स्थानीय मदिरालाई ब्राण्डिङ गर्दै वालिङ
नेपालबहस संवाददाता
मंसिर २२, २०८० शुक्रबार १५:५८:२६
मणी प्रसाद अर्याल
२२ मंसिर, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । मंगलबार बसेको जनप्रतिनिधि,कर्मचारीहरुको र विज्ञबीच छलफल भएको हो । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नागरिकलाई स्वरोजगारको कार्यक्रमसँग जोड्न नगरपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने नगरप्रमुख कृष्ण खाँणले बताए ।
उनले यसबाट नगरको आर्थिक समृद्धिमा सघाउ पुग्ने विश्वास लिँदै नगरको पहिचान स्थापना समत हुने उल्लेख गरे। घरेलु मदिरालाई ब्राण्डिङ र लेबलिङ गर्ने कार्यले नगरमा करको दायरा वृद्धि हुने र ग्रामीण तहका नागरिकलाई आत्मनिर्भर बन्ने वातावरण हुने स्पष्ट पारे ।
अन्तरक्रिया कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैहेले राज्यले अवैध मानेको घरेलु मदिरालाई ब्राण्डिङ गर्दा प्रति परिवार प्रति महिना १५ हजारदेखि १८ हजारसम्म आम्दानी बढ्ने बताइन् । यसबाट १५ सय घरधुरी लाभान्वित हुने उल्लेख गर्दै सीपको विकास नगरको करको दायरा समेत फराकिलो बन्ने जानकारी दिइन् ।
स्थानीय तवरले उपलब्ध आँप,लिची, चिउरी,बेलौती जस्ता फलफूलहरुको उपयोग गरी मदिरा उत्पादन हुँदै आएकामा तिनलाई खेर जान नदिन मदिरा उत्पादन गरिने नगरपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकेही वर्षअघि भरिभराउ भएको बस्ती पहिरो खसेपछि तितरबितर
जेठ १५, २०८१ मंगलबार
स्याङ्जाका ११ वटै स्थानीय तहमा १५ करोड भन्दा बढी बेरुजु
जेठ १५, २०८१ मंगलबार
गाउँ छिर्दा र बाहिरिँदा खोलेको तगारो नलगाए जरिवाना तिर्नुपर्ने
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
गणतन्त्र दिवसका अवसरमा सांस्कृतिक नृत्य प्रस्तुत
जेठ १५, २०८१ मंगलबार
जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध गढीमाई मन्दिरमा पूजा गरिन्छ
जेठ १५, २०८१ मंगलबार
चालु आवको आय-व्ययको अनुमान दोस्रोपटक संशोधन
जेठ १५, २०८१ मंगलबार
आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य
जेठ १५, २०८१ मंगलबार
प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब बजेट दिइने
जेठ १५, २०८१ मंगलबार