हुण्डी कारोबार गरेको आरोपमा एकजना पक्राउ
नेपालबहस संवाददाता
मंसिर २१, २०८० बिहिबार १६:५०:१२
२१ मंसिर, काठमाडौं । अवैध रूपमा सुन तथा हुण्डी कारोबार गरेको अभियोगमा कैलाली लम्कीचुहा नगरपालिका-७ घर भई हाल काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने ४१ वर्षीय पदम प्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाको न्यूरोड लगायत विभिन्न ठाउँमा बिलबिजक बिनाको सुनका गरगहनाहरू बिक्री वितरण गरेको तथा गैरकानुनी रूपमा हुण्डीमार्फत् वित्तीय कारोबार गर्ने गरेको सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-२२ न्युरोडस्थित ओम पर्ल गोल्ड प्रालि र कैलाश ज्वेलर्स प्रालिबाट उनलाई सुनका विभिन्न गरगहना तथा टुक्राहरू, अमेरिकी डलर र नगदसहित फेला पारी पक्राउ गरेको हो ।
उनको साथबाट सुन तथा सुनका गरगहना ७ केजी १ सय ८५ ग्राम ३ सय ३५ मिलिग्राम, ३९ लाख ५० हजार रूपैयाँ, ४ हजार १ सय अमेरिकी डलर र विभिन्न कागजात रहेका रेकर्ड फाइल प्रहरीले बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाल्दिभ्स पठाइदिन्छु भनी ५ लाख ठगी गर्ने व्यक्ति पक्राउ
असोज ७, २०८१ सोमबार
अमेरिकन डलर देखाई ठगी गर्ने तीन जना पक्राउ
असोज ७, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
साफ यू –१७ च्याम्पियनसिपमा श्रीलंकामाथि नेपालको फराकिलो जित
असोज ७, २०८१ सोमबार
दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?
असोज ७, २०८१ सोमबार
सामाजिक सञ्जालमा आउने विश्लेषणलाई आधार बनाएर लगानी नगर्नु : नेप्से
असोज ७, २०८१ सोमबार
कांग्रेसको संसदीय मामिला विभागमा १० सदस्य मनोनित
असोज ७, २०८१ सोमबार
माल्दिभ्स पठाइदिन्छु भनी ५ लाख ठगी गर्ने व्यक्ति पक्राउ
असोज ७, २०८१ सोमबार
कास्की अदालतद्वारा छविलाल जोशीलाई हिरासतमै राखेर अनुसन्धान गर्न ५ दिनको म्याद
असोज ७, २०८१ सोमबार