निर्वाचन व्यवस्थापनसम्बन्धी काठमाडौं घोषणापत्र जारी
नेपालबहस संवाददाता
मंसिर २१, २०८० बिहिबार १७:१:२४
२१ मंसिर, काठमाडौं । एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय छैटौँ सम्मेलनले लोकतन्त्रको सबलीकरण र निर्वाचनको तटस्थता प्रवर्द्धनका लागि कानुनमा संशोधनका विषयमा २९ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
निर्वाचन आयोग नेपाल र एसियन नेटवर्क फर फ्रि इलेक्सन (एनफ्रिल) को आयोजनामा तथा यस क्षेत्रमा निर्वाचनसम्बन्धी निकाय र सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागितामा भएको उक्त एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरमको समापनका अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको उपस्थितिमा घोषणापत्र जारी भएको हो । सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र एनफ्रेलका अध्यक्ष रोहन एन हेट्यिाराच्चेइले हस्ताक्षर गरी घोषणापत्र जारी गरे ।
सो अवसरमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि प्राप्त सुझावका आधारमा विद्यमान कानुनमा सुधार गर्न आफूहरू तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे । निर्वाचन प्रणालीलाई सबल र सामयिक परिमार्जित नगरी लोकतन्त्र बलियो र दिगो हुन नसक्नेमा वर्तमान सरकार स्पष्ट रहेको उनको भनाइ थियो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सम्मेलनमा सहभागी भई गहन छलफलबाट घोषणापत्र तयारीसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेकामा आभार व्यक्त गरे ।
निर्वाचन आयुक्त सगुनशमशेर जबराले नेपालको निर्वाचन कानुनमा आवश्यक संशोधनका लागि मस्यौदा विधेयक तयार गरी नेपाल सरकारसमक्ष पेस गरिसकेको जनाए । सम्मेलनमा एसिया तथा प्रशान्त क्षेत्रका ४० देशका निर्वाचन व्यवस्थापनसम्बन्धी निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज र निर्वाचनका विभिन्न आयाममा क्रियाशील सामाजिक तथा प्राज्ञिक संस्थाका दुई सय भन्दा बढी प्रतिनिधि सहभागी थिए । सम्मेलनको मुख्य नारा बिल्डिङ सस्टेनेबल डेमोक्रेसिसः एड्रेसिङ इलोक्ट्रोल च्यालेन्जेज एण्ड अपर्चुनिटिज रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार