मुलुक परिवर्तनका लागि कांग्रेस परिवर्तन हुन जरुरी छ : डा. शेखर कोइराला
नेपालबहस संवाददाता
मंसिर २२, २०८० शुक्रबार २२:१४:५०
२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले मुलुक परिवर्तनका लागि कांग्रेस परिवर्तन हुन जरुरी रहेको बताएका छन् । बीपी स्टडी युथ सर्कलले आज रीता शाहीद्वारा लिखित गजल सङ्ग्रह ‘चिनारी’ को विमोचन गर्दै उनले मुलुक परिवर्तन गर्नका लागि कांग्रेसलाई परिवर्तन गरेर अगाडि बढ्न जरुरी रहेको बताए ।
नेता डा. कोइरालाले कम्युनिष्ट पार्टीसँग कांग्रेसले गठबन्धन गर्दै जाने हो भने कांग्रेसको अस्तित्व समाप्त हुने बताए । “कांग्रेसले कम्युनिष्ट पार्टीसँग गठबन्धन गर्नु हुँदैन, लोकतान्त्रिक पार्टीसँगै गठबन्धन गर्नुपर्छ”, उनले भने ।
गठबन्धन निर्वाचनअघि गर्ने कि निर्वाचनपछि भन्नेबारे पार्टीले सोच्न जरुरी रहेको उनको भनाइ थियो । उनले गजलमार्फत देशको समस्या उजागर गर्न खोजेकाले उक्त गजल सङ्ग्रह पठनीय भएको बताए । उनले पछिल्लो समय देशमा युवा निराश हुँदै गएको भन्दै युवाको निराशालाई आशामा बदल्नका लागि राजनीतिक दल लाग्नुपर्ने उल्लेख गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
मंसिर ११, २०८१ मंगलबार
रबि लामिछानेलाई काठमाडौं ल्याईँदै
मंसिर ११, २०८१ मंगलबार
कांग्रेस–एमालेको सत्ता गठबन्धन अर्को निर्वाचनसम्म हुनेछ : नेता डा महत
मंसिर १०, २०८१ सोमबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
बालकृष्णको ‘चपुर घुम्न जाउँ...’ गीत सार्वजनिक
मंसिर ११, २०८१ मंगलबार
न्यायाधीश नियुक्तिबारे न्याय परिषदमा छलफल सुरु
मंसिर ११, २०८१ मंगलबार
खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई
मंसिर ११, २०८१ मंगलबार
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
मंसिर ११, २०८१ मंगलबार
सन् २०२३ मा ८५ हजार महिला तथा बालिकाको हत्या : राष्ट्रसंघ
मंसिर ११, २०८१ मंगलबार