ढोकाको सिसा खुल्लै राखेर लुक्ला पुग्यो ताराको जहाज
नेपालबहस संवाददाता
मंसिर २४, २०८० आइतबार १२:५५:१४
२४ मंसिर, काठमाडौं । तारा एयरको कार्गो जहाज दुर्घटनाबाट बचेको छ । उक्त जहाज ढोकाको सिसा खूल्ला भएकै अवस्थामा अवतरण भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले दिएको जानकारी अनुसार काठमाडौंबाट लुक्ला जाँदै गरेको तारा एयरको कार्गो उडानको क्रममा जहाजको आपतकालीन ढोकाको सिसा खसेको हो ।
तारा एयरको नाइन एन एएलओ कल साइनको जहाज बिहान ९ः३१ मा काठमाडौंबाट ११ सय २६ केजी सामान लिएर उडेको थियो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा बीच रुटमै खसेको पाइएको हो । उक्त जहाजको आपतकालीन ढोकाको सिसा काठमाडौंबाट उड्ने क्रममा भने केही भएको थिएन ।
जहाज लुक्लामा ल्यान्ड गरेर पार्किङमा जाँदा इमर्जेन्सी ढोकामा सिसा थिएन । जहाजमा दुई जना प्यासेन्जर पनि थिए । जहाज सकुसल अवतरण गरिएकोविमानस्थलले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल विद्युत् प्राधिकरणको ६१ उद्योगलाई पत्र, कात्तिक ८ गतेभित्र बक्यौता रकम तिर्नू
असोज ४, २०८१ शुक्रबार
बुद्ध एयरले भारतको वाराणसीका लागि साताको तीन उडान गर्ने
असोज २, २०८१ बुधबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
सर्लाहीमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु
असोज ७, २०८१ सोमबार
मुगु ६५ औं साक्षर जिल्ला घोषणा
असोज ७, २०८१ सोमबार
ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो
असोज ७, २०८१ सोमबार
प्रहरी हिरासतबाट फरार ७ थुनुवा पक्राउ
असोज ७, २०८१ सोमबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार