अध्यक्ष ताकेर राष्ट्रिय सभामा जान कांग्रेसमा ५० आकांक्षी
नेपालबहस संवाददाता
मंसिर २२, २०८० शुक्रबार १८:११:७
२२ मंसिर, काठमाडौं । गत निर्वाचनमा झापा क्षेत्र नम्बर तीनबाट हारेको कांग्रेस नेता कृष्णप्रासद सिटौलासमेत जोड्ने हो भने नेपाली कांग्रेसमा राष्ट्रिय सभाको सदस्य बन्न ४४ जना नेता लबिङमा छन् । सिटौला उमेरको सकिन लागेको भन्दै राजनीतिको एउटा उच्च पदमा पुग्ने आकांक्षा लिएर राष्ट्रिय सभाको अध्यक्ष बन्नका लागि पार्टी सभापति शेरबहादुर देउवासमक्ष उनले प्रस्ताव नै गरिसकेका छन् । समूहगत हेर्ने हो भने देउवा र शेखर कोइरालाको समूहबाट उम्मेदवार बन्ने आकांक्षी धेरै छ ।
राष्ट्रियसभाको अध्यक्ष बन्नका लागि कांग्रेस नेता गोलमान श्रेष्ठले बिहीबार नै समानुपातिकको बन्द सूचीबाट नाम फिर्ता लिइसकेका छन् । प्रदेश अनुसार कांग्रेसका प्रति प्रदेश ७ जनाले राष्ट्रिय सभामा जान आकांक्ष देखाएका छन् । राष्ट्रियसभाको अध्यक्षका आसाले पनि प्रतिनिधिसभामा बहालवाला सांसद रहेकाहरुको पनि दौडधुप छ । आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धन दलले साझा उम्मेदवार बनाएर जाने तयारी गरेको छ ।
यसबारेमा दलहरूबीच औपचारिक निर्णय नभए पनि गठबन्धनको मर्म अनुसार साझा उम्मेदवार बनाएर जाने नेपाली कांग्रेसको भनाय छ । पार्टीमा अनौपचारिक छलफल भए पनि औपचारिक छलफल भइसकेको छैन् । कांग्रेसले पार्टीमा अनौपचारिक छलफल गरेपनि अहिले गठबन्धनमा रहेकोले गठबन्धन दलको तर्फबाट साझा उम्मेदवार बनाउनमै ध्यान दिएको छ ।
सरकारले आगामी माघ ११ गते रिक्त हुने १९ सदस्य चयनका लागि राष्ट्रियसभाको निर्वाचनको मिति प्रस्ताव गरेसँगै निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रम सार्वजनिक भएसँगै नयाँ उम्मेदवार चयनका लागि राजनीतिक दलहरूभित्र आन्तरिक तयारी थालिएको छ ।
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा सदस्यको आकांक्षीका रुपमा हेरिएको छ । अध्यक्ष बन्ने गरी सिटौला राष्ट्रियसभामा जान खोजेको कांग्रेसका नेताहरु बताउँछन् । सिटौलाले भने आफू निकटका नेताहरुलाई सभापतिसँग यो विषयमा कुनै कुराकानी नभएको बताउने गरेका छन् । पूर्वउपसभापति गोपालमान श्रेष्ठले त पार्टी सभापतिलाई भेटेर राष्ट्रियसभामा जान इच्छा राखेका छन् ।
प्रतिनिधिसभाको समानुपातिकमा रहेका उनको नाम आदिवासी जनजाति पुरुषमा पहिलो नम्बरमा थियो । श्रेष्ठले समानुपातिक सांसद हुन जोडबल गरे पनि सकेनन् । पुरुषतर्फ तीन जना मात्र पठाउन पाएको कांग्रेसबाट विमलेन्द्र निधि, डा. प्रकाशशरण महत र जीवन परियार सांसद बने । अब श्रेष्ठ राष्ट्रिय सभामा जान चाहन्छन् । पूर्वउपसभापति समेत रहेका केन्द्रीय सदस्य श्रेष्ठले यो पटक पार्टीले पठाउने इच्छा राखेका छन् ।
उनले प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम समेत फिर्ता लिइसकेका छन् । निर्वाचन ऐनको दफा ३० (२) मा ‘प्रतिनिधिसभा गठन भइसकेपछि मनोनयन गर्ने दलले कुनै उम्मेदवारको नाम हटाउन लेखी पठाएमा आयोगले बन्दसूचीबाट त्यस्तो उम्मेदवारको नाम हटाउन सक्ने’ उल्लेख छ । निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन उम्मेदवारी दर्ता अगाडि बन्दसूचीबाट नाम हटिसकेको हुनुपर्छ ।
राष्ट्रिय सभामा जान गत वर्ष भएको प्रतिनिधि सभाको समानुपातिक प्रणालीतर्फ उम्मेदवार रहेका कांग्रेसका ४ नेताले बिहीबार नै नाम फिर्ता लिएका छन् भने अरु आकांक्षीले फिर्ता लिने क्रम जारी छ । समानुपातिकको सूचीमा रहेका गोपालमान श्रेष्ठ, आनन्द ढुङ्गाना, बालकृष्ण पाण्डे र अब्दुल सतारको नाम फिर्ता लिएका छन् । गोपालमान श्रेष्ठ र बालकृष्ण पाण्डेले एकै दिन नाम फिर्ता लिएका हुन् ।
समानुपातिक पद्धतिका उम्मेदवारले प्रतिनिधिसभाको यो कार्यकालभरि संघीय संसदको उम्मेदवार बन्न नपाउने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारको आकांक्षी रहेका उनीहरूले त्यही कारण समानुपातिक सूचीबाट नाम फिर्ता लिएका हुन् ।
सत्ता गठबन्धनमा रहेका दलहरुबीच राष्ट्रियसभा निर्वाचनमा पनि तालमेल हुने भएकाले कांग्रेसमा उम्मेदवार धेरै देखिएका हुन् । शीर्ष तहका केही नेता देखि विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरु कांग्रेसबाट राष्ट्रिय सभाको सदस्य हुन आकांक्षी देखिएका हुन् । कलाकार निर शाह, सभापति शेरबहादुर देउवाका पूर्व परराष्ट्र सल्लाहकार अरुण सुवेदी, उद्योगी अनिल रुङटा पनि कांग्रेसबाट राष्ट्रिय सभाका आकांक्षी देखिएका छन् ।
राष्ट्रिय सभामा जान इच्छुक सुवेदीले आफ्नो इच्छा र आवश्यकतालाई पार्टीले कार्यान्वयन गर्नेमा आशावादी रहेको बताएका छन् । यस्तै राष्ट्रिय सभामा जान कांग्रेसका केबी गुरुङ, गुरु घिमिरे, सरिता प्रसाईं, केशवकुमार बुढाथोकी, सूर्यमान गुरुङ, दीपकप्रकाश बास्कोटा, बद्रीनारायण चौधरी, दिपन श्रेष्ठ, नरेश श्रेष्ठ, विनोद बस्नेत अग्रसर देखिएका छन् । उनीहरु प्रदेश १ अर्थात कोशी प्रदेशका नेता हुन् ।
यस्तै कल्याण गुरुङ, रामकुमार चौधरी, मोहमद महताब आलम, शोभाकर पराजुली, अजय चौरसिया, अमिय यादव, मनमोहन भट्टराई, कृष्णा अमात्य, तीर्थ पसखल, बालचन्द्र शर्मा, विकास लामा, दुर्लभ थापा, ओमकारप्रसाद श्रेष्ठ, विष्णुदेवी पुडासैनी, धना खतिवडा पनि राष्ट्रिय सभामा जान इच्छुक छन् ।
कांग्रेसका पुराना नेता तारानाथ रानाभाट, रामचन्द्र पोखरेल, कमला पन्त, धनराज गुरुङ, सुरेन्द्र पाण्डे, तुल्सीनारायण श्रेष्ठ, खगेन्द्र रेग्मी, बलदेव शर्मा मजगैयाँ, योगेन्द्र चौधरी, निरञ्जन श्रेष्ठ, महेन्द्र शर्मा, कृष्ण कार्की, किरण कोइराला, गोविन्द मल्ल, रवीन्द्र श्रेष्ठ, बद्री पाण्डे, प्यारेलाल राना र शिवराज भट्ट पनि आका्रक्षी हुन् ।
आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ । पदावधि सकिनेमा राष्ट्रियसभाका अध्यक्ष, राज्यमन्त्री, विभिन्न पार्टीका संसदीय दलका पदाधिकारीको समेत रहेका छन् । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । १९ सदस्यका लागि ११ माघमा निर्वाचन तय भएको छ । त्यसअघि २३ पुसमा उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
सत्तारुढ दलहरुले गठबन्धन गरेरै चुनाव लड्ने भएकाले कांग्रेसको भागमा बढीमा ८/९ सांसद पर्ने सम्भावना छ । तर आकांक्षी भने योभन्दा निकै धेरै देखिएका छन् । जसमा वर्तमान तथा पूर्वपदाधिकारीहरु समेत छन् । पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र फरमुल्लाह मन्सुरलाई पनि आकांक्षीका रुपमा देखिएका छन् । सहमहामन्त्री डिनाले आफू राष्ट्रिय सभा सदस्यको आकांक्षी नभएको बताएपनि उनको ईछा भने राष्ट्रियसभाको सदस्य बनेर अध्यक्ष बन्न सकिन्छ कि भन्ने छ । गत वर्षको आम निर्वाचनमा मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यमा उनी पराजित भएकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार
बीआरआईमा ऋण लिने विषयमा कांग्रेसले प्रधानमन्त्रीलाई सहमती दिन सक्दैनः गृहमन्त्री
मंसिर ६, २०८१ बिहिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार