आजियाटा र बेलायतको कम्पनीबीच भएको शेयर खरिद बिक्रीसम्बन्धीका कागजातहरु मगाइएको छः एनसेल
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार १३:३:५०
२० मंसिर, काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायका कम्पनी एनसेलले आफ्नो स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत शेयर खरिद बिक्रीका लागि आजियटा र यूके स्पेक्ट्रलाइटबीच भएको सहमतिका काजपत्रहरु मगाइएको जनाएको छ । एनसेले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाउँदै सो सहमतिको कागजात पत्र अध्ययनका लागि माग गरिएको जनाएको छ ।
मलेसियाको आजियटा कम्पनीले नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वस्वीकृति र जानकारीविनै एनसेलको ८० प्रतिशत शेयर बेचेर नेपाल छाड्न लागेको बारे प्राधिकरणले मंसिर १५ मा लेखेको पत्रको एनसेलले प्रतिवद्धतासहितको जवाफ पठाएको हो ।
शेयर खरिदबिक्रीबारे एनसेलले गराएको जानकारी पत्रमा बेलायतको कम्पनीसँग भएगरेका शेयर खरिद बिक्रीसम्बन्धी द्विपक्षीय सम्झौताका कागजातहरु तदारुकताका साथ सम्बन्धित पक्षहरुबाट संकलन गर्ने काम भइरहेको एनसेलले बताएको छ ।
पत्रमा एनसेलले आफूहरू कानूनको शासनमा विश्वास गर्ने जिकिर गरिएको छ । प्राधिकरणको विनियमावली बमोजिम शेयर खरिदबिक्री स्वीकृतिका लागि निवेदन पेश गरिने प्रतिवद्धता पत्रमा जनाइएको छ । प्राधिकरणले शुक्रबार एनसेल आजियटालाई पत्र लेखेर शेयर खरिदबिक्रीबारे ध्यानाकर्षण भएको जनाएको थियो ।
दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम चुक्ता पूँजीको पाँच प्रतिशतभन्दा बढी शेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था छ । तर, एनसेलले त्यस्तो अनुमति नै नलिइ शेयर बिक्री गर्ने तयारी गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
यु–१९ क्रिकेटः महिला टिमको बन्द प्रशिक्षण सुरु
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य सेवाको सुदृढीकरणका लागि सम्मेलन आयोजना गर्दै स्वास्थ्य मन्त्रालय
पुष ११, २०८१ बिहिबार
‘एआई’ शिक्षासम्बन्धी पाँचौँ संस्करणको कार्यक्रम ललितपुरमा हुने
पुष ११, २०८१ बिहिबार
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ पुस्ता
पुष ११, २०८१ बिहिबार
माझीदाईका गुनासाः दिनभरि काम गर्यो, फर्कदा रित्तै !
पुष ११, २०८१ बिहिबार
कस्तो रहला आज देशभरको मौसम ?
पुष ११, २०८१ बिहिबार