भारी हिमपातका कारण हङ्गेरीमा जनजीवन प्रभावित
नेपालबहस संवाददाता
मंसिर २२, २०८० शुक्रबार १३:२३:१२
२२ मंसिर, बुडापेस्ट । बुधबार साँझबाट शुरु भएको भारी हिमपातले मध्य र पश्चिमी हङ्गेरीमा बिहीबार समेत जनजीवन नराम्ररी प्रभावित भएको छ । राष्ट्रिय प्रकोप व्यवस्थापन महानिर्देशनालयले बिहीबार दिएको जानकारी अनुसार देशका विभिन्न स्थानबाट जनजीवन प्रभावितका घटनाहरू प्राप्त भएका छन् ।
साथै ठाउँ-ठाउँमा रूखहरू ढलेकोर हाँगा भाच्चिएर सडक आवागमन समेत अवरुद्ध भएको विवरणहरू प्राप्त भएका छन् । नियमित रूपमा सञ्चालन हुने रेल र बस सेवाहरू लामो समयसम्म विलम्ब भएका छन् । ठाउँ ठाँउमा अवरुद्ध पनि भएका छन् । हङ्गेरियन समाचार एजेन्सी एमटीआईले जनाए अनुसार बसहरू लामो समयसम्म सडकमै फसेका छन् ।
त्यसै गरी देशको पश्चिमी र उत्तरपूर्वी भागहरूमा रेल सेवा पनि अवरुद्ध भएका छन् । राजधानी बुडापेस्टमा म्युनिसिपल मेन्टिनेन्स कम्पनी ९एफकेएफ० ले अहिले अवरोध पन्छाउँदै सडक सफा गरिरहेको जनाइएको छ ।
पुल, ओभरपास, राजमार्ग र ठूला यातायातका मुख्य प्रवेशद्वार खाली गर्ने कामलाई प्राथमिकतामा राखिएको स्थानीय निकायले जनाएका छन् । उडानमा ढिलाइ हुँदा विमानस्थलहरुमा पनि यात्रुहरूको चाप बढिरहेको स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी
कात्तिक २६, २०८१ सोमबार
जापानको प्रधानमन्त्रीमा इशिबाकै निरन्तरता
कात्तिक २६, २०८१ सोमबार
श्रीलङ्कामा पर्यटनबाट साढे दुई अर्ब डलर आम्दानी
कात्तिक २६, २०८१ सोमबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतबाट प्रहरीले पायो अनुमति
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
हसिनालाई फर्काउन बंगलादेशको अन्तरिम सरकारको पहल
कात्तिक २६, २०८१ सोमबार
ट्रम्पद्वारा पुटिनसँग कुराकानी, युक्रेनमा तनाव नबढाउन चेतावनी
कात्तिक २६, २०८१ सोमबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कात्तिक २६, २०८१ सोमबार
मधेशी समुदायमाथि विभेद र उपेक्षा अझै कायम
कात्तिक २६, २०८१ सोमबार
कांग्रेसका सभापति देउवा डडेल्धुरामा, अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता
कात्तिक २६, २०८१ सोमबार
लिग-२ मा नेदरल्याण्डसमाथि ओमानको एक रनको रोमाञ्चक जित
कात्तिक २६, २०८१ सोमबार
लुम्बिनी लायन्समा महानायक राजेश हमाल ब्रान्ड एम्बास्डर नियुक्त
कात्तिक २६, २०८१ सोमबार
लाल आयोगको प्रतिवेदन सार्वजनिक
कात्तिक २६, २०८१ सोमबार
कोप–२९ उद्घाटन, जलवायुजन्य समस्याका समाधान खोजिने विश्वास
कात्तिक २६, २०८१ सोमबार