तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुन्छ, अब ब्यवहारमा देखाउने काम गर्नुपर्छः प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
मंसिर २१, २०८० बिहिबार १५:२२:४३
२१ मंसिर,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ब्यवहारमै अर्थतन्त्र सुधार भएको देखाउन अझै केहि मिहिनेत गर्नुपर्ने बताएका छन् । । तथ्यांकले अर्थतन्त्रमा सुधारको संकेत गरेपनि व्यवहारमै देखा पर्ने गरी सुधार ल्याउन अझै मिहिनेत गर्नुपर्ने अवस्था रहेको उनले बताएका छन् ।
काठमाडौंमा राष्ट्रिय व्यवसायिक पहलले गरेको चौंथो जिम्मेवार व्यवसाय सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकारले विभिन्न नीतिहरू अवलम्बन गरेको र क्रमशः त्यसको प्रतिफल देखिने क्रम रहेको बताए ।
उनले भने, ‘तथ्याङ्क हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति हुँदै गएको देखिन्छ । तर, व्यवहारमा आम जनतामा आशाको रक्तसञ्चार सिर्जना गर्न अझै मिहिनेत गर्नुपर्ने परिस्थिति हाम्रा सामु छ । त्यसैले मैले अर्थतन्त्र सुधारमा केन्द्रित रहेर अझ वृहत् बैठक र केही नयाँ घोषणासमेत गर्ने तयारी गरिरहेको छु ।’
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि आफूले देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न प्रयास गरिरहेको बताए । अर्थतन्त्रको क्षेत्रमा विद्यमान दवावलाई चिर्न र देशभित्र लगानीको वातावरणसहित आशाको रक्तसञ्चार गर्न लगातार प्रयास गर्दै आएको उनले बताए ।
केही दिन पहिला मात्र मैले सरकार, निजी क्षेत्र र आर्थिक क्षेत्रका विज्ञहरु सम्मिलित बैठकको आयोजना गरेर अर्थतन्त्रमा सुधार ल्याउन वृहत् अन्तक्रिया गरेको र अन्तरक्रियापछि केही महत्वपूर्ण घोषणाहरुसमेत गरिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले भने, ’मेरो विश्वास छ–उक्त अन्तरक्रिया र घोषणाले अर्थतन्त्रमा सुधार ल्याउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’
उनले हालै दुबईमा भएको सम्मेलनमा पनि नेपाललाई लगानीको गन्तव्य बनाउन आग्रह गरेको बताए । मुलुकको प्रमुख साझेदार निजी क्षेत्रमात्र होइन, सरकार र राज्यका सबै निकाय उत्तिकै जिम्मेवार रुपमा प्रस्तुत हुन आवश्यक छ, सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले चालेको कदममा सबैको साथ र सहयोगको लागि आग्रह गर्दछु,’ उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
पर्यटन समितिमा सांसद सुवालले प्रश्न उठाएपछि सभापति यादव आक्रोशित !
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार