सरकारी अड्डाको बेथितिः अघिअघि पिच, पछिपछि गैंती

नेपालबहस संवाददाता
मंसिर २३, २०८० शनिबार १२:४८:६

२३ मंसिर, काठमाडौं । असारमा बजेट सक्न हतारमा बनाइएका भित्रि सडक यतिबेला खनेर असरल्ल बनाइएका छन् । सडक बनाएर पिच गर्ने समयभन्दा अगाडी त्यसमा खानेपानीका पाइपहरु राखेर धारापानीको व्यवस्था मिलाएर पिच गर्नु पर्ने हो । अन्य देशमा सडक बनाउँदा यसै गरिन्छ ।
तर, नेपालमा भने पहिले सडक विभागले बाटो बनाएर पिच गर्छ र त्यो पिच सुक्न नपाउँदै खानेपानीले भत्काउन थाल्छ । यी देखाइएका काठमाडौंको घट्टेकुलो एरियाका भित्रि सडक हुन । यी सडक असारमा पिच भएका थिए । अहिले खनेर बाटो हिड्न नहुने बनाइएका छन् ।
सकड खनिदैछ भन्ने सूचना समेत नदिएका कारण घरबाट अफिस निस्किएकाहरु बोटामै अलपत्र पपर्ने गरेका छन् । यी भित्रि सडक झण्डै चार वर्षदेखि अलपत्र थिए । धुलो र हिलोले आजित भएका स्थानीयले सडक पिच गर्न माग कयौ चोटी माग पनि गरे । तर, बल्ल हिड्न योग्य भएका सडक फेरी खनेर खाल्डै खाल्डा पारिएको छ ।
सामान्य वर्षामा काठमाडौंका सानाठूला सबै सडक हिलाम्य हुन्छन् । पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुने काठमाडौंका सडकको विशेषता नै बनेको छ । राजधानीका सडक केही पिच हुने अवस्थामा छन् त केही भइरहेका पनि छन् । तर कालोपत्रे भइरहेका ती सडकको आयु कति टिक्छ ? के ती सडक कम्तीमा एक वर्ष टिक्छन् ? यसको पपत्तो छैन । यो बेथिति कहिले सम्म रहने ?।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपईशानेश्वर महादेव मन्दिर परिसर स्थित गौरीकुण्ड ओझेलमा
फागुन ८, २०८१ बिहिबार
एमसीसी परियोजना स्थगित भएपछि के हुन्छ ठेक्का सम्झौता भइसकेका आयोजनाको भविश्य ?
फागुन ७, २०८१ बुधबार
अपर म्याग्दी–१ को बाँध निर्माण सुरु
फागुन ७, २०८१ बुधबार
अमेरिकामा ५० लाख डलर तिरेर नागरिकता पाउने अफर : यो एउटा बाटो हो, गन्तव्य होइन !
फागुन १४, २०८१ बुधबार
नेपाली अराजनीति अनि बजार हल्ला
फागुन १४, २०८१ बुधबार
ईशानेश्वरमा रातभर उभिएर ठाडो बत्ती बाल्दै सयौं दम्पत्ति
फागुन १४, २०८१ बुधबार
रेणुका नगरकोटी बनिन् उत्कृष्ट खेलाडी
फागुन १४, २०८१ बुधबार
अमेरिका–युक्रेन खनिज सम्झौतामा के-के कुरा समेटिएको छ ?
फागुन १४, २०८१ बुधबार
शुक्रबार अमेरिकामा ट्रम्पसँग भेट्दै जेलेन्स्की, भविष्यको सहयोगबारे छलफल गर्ने
फागुन १४, २०८१ बुधबार
बाटो खन्नेक्रममा ढुंगा खसेर स्काभेटर चालकको मृत्यु
फागुन १४, २०८१ बुधबार
नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ, यस्ता छन् नयाँ मोडेलका कार
फागुन १४, २०८१ बुधबार