मुलुकको वर्तमान आर्थिक स्थिति सहज भएपनि आर्थिक वृद्धिको सरकारी लक्ष्य पूरा हुन कठिन छः गभर्नर अधिकारी
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार १४:३६:५३
२० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आवमा ४/५ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संघीय संसदको अर्थ समितिलाई मौद्रिक नीतिको हालसम्मको कार्यान्वयन र उपलब्धि विवरण पेस गर्दै चालू आवमा ४÷५ प्रतिशत मात्र आर्थिक वृद्धि आकलन गरिएको बताए ।
सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । आर्थिक वर्षमा पर्यटन आगमन, रेमिट्यान्सको वृद्धि र कर्जा प्रवाह बढ्न थालेका कारण ४/५ प्रतिशतको आर्थिक वृद्धि गर्न सकिने राष्ट्र बैंकको आकलन छ । गत वर्ष ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेकोमा २.१६ प्रतिशतमा खुम्चिएको थियो ।
गभर्नर अधिकारीले कात्तिकको मूल्यवृद्धिमा सुधार हुने संकेत देखिएको बताए । राष्ट्र बैंक मौद्रिक नीतिको पहिलो समीक्षाको तयारीमा रहेको भन्दै मूल्यवृद्धिमा सुधार हुने बताए । अर्थ समितिको बुधबारको बैठकमा धारणा राख्दै उनले यस्तो बताएका हुन् । असोजसम्म मूल्यवृद्धि ७.५ प्रतिशत छ । यो गत वर्षको सोही अवधिको तुलनामा एक प्रतिशत विन्दु कम हो, उनले भने, यो कात्तिकमा अझै सुधार हुने देखिन्छ ।
गभर्नर अधिकारीले मुलुकको वर्तमान आर्थिक स्थिति सहज अवस्थामा रहेको दाबी गरे । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सम्बन्धमा संक्षिप्त रिपोर्ट पेस गरेका गभर्नर अधिकारीले आन्तरिक तथा बाह्य चुनौतीका बाबजुद पनि मुलुकको वर्तमान आर्थिक स्थिति सहज रूपमा अघि बढिरहेको दाबी गरे ।
उनले चालु आर्थिक वर्षको पहिलो त्रैमासको मौद्रिक नीतिको समीक्षा प्रायः आइसकेको पनि संकेत गरे । मौद्रिक नीतिको पूर्वसन्ध्यामा गभर्नर अधिकारीले राष्ट्र बैंक मौद्रिक नीति कार्यान्वयनमा नै रहेको र आवश्यक रणनीतिहरू निर्देशन, निर्देशिकाले सम्बोधन गरिरहेको बताएका हुन् ।
असोज महिनासम्मको पछिल्लो वित्तीय रिपोर्ट अनुसार अर्थतन्त्रको बाह्य क्षेत्र सबल हुँदै गएको बताउँदै गभर्नर अधिकारीले लामो समयसम्म घटिरहेको आयात २०८० असोज मसान्तसम्म १.७ प्रतिशतले बढेकोमा कात्तिकमा आएर पुनः ३८ प्रतिशतले घटेको बताए ।
यस्तै व्यापार घाटा पनि ३३ प्रतिशतले घटेको उनको भनाइ छ । २०८० असोजसम्म विप्रेषण आप्रवाह २० प्रतिशतले बढेका कारण चालु खाता रु. ५९ अर्बले बचतमा रहेको उनको भनाइ छ । यसका साथै गत आर्षको तुलनामा विदेशी लगानीको आप्रवाह पनि बढेकोले शोधानान्तर बचत पनि २०८० असोजसम्म रु. ९९ अर्ब कायम हुन गएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष १२, २०८१ शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
पुष १२, २०८१ शुक्रबार
अन्तर प्रदेश विकासका लागि लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले गरे १९ बुँदे साझा सहमति
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार
सौगात मल्ल र गरिमा शर्मा अभिनय रहने ‘जन्ते बाख्रो’ को शुभ मुहूर्त
पुष १२, २०८१ शुक्रबार