दिनु पर्यो । हिराशतमा रहेको अवस्थामा अनुसन्धान गर्ने प्रहरीले नै 'यसो र उसो' भन्दै धम्क्याउन थालेपछि त्यसै डर लाग्दो रैछ, नदिऊँ झन् फसाइँ दिने हो कि ? दिऊँ त्यत्रो रकम ?' ती पिडीतको गुनासो थियो । उनका अनुसार मुद्दामामिला शाखाका सबैको एक स्वर हुँदोरैछ, रकम दिएपछिको व्यवहार नै अर्को ।
बौद्ध वृत्तका एक प्रहरी अधिकारीका अनुसार हवलदार अमर क्षेत्री यसरी रकम असुल्ने कार्यमा बदनाम छन् र पनि, हाकीमका नजरमा उनी नै प्रियपात्र देखिन्छन् । कारण बुझिनसक्नु छ । खासगरी हवलदार क्षेत्री मुद्दा मामिलाकै प्रकरणमा रहेकाहरुसँग असुलउपरमा सक्रिय देखिने उनी सिभिलीयन पोशाकमा रहने भएका कारण धरपकड प्रकरणमा पनि उनी नै खटिने गर्थे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार