ओलीका भाषण तथ्यमाभन्दा निरासा फैलाउने अभिप्रायमा प्रेरित
नेपालबहस संवाददाता
मंसिर २१, २०८० बिहिबार १४:३९:४८
२१ मंसिर, काठमाडौं । नेकपा एमालेले सुरु गरेको समृद्धिका लागि संकल्प यात्राका क्रममा अध्यक्ष ओलीले निरन्तरण सम्बोधन गरिरहेका छन् । उनका अधिकांश सम्बोधन तथ्यमा नभएर आरोपका लागि मात्र प्ररित भएको देखिन्छ । अधिकांश भाषण निरासा फैलाउने अभिप्रायमा केन्द्रित भएको देखिन्छ ।
हुनत एमाले अध्यक्ष ओली विरोधीप्रति जहिले पनि गरमनै हुन् । उखान तुक्का र मार्मिक प्रहारले कहिले काँही उनले गरेका भाषण रोचक पनि हुन्छन । तर, ओली देशका नेता हुन । पूर्वप्रधानमन्त्री हुन । उनले बोलेको कुराले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा प्रभाव पार्छ । उनले गरेका हरेक भाषणमा एमाले मात्र देखेका छन् । एमाले मात्र सहि भनेका छन् । एमाले विना देश रहदैन भनेका छन् ।
बिहीबार बागलुङमा अध्यक्ष ओलीले वर्तमान सरकार राष्ट्रघाती र बेइमान भएको बताए । समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा ८औं दिन बागलुङ बजारमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार र सरकारमा बसेका दलप्रति आक्रोश पोखेका छन् ।
नेपालको चरम असफलतामा गैरजिम्मेवार सरकार र गठबन्धन भएको पनि ओलीको आरोप छ । देशमा अराजकता बढाउने, गैरराजनीतिक कुसंस्कारलाई प्रश्रय दिने, जनतामा निराशा बढाउने यो सरकार लाज पचाएर कुर्सीमा बसेको छ, ओलीले भने, ‘यो सरकारले न विकास गर्छ, न राष्ट्रिय हितमा काम गर्छ ।’ यही सरकार रहिरहे देश बर्बाद हुन्छ । एमाले विना अब देश रहँदैन ।
बुधबार बागलुङकै बुर्तिवाङमा आयोजित सभामा ‘राजनीतिबाट माथि उठेर विकासमा लाग्न’ कार्यकर्ता र अन्य राजनीतिक शक्तिलाई आह्वान गरेका ओली भोलिपल्टै सत्ता गठबन्धनप्रति आक्रामक देखिए । जहाँ–जहाँ सडक बनेका छैनन् त्यहाँ कांग्रेसले ठेक्का लिएको उनको भनाई थियो । सरकार त विकास गर्न नसक्ने लुते नै भएको उनले बताए ।
पोखरा विमानस्थल आफूले बनाएर छाडेको उल्लेख गर्दै उनले छिमेकीसँग डराएकाले सरकारले सञ्चालन गर्न नसकेको बताए । ‘यो सरकार कम्फरटेबलवाला हो, त्यसैले ऊ रिसाउँछ कि भनेर जहाज ल्याउन दिएको छैन,’ ओलीले भने, ‘न कुर्सी छाड्छ, न काम गर्छ, यस्तो देख्दा एमालेको मन पोलेको छ ।’ ओलीले मिसन–०८४ मार्फत एमालेले एकल सरकार बनाएर जनताका सपना पूरा गर्ने दाबी गरे ।
फरक प्रसंगमा अध्यक्ष ओलीले बैंकहरूले ब्याज बढाएर आम नेपालीलाई सास्ती दिएको उनको टिप्पणी थियो । उनले ऋणी र बचतकर्ता नभएसम्म बैंक बन्द हुने कुरा हेक्का राख्न सञ्चालकलाई चेतावनी दिए । ‘ऋणी भएनन्, बचतकर्ता भएनन् भने तिम्रा बैंक बन्द हुन्छन्,’ उनले भने, ‘चर्को ब्याज लगाएर जनतालाई मार्ने काम नगर ।’ बैंकप्रति ओली दुर्गा प्रसार्इंभन्दा पनि आक्रमक देखिए ।
मंसिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा संकलन गरिएका सबै माग र सुझाव बटुलेर राष्ट्रनिर्माणको खाका र योजना बनाउने ओलीले बताए । उक्त योजनाअनुसार मिसन–०८४ मार्फत एकल बहुमतको सरकार बनाएर देशलाई अगाडि बढाउने दाबीसमेत गरे । बिहीबार बागलुङको गलकोट, घोडाबाँधे र बागलुङ बजारमा एमालेले जनभेटघाट र सभासमेत गरेको थियो । अभियानमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरू, महासचिव शंकर पोखरेललगायत सहभागी थिए ।
यसको अघिल्लो दिन पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले गुल्मीको मुसिकोटमा आयोजित सभामा बोल्दै देश राष्ट्रियता र आर्थिक हिसाबले नाजुक अवस्थामा देश रहेको बताए । देश अत्यन्त अप्ठ्यारो अवस्थामा रहेको उनको भनााइ थियो ।
’अर्थतन्त्र ध्वस्त भइरहेकोले अहिले पहिलो चौमासिकमै कर्मचारीलाई तलब खुवाउन राष्ट्र ऋण उठाउनुपर्ने अवस्था देशमा आएको छ । रोजगारीका अवसरहरु गुमेकाले उद्योगधन्दा बन्द हुँदै गएकाले, नयाँ उद्योग नखुलेकोले देश अत्यन्त अप्ठ्यारो अवस्थामा भएको उनले बताए । उनले भने, ’हामी व्यापार घाटामा छौं । खाली आयात गर्ने, निर्यात गर्ने कुनै सामान उत्पादन गर्दैनौं । देशमा भ्रष्टाचार व्याप्त छ । कमिसनतन्त्र र तस्करी व्याप्त छ । यी सबै कुराहरुलाई फेर्न अब हामीले ढिलो गर्नु हुँदैन ।’
उनले एमालेलाई सरकारबाट हटाएर देशलाई यो दुर्दशामा पुर्याइएको भन्दै एमालेबाहेक अरुले यो देश बनाउन नसक्ने दाबी गरे । ’सरकारबाट एमाले बाहिर भयो भने २ वर्षभित्र देश कंगाल हुँदोरहेछ । देश बर्बाद हुँदैछ । त्यसबाट जोगाउन एमालेको एकल बहुमत चाहिन्छ,’ उनले भने ।
अध्यक्ष ओलीले भूकम्पपीडितका लागि सरकारबाट पर्याप्त काम नभएको समेत आरोप लगाए । ’हाम्रो सुझाव सरकारलाई छ, भूकम्प पीतितहरुको सकेसम्म छिटो व्यवस्थापन गरियोस्, पुनर्निर्माण गर्ने र उहाँहरुलाई पुनः बसोबास गराउने काम अविलम्ब सरकारले गरोस’, उनले भने ।
ओलीले मुसिकोट नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दा यही गतिमा जाने हो भने त देश ध्वस्त हुने भयो, यस्तै अवस्था रहने हो भने यो सरकारलाई विस्थापित गर्नुपर्ने हुनसक्छ भने । ओलीले देशमा आर्थिक संकट गहिरिँदै गएको बताए । वर्तमान सरकारले देशको अर्थतन्त्रलाई जोगाउन असफल भएको आरोप लगाए ।
झुलाघाट, बैतडीदेखि चिवाभञ्याङ पाँचथर यात्राका क्रममा आज रूकुम पूर्वको जिल्ला सदरमुकाम रूकुमकोटमा आयोजित सभामा बोल्दै उनले अहिले कर्मचारीलाई तलब खुवाउन पनि ऋण लिनुपर्ने अवस्था आएको भन्दै दुःख व्यक्त गरे । ’यही गतिमा जाने हो भने त देश ध्वस्त हुने भयो,’ उनले भने ’यस्तै अवस्था रहने हो भने यो सरकारलाई विस्थापित गर्नुपर्ने हुनसक्छ ।’
एमालेले स्थानीय माग र आवश्यकताहरूको पहिचान गरेर समाधनका उपायहरू खोज्न पुष्पलाल मध्यपहाडी लोकमार्गको यात्रा तय गरेको पनि ओलीको भनाइ थियो । यात्राका क्रममा अध्यक्ष ओलीको टिम हिजो राति रूकुमकोटमै बास बसेर सर्वपक्षीय छलफल तथा कोणसभाको आयोजना गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार