त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन
नेपालबहस संवाददाता
मंसिर २१, २०८० बिहिबार १६:११:५८
२१ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले हिमनदी, मौसम परिवर्तन र हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव लगायतका विषयमा शीतकालीन कक्षा (विन्टर स्कुल) सञ्चालन गरेको छ ।
विश्वविद्यालयको जल तथा मौलम विज्ञान केन्द्रीय विभागले फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी फ्रान्स) र काठमाडौंँ सेन्टर फर रिसर्च एण्ड एजुकेशन तथा एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय केन्द्र ९इसिमोड० को सहयोगमा सो कक्षा सञ्चालन गरेको हो ।
रिमोट सेन्सिङ प्रविधिका माध्यामबाट हिउँ र हिमनदीको स्थलगत अध्ययन हुने सो कक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका २५ विद्यार्थी सहभागी छन् । विज्ञ प्राध्यापकबाट आजदेखि आगामी पुस १ गतेसम्म ११ दिनसम्म सञ्चालन हुने कक्षामा सहभागी विद्यार्थीमध्ये नौ जना सगरमाथा क्षेत्रको खुम्बु क्षेत्रमा रहेको हिमनदीको तत्कालीन अध्ययन गरी फर्किएका छन् । कक्षामा भारतका दुई, पाकिस्तानका एक, भुटानका एक र थाइल्याण्डका एक विद्यार्थीसमेत संलग्न छन् ।
कक्षा सञ्चालन कार्यक्रमलाई सम्बोधन गर्दै विश्वविद्यालयका निमित्त उपकुलपति प्रा डा शिवलाल भुसालले अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यमार्फत विद्यार्थीको सिकाइलाई थप प्रभावकारी र व्यवहारिक बनाउन यस कक्षाबाट अन्य विभागसमेत प्रोत्साहित हुनुपर्ने बताए ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा डा विनिल अर्यालले अन्तरदेशीय शैक्षिक सहकार्यमार्फत विभागले जल तथा मौसम विज्ञान विषयको क्षेत्रमा आफ्नो अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्दै गइरहेको र स्थलगत अध्ययन पश्चात सञ्चालन गरी कक्षाबाट विद्यार्थी थप लाभान्वित हुने बताए।
आइआरडीका प्रतिनिधि डा प्याट्रिक वागनोन र डा एडिना राकोभिटानुले विद्यार्थीलाई कक्षामा आफ्नो उत्सुकतासम्बन्धी सम्पूर्ण प्रश्न सोध्न अनुरोध गर्नुभएको थियो । विभागका प्रमुख प्रा डा दीपक अर्यालले सो कक्षा सञ्चालनले विद्यार्थीमा अध्ययन र अनुसन्धानप्रति थप आकर्षण बढाएको र स्थलगत अध्ययनमार्फत बौद्धिक क्षमताको विकास गराउनसमेत सफल भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकर्णाली स्वास्थ्य विज्ञानबाट ५८ जना विद्यार्थी दीक्षित हुँदै
कात्तिक २७, २०८१ मंगलबार
सरकारले सिकलसेलको औषधि ल्याएर वितरण गर्छ: प्रधानमन्त्री
कात्तिक २६, २०८१ सोमबार
दिल्लीस्थित नेपाली दूतावासले भन्यो, भारतको बाटो भएर विदेश जाने नेपालीलाई एनओसी चाहिन्न
कात्तिक २६, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार