विभिन्न स्थानबाट लागूऔषधसहित चारजना पक्राउ
नेपालबहस संवाददाता
मंसिर २२, २०८० शुक्रबार १६:४८:४२
२२ मंसिर, काठमाडौं । काठमाडौं, सिरहा र सर्लाहीबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१ गैह्रीधाराबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ३० ग्राम ३३ मिलिग्रामसहित सोही महानरपालिका-७ चाबहिल बस्ने रूकुम पश्चिम बाफीकोट गाउँपालिका-८ घर भएका ४१ वर्षीय डण्ड बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
सिरहाको लहान नगरपालिका-८ मखन भोग होटलबाट अवैध लागूऔषध खैरो हिरोईन ४९ ग्राम ९ सय मिलिग्रामसहित बरियारपट्टी गाउँपालिका-१ बडहरी बस्ने ४६ वर्षीय ग्रिस प्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनुषा र प्रहरी चौकी लहानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सर्लाहीको हरिपुर नगरपालिका-६ बस्ने ३३ वर्षीय जाकिर मंसुर र सोही नगरपालिका-८ बस्ने ५८ वर्षीय जुगेश्वर दास कथबनियालाई अवैध लागूऔषध गाँजा ४ केजी ७ सय ग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
हरिपुर नगरपालिका-२ स्थितबाट २ सय ग्राम गाँजासहित जाकिर मंसुरलाई ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा जाकिर उक्त गाँजा जुगेश्वर दास कथबनियाबाट खरिद गरी ल्याएको खुल्न आएपछि प्रहरीले जुगेशवर दासलाई ४ किलो ५ सय ग्रामसहित पक्राउ गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार