आगामी सेनापतिका रुपमा नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २१, २०८० बिहिबार ११:१:३९
![](https://nepalbahas.prixacdn.net/media/albums/Ashok-Sigdel_4PdTNiQWYr_4Ldc9s1zIN.jpg)
२१ मंसिर, काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदले उनलाई बढुवा, नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले रातोपाटीलाई जानकारी दिइन् ।
सेनाले मंसिर १७ मा उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको थियो । रक्षा मन्त्रीले सेनाको सिफारिस मन्त्रिपरिषदमा पेश गरेका थिए । सेनाले मंसिर ८ मा उनलाई बढुवा गर्नेबारे सूचना प्रकाशन गरेको थियो ।
यसअघि बढुवा सिफारिसका लागी सेनाले सूचना निकालेपछि उपरथी तारा ध्वज पाण्डेको उमेर विवाद सतहमा आएपछि उनले राजीनामा दिए । पाण्डेको राजीनामा यसअघि नै मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो । रथीमा बढुवा भएसँगै प्रभुराम शर्मापछि सिग्देल प्रधान सेनापति हुने निश्चित भएको छ ।
सरकारले नेपाली सेनाको रथीमा अशोकराज सिग्देललाई बढुवा गरेसँगै एक वर्षपछि उनी प्रधान सेनापति बन्ने निश्चित भएको छ।सैनिक मुख्यालय जंगी अड्डाले सिग्देललाई रथीमा बढुवा गर्न गरेको सिफारिस बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेसँगै २०८१ भदौमा हालका प्रधान सेनापति प्रभुराम शर्माको कार्यकाल सकिएपछि सिग्देल प्रधान सेनापति बन्नेछन्।
सिग्देल २०७६ असोजमा उपरथी भएका थिए। यसअघि रथीमा बढुवा सिफारिस भएका ताराध्वज पाण्डेले नागरिकतामा कीर्ते गरेको पाइएपछि उनले राजीनामा दिएका थिए। पाण्डेको राजीनामा आएलगत्तै रोलक्रमका आधारमा सैनिक मुख्यालयले सिग्देललाई रथीमा बढुवा गरेको हो।
तर उनको पनि उमेरमा कीर्ते भएको भन्दै गत मंसिर ५ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो। आयोगले नेपाली सेना आफ्नो क्षेत्राधिकार नभएको भन्दै उजुरी रक्षा मन्त्रालयमा पठाएको थियो।
उनको शैक्षिक प्रमाणपत्र र जन्ममितिबारे आएको उजुरीमाथि २०७६ सालमै छानबिन गरेको रक्षा मन्त्रालयले सिग्देलको शैक्षिक प्रमाणपत्र र नागरिकतामा एउटै जन्ममिति भएको जनाएको छ। आइतबार नेपाली सेनाको जंगी अड्डाले रिक्त रहेको रथी पदको लागि उपरथी सिग्देललाई बढुवा गर्न रक्षा मन्त्रालयलाई सिफारिस गरेलगत्तै उनको जन्ममितिबारे विवाद सुरू भएको थियो।
शैक्षिक योग्यता प्रमाणपत्र र क्याम्पसको ढड्डामा फरक–फरक जन्ममिति रहेको भन्दै उनीविरूद्ध उजुरी हालिएको थियो। यस्तै त्रिभुवन विश्वविद्यालयको अभिलेखमा रहेको २०२१ चैत १९ जन्ममितिलाई सच्याएर २०२३ माघ १९ गते बनाएको आरोप उनीमाथि थियो। उक्त जन्ममिति भने २०७६ साउन ३० गते सच्याएको भन्दै अख्तियारमा बेनामे उजुरी दिइएको थियो। उजुरीमा क्याम्पसको ढड्डामा २०२१ चैत १९ गते भएको उल्लेख गरिएको छ।
तर सोही कलेजले २०४३ साल भदौ १२ गते जारी गरेको एक पत्रमा उनको जन्ममिति २०२३ माघ १९ गते रहेको उल्लेख छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाइते महिलाको हेलिकोप्टरमार्फत उद्धार
फागुन ४, २०८१ आइतबार
प्रसूति व्यथा लागेको १८ घण्टापछि उद्धार
माघ २४, २०८१ बिहिबार
रौतहटमा नेपाली सेनाद्वारा ७०० विपन्नलाई कम्बल वितरण
माघ १७, २०८१ बिहिबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार