मंसिर २५ गते प्रधानमन्त्री प्रचण्ड र २७ मा प्रधानसेनापति शर्मासँग समितिले छलफल गर्ने
नेपालबहस संवाददाता
मंसिर २२, २०८० शुक्रबार १६:३१:५३
२२ मंसिर, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल शेयर प्रकरणमा सोधपुछका लागि प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले मंसिर २५ गते प्रधानमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको हो ।
यस सम्बन्धमा समितिले प्रधानमन्त्री प्रचण्डलाई बोलाएर छलफल गर्ने निर्णय गरेको हो । एनसेल शेयर विक्री प्रकरणमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्व जानकारी गराउनुपर्नेमा प्रारम्भमा जानकारी नगराई अहिले आएर जानकारी गराउँछु भनेकाले पनि कानुनी व्यवस्थाको परिपालना नगरिएको ठहर समितिको छ ।
मंसिर २७ गते प्रधानसेनापतिलाई पनि समितिमा बोलाउने निर्णय भएको छ । उक्त बैठकमा प्रधानसेनापति प्रभुराम शर्मासँग फास्ट ट्रयाकबारे छलफल हुने बताइएको छ । यस्तै नेपाली सेनाभित्रको नक्कली प्रमाणपत्रको बारेमा उपयुक्त समयमा रक्षामन्त्रीलाई बोलाएर छलफल गर्ने पनि समितिको भनाइ छ ।
यसअघि बैठकमा सदस्यहरुले विभिन्न विषयमा आफ्नो धारणा राखेका थिए । सांसद राजेन्द्र पाण्डेले एनसेल प्रकरणमा प्रधानमन्त्रीलाई समितिमा बोलाएर सोधपुछ गनुपर्ने बताएका थिए । प्रशासनिक र राजनीतिक मिलेमतोबिना एनसेल काण्ड नहुने भएकाले प्रधानमन्त्रीसँग समितिले सोधपुछ गर्नुपर्ने उनको भनाइ थियो ।
यसैगरी सांसद गगन थापाले एनसेल प्रकरणको छानबिन गर्न सरकारले बनाएको समिति माथि यो समितिले छानबिन गर्नुपर्ने बताए । एनसेल प्रकरणमा ठुलै भ्रष्टाचार भएको दाबी थापाको थियो । ‘सरकारले बनाएको समितिले चोख्याउने वा कारबाही के गर्छ भनेर यो समितिले नजिकबाट नियाल्नुपर्ने उनले बताए ।
थापाले पालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृत समयमै पठाउनुपर्ने समेत बताए। यसैगरी सांसद सर्वेन्द्रनाथ शुक्लाले एनसेल प्रकरणको छानबिन गम्भीर रूपमा हुनुपर्ने बताए। उनले सरकारले बनाएको समितिले कति गम्भीर भएर छानबिन गर्छ वा टालटुले हुने हो त्यो हाम्रो समितिले नजिकवाट नियाल्नुपर्ने बताए।
सांसद उपेन्द्र यादवले प्रदेशमा खाली झन्डा, गाडी र गार्ड मात्रै रहेको तर कर्मचारी अभावमा काम अड्किएको बताए। अहिलेको व्यवस्थाप्रति नै प्रश्न उठाउँदै यादवले एउटै सचिव वर्षमा चार पटक सरुवा गरेर सुशासन नहुने बताए ।
यसअघि संसदको अर्थ र लेखा समितिले पनि एनसेल प्रकरणबारे चासो राख्दै आवश्यक निर्णय गरेको थियो । बुधबार बसेको संसदको सार्वजनिक लेखा समितिले विवादित बनेको एनसेलको शेयर खरिद बिक्री तत्काल रोक्न निर्देशन दिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार