पोर्चुगल नेपाली दूतावास खोल्न सहमत छः मन्त्री साउद
नेपालबहस संवाददाता
मंसिर २२, २०८० शुक्रबार १६:५६:१
२२ मंसिर, काठमाडौं । पोर्चुगलले आफ्नो देशमा दूतावास खोल्न नेपाललाई स्वीकृति दिएको छ । नेपालले केही साताअघि पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेपछि पोर्चगलले स्वीकृति दिएको हो ।
पोर्चुगल सरकारबाट नेपालको आवासीय दूतावास खोल्न सहमति समेत प्राप्त भइसकेको जानकारी परराष्ट्रमन्त्री एनपी साउदले शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकलाई दिएका हुन् ।
पोर्चुगलमा दूतावास खोल्ने नेपाल सरकारको सुझबुझ पूर्ण निर्णय भएको उनले बताए । धेरै पक्षलाई विचार गरेर पोर्चुगलमा नयाँ दूतावास खोल्ने निर्णय गरिएको उनले सुनाए ।
पोर्चुगलमा दूतावास स्थापनापश्चात नेपाली नागरिकहरूको हक हित संरक्षण एवं प्रत्यक्ष सेवा प्रवाह हुनुका साथै उक्त मुलुकबाट नेपाल भित्रिने विप्रेषण वृद्धि तथा नेपालको पर्यटन, लगानी र व्यापार प्रवर्द्धनमा योगदान पुग्नजाने विश्वास गरिएको छ, परराष्ट्रमन्त्री साउदले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिसमक्ष ५ देशका नवनियुक्त राजदूतले लिए शपथ
पुष ८, २०८१ सोमबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार