शेखरले बैठक बोलाइसके, देउवा अझै छलफलमा
नेपालबहस संवाददाता
मंसिर २४, २०८० आइतबार २०:५०:२६
२४ मंसिर, काठमाडौं । महासमितिको बैठकलाई लिएर कांग्रेस सभापति देउवा र नेता शेखर कोइराला समूह दुविधामा परेको छ । कोइरालाले महासमिति र राष्ट्रियसभाका निर्वाचनलाई लिएर समूहको बैठक मंगलबार बोलाइसकेका छन् । सभापति देउवा पनि कार्यसम्पादन समितिको बैठक बोलाएर महासमिति बैठक सार्ने तयारीमा छन् । उनले मंगलबार अघि नै कार्यसम्पादन समितिको बैठक बोलाउने हुनकि भन्ने चिन्ता कोइराला समूहमा देखिएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी महासमितिको बैठक सानुपर्ने विषयमा छलफल चलाएपछि यसैलाई लक्षित गरेर शेखर कोइराला समूहले बैठक बोलाएको हो । बैठकमा पदाधिकारीसहित १४औँ महाधिवेशनमा उमेदवार बनेका सबै नेताहरूलाई बोलाइएको बताइएको छ ।
महासमितिको बैठकमा सार्न सभापति शेरबहादुर देउवाले पदाधिकारी सदस्यहरुलाई भनेपछि फागुन दोस्रो सातासम्म महासमितिको बैठक सर्नसक्ने सम्भावना देखिएको छ । राष्ट्रियसभाको निर्वाचनका लागि उम्मेदवारहरू छनोट गर्नुपर्ने समय आएकाले शेखर समूहको बैठक राष्ट्रिय सभाका उम्मेदवारमा केन्द्रित हुने नेताहरूले बताएका छन् ।
यसअघि मंसिर १३ देखि १५, मंसिर २९ देखि पुस २ र पुस १६ देखि १९ सम्मका लागि गरी तीन पटक मिति तोकिएको थियो । तर सभापति देउवाले जाडोको समयमा महासमिति बैठक नगरौँ भन्दै फागुनमा गर्दा हुँदैन भन्न थालेको छन् । यसको अर्थ बैठक सानुपर्छ भन्नेनै हो, एक नेताले नेपालबहसलाई बताए ।
अब बस्ने कार्यसम्पादन समितिको बैठकले महाससिमतिको बैठकको नयाँ मिति तय गर्ने ति नेताले बताए । सभापति देउवाले फागुनमा महासमिति बैठक गर्न चाहेका छन । आइतबार पार्टी कार्यालय आयोजित कार्यक्रममा महामन्त्री गगन थापाले पनि पार्टी कार्यक्रमहरू अन्य परिस्थितिले पनि समयमै गर्न नसकिने अवस्था आइरहेको बताएका थिए ।
पार्टी विधान अनुसार महाधिवेशन नभएको वर्षमा महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ । यसपटकको महासमिति बैठकलाई ‘नीति महाधिवेशन’का रुपमा गर्ने कांग्रेसले निर्णय गरेको छ । महासमिति बैठकका लागि निर्वाचन समितिले १६५ संघीय निर्वाचन क्षेत्रमध्ये २४ क्षेत्र बाहेकमा प्रतिनिधि छनोट गरेको छ । अब २४ क्षेत्रमा प्रतिनिधि छनोट हुन नसकेको अवस्था छ ।
देउवाले सोमबार नै कार्यसम्पादन समितिको बैठक बोलाए भने शेखर समूहको बैठक के गर्ने भन्ने पनि छ तर, राष्ट्रियसभाका विषयमा छलफल गर्नुपर्ने भएकाले देउवाले बैठक बोलाए पनि फरक नपर्ने ति नेताले बताए । कांग्रेसको महासमिति बैठक पुस १६ देखि १९ सम्मका लागि तय गरिएको छ ।
शेखरले नेताहरूलाई बैठकमा आउन भनिसकेकाले कोइराला समूहको बैठक नसर्ने एक नेताको भनाइ छ । उनले भने शेखर दाइले बैठक राखेर सबैलाई निम्ता दिइसक्नु भयो । देउवाले कार्यसम्पादनको बैठक बोलाएकै छैनन् । यस अर्थले केही फरक पर्दैन । सभापति देउवाले कार्यसम्पादनको बैठक राखेर औपचारिक रुपमा महासमिति बैठक सार्ने लगभग पक्का जस्तै भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै
असोज ७, २०८१ सोमबार
समाजलाई साहित्यले विशिष्ट रुपमा देखाउँछ : मन्त्री पाण्डे
असोज ७, २०८१ सोमबार
संविधान संशोधन कांग्रेस एमालेको एजेण्डा होइन, बहाना मात्रै हो : प्रचण्ड
असोज ७, २०८१ सोमबार
रविलाई पक्राउ गर्ने कि नगर्नेमा विवाद, पुरक अभियोजनका लागि छलफल
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार
नेकपा एसमा विवादः रामकुमारीसहित असन्तुष्ट नेताहरु एमालेसँग नजिकिदै
नेपालबहस संवाददाता
असोज ६, २०८१ आइतबार
सर्लाहीमा करेन्ट लागेर २ वर्षीय बालकको मृत्यु
असोज ७, २०८१ सोमबार
मुगु ६५ औं साक्षर जिल्ला घोषणा
असोज ७, २०८१ सोमबार
ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो
असोज ७, २०८१ सोमबार
प्रहरी हिरासतबाट फरार ७ थुनुवा पक्राउ
असोज ७, २०८१ सोमबार
सय रुपैयाँमा मिनिरल वाटर बेच्ने जिम्बु थकालीलाई ३ लाख जरिवाना
असोज ७, २०८१ सोमबार