चितवनमा महिलालाई यौन व्यवसायमा लगाउने १० एजेन्ट पक्राउ
नेपालबहस संवाददाता
मंसिर २०, २०८० बुधबार १७:५५:५४
२० मंसिर, चितवन। चितवनमा विगत दुई वर्षमा यौन व्यवसायमा लगाउने १० जना एजेन्टलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेलकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले चितवनका महिला पत्रकारसँगको छलफलमा उक्त कुरा बताएकी हुन्।
प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/८९ मा यौन व्यवसायमा महिलाहरूलाई संलग्न गराउने पुरुष तीन जना, महिला दुई जना गरी पाँच जना पक्राउ परेका छन् भने गत आर्थिक वर्ष २०७९/८० मा पनि तीन पुरुष र दुई महिला गरी पाँच जना पक्राउ परेका छन्। यस आर्थिक वर्षको कात्तिकसम्म भने मानव बेचबिखनको कुनै उजुरी नपरेको प्रहरीले जनाएको छ।
चितवन प्रहरीको तथ्यांक शाखाकी सहायक हवल्दार अन्जु थारुका अनुसार एजेन्टहरूले चितवनका विभिन्न होटलहरूमा यौन व्यवसाय गराएको आरोपमा पक्राउ परेका हुन्।
उनले उनीहरूले चेलीबेटीलाई देह व्यापारको लागि विदेश पठाउने गरेको समेत पाइएको बताइन्। चितवनमा गत वर्ष १८ वर्षमूनिका यौन व्यवसायमा लगाएका चार किशोरी र १८ वर्ष माथिका तीन महिलाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार