विकासमा नागरिकका आवश्यकताको चाङ्ग, नेता बोल्ने मात्रै तर नगर्ने नागरिकको गुनासो
नेपालबहस संवाददाता
मंसिर २२, २०८० शुक्रबार १५:५२:१६
२२ मंसिर, स्याङ्जा । मुलुक संघीय संरचनामा गएको ८ बर्ष पुरा भएको छ । एक कार्यकाल पुरा गरी दोस्रो पटक तिनै तहका निर्वाचन सम्पन्न भएको पनि एकबर्ष पुरा भएको छ । निर्वाचनका बेला आश्वासन बढ्ने नेताहरूले चुनाब जितेर गएपनि नागरिकका समस्या पुरा नगर्ने तर आश्वासन भने पटक पटक दिने गरेको गुनासो उनीहरूको छ ।
दलित समुदायकै भएका कारण लामोसमय देखी खानेपानी र सडकबाट बन्चित भएको दुखेसो पोखिन् स्याङ्जा वालिङ १४ की उषकुमारी मिजार । सांसदहरु आउँदै छन् भन्ने थाहा पाएर मेलापात छाडेर आफ्नो आवश्यकता माग्न आएकी मिजारले सडक र खानेपानी कहिले पाइन्छ भनेर प्रश्न गरिन् । स्याङ्जाको वालिङ नगरपालिका १४ पेखुमा गण्डकी प्रदेश संसदीय पत्रकार मन्चले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा उनले यो दुख व्यक्त गरेकी हुन् ।
मन्चले गण्डकी प्रदेश संसदीय सभाका अर्थ विकास समितिका सभापति भोजराज अर्याल र अर्का सांसद कल्पना तिवारीलाई राखेर आयोजना गरिएको नागरिक सुनुवाइ कार्यक्रममा एकदर्जन भन्दा बढी नागरिकले गुनासो गुनासो पोखे । मुलुकमा हरेक परिवर्तनमा साथ दिएका नागरिकको मुहार अझै सम्म पनि नफेरिएको यो कार्यक्रमले दर्साएको छ ।
नागरिकले सामान्यतया आफ्नो आवश्यकताका गुनासा मात्रै गरेका थिए । खानेपानी, शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई प्राथमिकतामा राखेर आफ्ना गुनासा व्यक्त गरेका थिए । मिजार मात्रै होइन दर्जनौ नागरिकले संघियता आएपछि देश झनै ओरालो लागेको गुनासो गरे । चुनावका बेला मात्रै आश्वासन होइन, जितेर गएपछि त्यो आश्वासन भुल्ने बानीले जनतामा नैरश्यता थपिएको उनीहरूको गुनासो थियो । गाउँमा न खानेपानी छ न राम्रो सडक छ स्थानीय बुद्धिसागर अर्यालले भने,‘असुविधाका साथ ग्रामीण भेगका जनता कहिले सम्म बाँच्ने हो ।’ छोराछोरी जति विदेश, बुढापाका जति गाउँमा बस्नुपर्ने हाम्रो संघीयता आवश्यक छैन उनले प्रश्न गरे ।
मिजार र अर्याल प्रश्न र गुनासो गर्ने पात्र मात्रै हुन् । अर्का स्थानीय गोमा श्रेष्ठले चुनाब आउँदा खानेपानी आउँछ भन्ने तर चुनाब जितेपछि सांसदहरुलाई भेट्नै नपाइने गुनासो गरिन् । मेघराज पौडेलले नेपालका नेताहरूले कृषि क्षेत्र मास्न थालेको आरोप लगाए । युवा जतिलाई खाडी मुलुक पठाएर जमिन बाँझो बनाउने परिपाटीको अन्त्य हुनुपर्ने उनले बताए । कृषि र पशुपालन सगै हरेक वडामा डाक्टर सहितको स्वास्थ्यकेन्द्र, पक्की सडक, राम्रो खानेपानीको व्यवस्था र जंगली जनावरहरू हटाउने नीति ल्याउन उनीहरूले माग गरे ।
संघियतापछि बनेका तिनैतहका सरकारबाट नागरिक सन्तुष्ट देखिएका छैन । घर—घरमा सिंहदरबार भनेर ल्याइएको व्यवस्थामा सबैभन्दा बढी नागरिक स्थानीय सरकारसँग असन्तुष्ट देखिएका छन् । सिमित साधनश्रोतले काम गर्नुपर्ने कठिनाइ रहेपनि स्थानीय सरकारसँग धेरै आशा मानेका नागरिकलाई प्रदेश सरकारको आशा झनै नभएको देखिन्छ । वालिङ १४ का वडा अध्यक्ष बोधराज कुँवरले नागरिकले उठाएका समस्याहरूको समाधानमा स्थानीय सरकारको चासो रहँदै आएको भन्दै नागरिकलाई सुझाए ।
स्याङ्जामा प्रदेश र संघमा गरी झण्डै एकदर्जन सांसद रहेका छन् । संघ र प्रदेशमा एक—एकजना मन्त्री छन् । तर पनि नागरिकले सरकार र सांसद छन् भन्ने अनुभूति पाएका छैनन् । नागरिकले राखेका मागमा आफ्नो गम्भीर ध्यानाकर्षण रहेको भन्दै खानेपानी र सडक छिट्टै कालोपत्रे हुने आश्वासन गण्डकी प्रदेश सांसद कल्पना तिवारीले विश्वास दिलाइन् । मुलुकमा देखिएको आर्थिक मन्दीले विकासमा समेत क्षती पुगेको भन्दै सांसद तिवारीले गाउँका समस्यालाई समाधान गर्दै जाने प्रतिवद्धता व्यक्त गरिन् ।
प्रदेश सरकारले एक घर—एक घारा भन्ने नारा सार्वजनिक गरेको पनि झण्डै ५ बर्ष पुरा भएको छ । तर पनि नागरिकका सबैभन्दा बढी समस्या खानेपानी कै देखिएको छ । खानेपानी, सडक लगायतका विषयमा प्रदेश सरकारलाई छिटो नागरिकका गुनासा सुन्न निर्देशन दिने गण्डकी प्रदेश संसदीय सभाका अर्थ विकास समितिका सभापति भोजराज अर्यालले बताए । नागरिकको समस्यासँग आफू जानकार रहेको बताउँदै सभापति अर्यालले जनताले राखेका गुनासाहरू आगामी ५ बर्षमा पुरा गरिने गरी अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सरकार छ तर अनुभुती नभएको गुनासोलाई प्रदेश सभामा सांसदहरुलाई झकझकाई रहने गरी प्रत्रकार मन्चले काम गर्ने प्रतिवद्धता मन्चका अध्यक्ष भरत कोइरालाले गरे । खानेपानी र सडककै कारण गाउँघर रित्तिने क्रम बढ्दो छ । नागरिकका गुनासालाई आवश्यकता अनुसार सम्बोधन गरी बसाईसराई रोक्ने र राजनीतिक विश्वास दिलाउन आवश्यक छ । होइन भने परिवर्तनमा साथ दिएका जनता अर्कोपटक फेरी राजनीतिक दललाई सवक नदेखाउलान् भन्न सकिँदैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेही वर्षअघि भरिभराउ भएको बस्ती पहिरो खसेपछि तितरबितर
जेठ १५, २०८१ मंगलबार
स्याङ्जाका ११ वटै स्थानीय तहमा १५ करोड भन्दा बढी बेरुजु
जेठ १५, २०८१ मंगलबार
गाउँ छिर्दा र बाहिरिँदा खोलेको तगारो नलगाए जरिवाना तिर्नुपर्ने
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
जेठ १४, २०८१ सोमबार
पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट
जेठ १५, २०८१ मंगलबार
भरतपुर, पोखरा र बुटवललाई जोडेर गण्डकी आर्थिक त्रिभूज योजना सञ्चालन गरिने
जेठ १५, २०८१ मंगलबार
जनकपुरलाई विवाह गन्तव्यका रुपमा विकसित गरिने
जेठ १५, २०८१ मंगलबार
राङ्गी विद्यालय प्राङ्गणमा मन्दिरको शिलान्यास, १५२ जनाले गरे आर्थिक सहयोग
जेठ १५, २०८१ मंगलबार
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड
जेठ १५, २०८१ मंगलबार
गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक नृत्य प्रस्तुत
जेठ १५, २०८१ मंगलबार