कालापानी, लिम्पियाधुरा, र लिपुलेकका कुरा उच्चस्तरीय वार्तामा नउठाएर लुरुलुरु फर्कनु लज्जाको विषय होः ओली
नेपालबहस संवाददाता
मंसिर २३, २०८० शनिबार १३:२५:१७
२३ मंसिर,गोरखा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा नेपालको नयाँ नक्साका विषयमा कुरा उठाउनै नसकेको बताएका छन् । उनले प्रचण्डको नाम नलिइन कालापानी, लिम्पियाधुरा, र लिपुलेकका बारेमा सरकारले उच्चस्तरीय वार्तामा उठाउन नसकेको ओलीको आरोप छ ।
मध्य पहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा’का क्रममा गोरखा आइपुगेका ओलीले शनिबार सदरमुकाममा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अडिनै नसक्ने खालको कमजोरी देखाउनु लज्जाको विषय भएको बताए । उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानीका कुरा हाम्रा उच्चस्तरीय संवादमा उठ्दैन, योभन्दा गए–गुज्रिएको अवस्था के हुन्छ ? योभन्दा देशप्रतिको बेइमानी के हुन्छ ? हामी राष्ट्रियताको मामलामा यति धेरै कमजोर हुनु हुँदैन ।’
एमाले सरकारमा आउला कि भनेर सबै आत्तिएको बताए । लोकतन्त्रमा प्रतिस्पर्धा स्वच्छ हुनुपर्ने उनको भनाइ छ । ‘लोकतन्त्रमा प्रतिस्पर्धाको प्रणाली छानेरै ल्याएको हौँ, प्रतिस्पर्धा स्वच्छ हुनपर्छ, प्रतिस्पर्धा कामबाट देखाउन पर्याे,’ उनले भने,‘यहाँ त काम गर्याे भने, नाकाबन्दीसँग डटेर सामान गर्याे भने, उत्तरतिरको छिमकीसँग यातायात, पारवहन सम्झौता गर्यो भने, विकासको गतिलाई अघि बढायो भने सबै मिलेर सरकारबाट हटाउँछन्, सबैलाई आतंकको विषय के छ भने एमाले सरकारमा आउला, किन आतंक छ भने पहिलेको अनुभव छँदै छ त्योभन्दा बढी जोडले काम गर्दछ, अहिलेभन्दा बढी जोडले काम गर्छ ।’
वर्तमान सत्ता गठबन्धनलाई ‘चीनको सहयोग लिए अर्को छिमेकी रिसाउँछन’ भन्ने भय रहेको ओलीको आरोप छ । ‘हामी साह्रै व्यापार घाटामा छौँ, मद्धत गर्नुपर्यो भनेर चीनका राष्ट्रपति सी चिनफिङसँग कुरा राखेँ, उहाँले उत्पादन गरेर जति पठाए पनि किन्दिन्छौँ भन्नुभयो, तपाईंहरुको उत्पादन छैन उत्पादन बढाउन के गर्नुपर्छ भन्नुस् पनि भन्नुभयो,’ ओलीले भने, ‘यहाँ फर्किएर आएपछि नेताहरू चीनको सहयोग लियो भने अर्को छिमेकी रिसाउँछन् भन्छन्, यहाँ एयरपोर्ट बनायो चल्न दिएको छैन ।’
आफ्नै जमिनमा बनेको विमानस्थल चलाउन नसक्नु लाजमर्दो भएको पनि अध्यक्ष ओलीले बताए । ‘पोखरा विमानस्थलमा चीनबाट मात्र टुरिस्ट लिएर आउ भन्यो भने ८÷१० लाख लिएर आउँछन्,’ उनले भने, ‘लुम्बिनी एयरपोर्टमा बुद्धिस्टहरूको ओइरो लाग्छ, एयरपोट बनेको छ, आफनै जमिनमा बनेको छ, आफ्नै जमिनबाट उडाउने, आफ्नै जमिनमा ल्यान्ड गर्न के समस्या हुन्छ ?’
ओलीले विमानस्थल चलाउन पाउँदैनौ भनेर भित्र भने पनि बाहिरबाट कुनै शक्तिले भन्न नसक्ने बताए । उनले चीनलाई पर्यटक ल्याउन आग्रह गर्ने हो भने वार्षिक ५ देखि १० लाख पर्यटक ल्याउन सकिने भन्दै ओलीले सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताए ।
सरकारले सार्वभौम सत्ता, स्वाधिनता र स्वतन्त्रताको उपयोग गर्ने ल्याकत राख्नुपर्ने बताए । उनले लिम्पियाधुरा, लिपुलेक, कालापानीको प्रश्न उच्चस्तरका भ्रमणका क्रममा राख्न नसक्ने कुरा देशप्रतिको बेइमानी भएको टिप्पणी गरे । एयरपोर्ट आफ्नै जमिनमा बनेको हो, आफ्नै जमिनबाट उडाउने र ल्यान्ड गर्ने हो । के समस्या छ ?,” उनले भने । अध्यक्ष ओलीले विकासमा कुनै पनि नेपाली भू–भाग पछि पर्नु नहुने धारणा राखे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
पार्टी छोडेर गएका नेता कार्यकर्तालाई फर्किन उपेन्द्र यादवको आव्हान
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका नेताहरूबीचको बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता
जेठ ४, २०८१ शुक्रबार
काठमाडौँमा ‘न्यूयोर्क राइटर्स वर्कसप’ र ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
जेठ ४, २०८१ शुक्रबार
गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मुत्यु
जेठ ४, २०८१ शुक्रबार
बागमती प्रदेशसभाका चारवटा समिति सभापतिमा मनोनयन दर्ता
जेठ ४, २०८१ शुक्रबार
‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार