यो वर्ष मात्र २८ हजारभन्दा बढी मुद्दा दर्ता भएका छन, चापले गर्दा काम ढिलो हुन्छ: प्रधानन्यायाधीश
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
मंसिर २२, २०८० शुक्रबार १६:८:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/thumb_sbEsv7rYso_OL7Hy71F20.jpg)
२२ मंसिर, गोरखा । प्रधानन्यायाधीश बिश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा यो वर्ष मात्र २८ हजारभन्दा बढी मुद्दा दर्ता भइसकेको जानकारी दिएका छन् । उनले वर्षेनी ४० हजारभन्दा बढी मुद्दा दर्ता हुने गरेको र जनताको अपेक्षा अनुसार न्याय सम्पादन हुनु नसकेको बताएका छन् ।
गोरखा जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन गर्दै शुक्रवार प्रधानन्यायाधीश श्रेष्ठले मुद्दा धेरै हेर्नुपर्ने भएकाले गर्दा गर्दै पनि न्याय सम्पादनमा केही समय लाग्ने गरेको छ । सर्वोच्च अदालतमा बक्यौता मुद्दाको लगत कम हुँदै गएको उनले बताए । दुई बर्ष नाघेका मुद्दाहरु शून्यमा ल्याउने उदेश्यका साथ अदालतहरु लागी परेका बताउँदै उनले गोरखा अदालतले गत आव गरेको कामको मूल्याकंन समेत गरे ।
सर्वोच्च अदालतमा पेशी तोक्ने कार्यलाई स्वचालित पद्धतिमा राखिएको र त्यसको सकारात्मक नतिजा आएको बताए । पेशी कार्य तोक्दा स्वचालित मेसिनको प्रयोग समेत गर्न थालिएको उनले जानकारी दिए । ‘यो सर्वोच्च अदालतमा प्रभावकारी देखिएको छ, अव छिट्टै उच्च अदातलहरुमा यसको प्रयोग गर्छौ, त्यसको नजिताको आधारमा जिल्लाका अदालतमा पनि प्रयोग गर्ने योजना छ,’ उनले भने । अनलाइन प्रणालीबाटै मुद्दा दर्ताको तयारी समेत भइरहेको उनले जानकारी दिए ।
उनले नयाँ भवन बनेसँगै यसबाट प्रवाह हुने सेवा र कार्यसम्पादन थप गुणस्तरीय हुनेमा बिश्वास लिएको बताए । ‘न्याय नपाए गोरखा जानू भन्ने युक्ति स्मरण गर्दै उनले न्यायको इतिहासमा गोरखा अंग्रपक्तिमा रहेको र यस जिल्लाको भवन उद्घाटन गर्न पाउँदा आफू खुशी भएको जानकारी दिए । नवनिर्मित भवनको समय समयमा आवश्यक मर्मतसम्भार समेत गर्नुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा बोल्दै गोरखा जिल्ला अदालतका जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाले तीन रोपनी क्षेत्रफलमा अदालतको नवनिर्मित भवन बनेको बताए । ६ तले उक्त पक्की भवनमा लिफ्ट समेत रहेको उनले जानकारी दिए । उनका अनुसार उक्त भवनमा चार वटा इलजास कक्ष, ४७ वटा कोठा, एक सभाहल र ३४ वटा शौचालय रहेका छन् ।
२०७४ साल मंसिर ६ गतेबाट भवन निर्माण कार्य शुरु भएको थियो । २०७७ साल माघ २३ गते सम्पन्न भएको र माघ २४ गतेबाटै उक्त भवनबाट अदालतले सेवा प्रवाह गरेको हो । उक्त भवनको उद्घाटन भने आज गरिएको छ । १५ करोड ६४ लाखमा निर्माण भएको उक्त भवनको ठेक्का तुलसीभक्त कन्स्ट्रक्सनले पाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगभर्नर अधिकारीविरुद्ध सर्वोच्चमा परेका रिटको सुनुवाइ आज
फागुन ५, २०८१ सोमबार
फोहर व्यवस्थापनका विषयमा छलफल गर्न मुख्यसचिवसहितलाई बोलाउन सर्वोच्चको आदेश
फागुन १, २०८१ बिहिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले गरे लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधन
फागुन ५, २०८१ सोमबार
भन्सार छलेको सामानसहित रौतहटमा एक जना पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओली दाङमा
फागुन ५, २०८१ सोमबार
परराष्ट्रमन्त्री राणा र श्रीलंकाका विदेशमन्त्री हेराथबीच भेटवार्ता
फागुन ५, २०८१ सोमबार