राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस
नेपालबहस संवाददाता
मंसिर २१, २०८० बिहिबार १९:१२:४३
२१ मंसिर, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेको छ । शीलतनिवासमा आज आयोजित समारोहमा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडलले मानवअधिकारको सबैले उपभोग गर्न पाउनुपर्नेमा जोड दिए । उनले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक हक, बालिग मताधिकार, पूर्ण प्रेस स्वतन्त्रतालगायत आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतालाई व्यवहारमा उतारी मानवअधिकारको परिपालना गर्ने संस्कृति निर्माणतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
राष्ट्रपति पौडेलले विद्यालय एवं विश्वविद्यालयका पाठ्यक्रममा मानवअधिकार शिक्षा समावेश गर्नुका साथै जनचेतनाका कार्यक्रम व्यापकरूपमा सञ्चालन गर्नुपर्ने जरुरी भएको बताए ।
आयोगका अध्यक्ष तपबहादुर मगरले मानवअधिकार संस्कृति कायम गर्ने मूल ध्येयलाई ध्यानमा राखी मानवअधिकारको संरक्षण र संवर्द्धन गर्न आयोगले निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरेर काम गरेको बताए ।
प्रतिवेदनमा आयोगमा परेका उजुरी, उजुरीउपर भएका छानबिन तथा अनुसन्धान विवरण, नेपाल सरकारसमक्ष गरिएका सिफारिस, मानवअधिकार संरक्षण र सवर्द्धनमा आयोगबाट वर्षभरि भएका कार्यहरूको विवरण उल्लेख गरिएको छ । साथै मानवअधिकारको संरक्षण र संवर्द्धनमा देखिएका चुनौती एवं आयोगले चाल्ने भावी कदमबारे समेत प्रतिवेदनमा समावेश गरिएको छ ।
प्रतिवेदनमा यस अवधिमा आयोगमा मानवअधिकारको उल्लङ्घन वा हनन भएका जम्मा एक सय उजुरी दर्ता भएका छन् भने न्यायका लागि सम्बन्धित निकायमा पहल गरी दिन भनी दर्ता भएका एक हजार ३० वटा निवेदनउपर पत्राचार तथा पीडितलाई परामर्श सेवा प्रदान गरिएको छ ।
मानवअधिकारसँग सम्बन्धित विषयमा दुई सय २० पटक अनुगमन भएको छ । आयोगले पुराना र नयाँ गरी चार सय तीन उजुरीमाथि अनुसन्धान सम्पन्न गरेको छ भने १३ वटा नीतिगत र एक सय दुईवटा उजुरीगत सिफारिस गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
जीपी कोइराला फाउण्डेशन अमेरीकाले गर्यो शुभकामना आदान-प्रदान
कात्तिक ११, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनोट यू-१९ महिला टिमलाई १० लाख पुरस्कार दिने
कात्तिक ३०, २०८१ शुक्रबार
पर्यटन प्रवर्द्धन गर्न लमजुङमा जगत तातोपानीकुण्ड महोत्सव
कात्तिक ३०, २०८१ शुक्रबार
दाङबाट नक्कली नोटसहित चार जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
सुप्रिम सहकारीको रकम अपचलनबारे बयान लिएर रवि लामिछानेलाई भैरहवाबाट लगियो पोखरा
कात्तिक ३०, २०८१ शुक्रबार
पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार