लोप हुँदै माझी समुदायको मौलिक संस्कृति बाजा
नेपालबहस संवाददाता
मंसिर २१, २०८० बिहिबार १३:२३:१८
२१ मंसिर, रामेछाप । रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग सम्बन्धित परम्परागत वाद्यवादन लोप हुँदै गएको छ । माझी समुदायको चाडपर्व तथा विशेषगरी मृत्यु संस्कारमा नभइ नहुले ढोलक, मादल र झ्याली लोप हुँदै गएको हो । रामेछापलाई माझी जातिको उद्गम थलो मानिन्छ ।
स्थानीय रुपमा ढोलक, मादल र झ्याली पाइन छोडेपछि ड्रम र चाँप बजाएर विधि पुर्याउने गरिएको स्थानीयवासी बलबाहादुर माझीले बताए । पछिल्लो समय युवा पुस्ताले बेवास्ता गर्नु, रोजगारी तथा शिक्षाका लागि गाउँ छोड्नु, सामग्री बनाउने कच्चा वस्तुको अभाव हुनुलगायत कारणले ढोलक, मादल र झ्याली लोप हुँदै गएका उनको भनाइ थियो ।
सिमान्तकृत समुदायमा पर्ने यस जातिको संस्कृतिसँग सम्बन्धित वाद्यवादन लोप हुँदै गएपछि संस्कृति संरक्षणमा स्थानीय सरकार जुटेको छ । माझी समुदायको संस्कृति संरक्षण गर्न मन्थली नगरपालिकाको आर्थिक सहयोगमा जिल्लास्थित नेपाल माझी उत्थान सङ्घले ढोलक, मादल र झ्याली विभिन्न समूहमा वितरण छ ।
सङ्घका अध्यक्ष हरि माझीका अनुसार माझी जातिको संस्कृतिअन्तर्गत एक सेट बाजामा दुई मादल, एक ढोलक र एक झ्याली आवश्यक हुन्छ । उहाँका अनुसार संस्कृति संरक्षणमा नगरपालिका चासो दिएपछि माझी खुसी भएका छन् ।
पछिल्लो सयम माझी समुदायको संस्कार संस्कृत लोप हुँदै जाँदा उनीहरूको अस्तित्व नै सङ्कटमा पर्ने खतरा बढेकाले वाद्यवादनसहित संस्केति संरक्षणमा पालिकासँग माग गरिएको स्थानीयवासी समाजसेवी बालकृष्ण माझीले बताए ।
संस्कृतिसँग जोडिएका बाजा लोपहुँदै जाँदा माझीको अस्तित्व नै सङ्कटमा पर्ने अवस्था देखेर उनीहरुका मागका आधारमा नगरपालिकाले वाद्यवादनका सामग्री उपलब्ध गराएको नगर प्रमुख लव न्यौपानेले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
अब हिंसाका तथ्याङ्क र घटना कम गर्न आवश्यक छ : महानगर प्रमुख महर्जन
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
हिजबुल्लाहसँग युद्बबिरामबारे निर्णय लिन इजरायली मन्त्रिपरिषद बैठक सुरू
मंसिर ११, २०८१ मंगलबार
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
मंसिर ११, २०८१ मंगलबार
मृगौलाको डाइलासिस र पाठेघरको उपचार व्यवस्था मिलाउँछौँं: स्वास्थ्यमन्त्री पौडेल
मंसिर ११, २०८१ मंगलबार
एमाले महासचिव पोखरेलसँग भियतनाम कम्युनिष्ट पार्टीका नेताको भेट
मंसिर ११, २०८१ मंगलबार
रास्वपा सांसदविरुद्धको अवहेलना मुद्दामा थप विवरण मगाउने आदेश
मंसिर ११, २०८१ मंगलबार
सप्तरीमा दुई दिनमा ३८ जना पक्राउ
मंसिर ११, २०८१ मंगलबार